banner
banner

गाँजा खेती बैधानिक बनाउँ

धर्मरत्न श्रेष्ठ -
नेकपाका सांसद विरोध खतिवडाले गाँजा खेतीको पक्षमा संसदमा प्रस्ताव गरेका छन् । उनका पक्षमा ४५ सांसदले समर्थन गरेका छन् । गाँजाको बैधानिक खेतीका लागि गृहमन्त्री रामवहादुर थापाले समेत समर्थन गरेका छन् ।
् किसानलाई नगदे खेतीका रुपमा गाँजा खेती गर्न दिने, नियमन सरकारले गर्ने र ओखतीका लागि खेती गर्न किन नहुने ? अमेरिका, क्यानडाजस्ता देशमा ओखतीका लागि खेती गर्न हुने, खुला किनबेचका लागि समेत व्यवस्था हुनसक्छ भने नेपालजस्तो पहाडी मुलुकमा उच्च स्तरको गाँजा खेती हुनसक्छ, किसानको आम्दानीको श्रोत बनाउन सरकार पछि किन पर्ने ? बल्ल नेकपाले राम्रो बहस थाल्यो ।
विरोध खतिवडाले प्रस्ताव ल्याएपछि प्रस्तावको समर्थनमा पूर्व गृहमन्त्री जनार्दन शर्मा, पूर्व सभामुख ओनसरी घर्ती, पूर्व डिआईजि समेत रहेका नवराज सिलवाल, सांसदहरु देवेन्द्र पौडेल, जयपुरी घर्ती, पूर्णाकुमारी सुवेदी अगाडि आएका हुन् ।
प्रस्तावक विरोध खतिवडा भन्छन्– विश्वको ६५ भन्दा धेरै देशले गाँजालाई आम्दानीको श्रोत बनाएका छन्, नेपालले किन बनाउन नहुने ? गाँजालाई अबैध भनेर प्रचार गरेको अमेरिकाले समेत हाल बैध बनाइसक्यो, उपचार पद्धति र ओखतीका लागि गाँजाको उच्चतम प्रयोग भइरहेका छन् ।
उनले अगाडि भने– गाँजाको अनुसन्धानकर्ताको अनुसार यो ९८ प्रतिशत राम्रो कामको लागि प्रयोग हुनसक्छ गाँजा । किसानले मनग्गे आम्दानी गर्न सक्छन् । विकसित देशका किसानहरु गाँजाबाट समृद्ध बनेका छन् । नेपालीहरु जेल जानुपर्छ, प्रहरीले बर्षेनी गाँजाका खेती नष्ट गर्न शक्ति लगाउनु पर्छ । यो दुर्भाग्य हो । नेपालमा गाँजाको महत्व नै बुझाउन सकिएन, बुझिएन ।
प्रस्तावमा सरकारले इलाका तोक्ने, कडा निगरानी गर्ने र सरकारले नै गाँजा खरिद गरेर व्यवस्थापन समेत गर्ने गरी कानुन बनाउन सकिन्छ । अव संसदमा व्यापक बहस हुनेछ र एउटा निचोडमा संसदले कानुन बनाउन सक्छ । सरकारले अनुगमन र नियमन गर्ने हो भने गाँजा खेतीले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सक्छ । मात्र आवश्यक छ, कडा नियमनको ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper