banner
banner

जिनसेङ, यार्चा र गाँजा

कोरियाले जिनसेङ उत्पादन गरेर करोडौं डलर कमाइरहेको छ । ठूलो आम्दानीको श्रोत हो जिनसेङ । यो ओखती पनि हो, इनर्जी पनि । नेपालको हिमाली क्षेत्रमा पाइने यार्चागुम्बा, यो पनि ओखती हो, इनर्जी हो । अन्तर्राष्ट्रिय बजारमा यी दुबैको माँग व्यापक छ । गाँजा त तस्करी नै भइरहेको छ । गाँजा र यार्चागुम्बाको महत्व बुझ्ने, सारा शक्ति र सुरक्षा व्यवस्थापन गर्नसक्ने हो भने कुनै विदेशी दाताको हात थाप्नै पर्दैन । नेपालबाट बगेर गएको पानीको बिजुली किनिरहेका छौं, हामी स्वर्गको सपना देखिरहेका छौं । बल्ल खोपडीको बिर्को खुलेजस्तो छ । नियम कडा बनाउँ, बिधिको शासनमा विश्वास गरौं र अपराधलाई ढाकछोप नगर्ने, संरक्षण नदिने प्रतिवद्धता जनाउने हो भने यार्चा र गाँजाले नेपाल सम्पन्न हुनसक्छ ।
घाँसको इनर्जी ड्रिङ्क बनाएर नेपालसमेत उपभोक्ता बनेको छ । नेपालमा यस्ता इनर्जी डिङङ्क बनाउने जडीबुटी कति छन् कति । आँखा खाली सुन र गैंडाका सिङमा छ, माफिया र तस्करीमा छ, अनि कसरी बन्छ मुलुक । 
सुनको थालमा मगन्ते भएर कतिञ्जेल बस्ने ? रोजगारीका लागि छोरीचेलीलाई कंगोमा कति नचाउने ? छोराहरुलाई खाडीमा कति मार्ने ? देशमा भएका अमूल्य प्राकृतिक साधन र स्रोत, सम्भवव भएका खेती किन नगर्ने ? अव पनि विकासमा छलाङ नमारे कहिले अघि बढ्ने ? मगन्ते चोला फेर्नुप¥यो अव ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper