banner
banner

राष्ट्रवादमा झर्रोवादको छोप

स्वयम्भुनाथ कार्की -
पाँच बर्षको उमेरमा शिशु राजाको रुपमा गद्धी चढेका राजा त्रिभुवन राणले आफुलाई थुनेको ‘सुनको पिंजडा’ तोड्न चाहान्थे । आफुलाई यस पिंजडा बाहिरको संसारको खवर ल्याउने र हौसला दिने केही थिए । तिनीहरु पनि रायाको कोप भाजनमा परे चार जनाले त शहिद बनेर अमरत्व नै प्राप्त गरे, कयौले सजाय पाए । यस अवस्थामा दरवारबाट उनलाई भगाउने काममा भारतले सफलता प्राप्त ग¥यो । त्यहाँ भारतिय स्वतन्त्रता संग्राममा सक्रिय भाग लिएका उतै शिक्षित नेपालीहरुको साथ भयो । वर्तमान परिभाषामा गैर आवाशिय नेपाली भन्न सकिने उनीहरुको यो प्रयत्न र भारतको ‘गुन’को बदला नेपालको स्वतन्त्रतालाई धेरै महंगो पनि पर्न सक्दथ्यो ।
युवा युवराज महेन्द्र बाबुको जस्तो कुनै पनि मोलमा शाहहरुको राणाबाट मुक्ति चहादैन थिए । नेपालको स्वतन्त्र अस्तित्व र आफ्ना पुर्वजको सपनाको मुल्य उनलाई थाहा थियो । त्यसैले राणा शासन पछिको स्वतन्त्र प्रजातान्तिक नेपालमा सबै कुरा भारतको आडमा गरेको मन परेको थिएन । शिक्षाको निमित्त विद्यालय त धमाधम खुले तर शिक्षक र पाठ्यक्रम भारतीय नै थियो । अहिले पनि नेपालका ती विद्यालयमा ‘जन गण’ गाएको स्मरण हुने पिंढी छदैछन् । यस्ता देख्दा साना साना देखिने कुराहरुको राष्ट्रियतामा कस्तो गहिरो असर पर्न सक्छ त्यसको अनुमान उनलाई थियो ।
राजा भई सकेपछि उनले पहिले राष्ट्रियतामा नकारात्मक असर पर्नेसक्ने कुराहरु गुपचुप रुपले समाप्त गर्दै लगे । नेपाली भाषामा पाठ्यपुस्तक नै छैनन् र हुन पनि सक्दैनन भन्ने चुनौति थियो । त्यसको सामना गर्न सत्यमोहन जोशी, पारसमणि प्रधान, धरणीधर जस्ता सपुतले दिनरात परिश्रम गरे । यो नै राष्ट्रवादको आरंभिक आन्दोलन थियो । तर छिटै नै भाषामा संघर्ष देखा प¥यो । हरेक तीन कोशमा भाषा बदलिन्छ भन्ने मान्यता छ । यो निराधार मान्यता हैन, केही शव्दहरु उचारण शैली र भाकाले कुन ठाउँको बासिन्दा हो भनेर चिन्न सकिन्छ । तर नेपाली भाषामा बोलीचाली र लेखनको भाषा फरक गर्ने प्रचलन छ । 
यो प्रचनललाई भाषशास्त्री प्रा. डा. टंकप्रसाद न्यौपानेले आङ्खनो ‘झर्रोवादी आन्दोलनः ‘साठी बर्षपछि फर्केर हेर्दा’ शिर्षक कार्यपत्रमा यसरी व्यक्त गरेका छन्, ‘बनारसमा अध्ययन गरिरहेका र नेपाल फर्किएका दुवैथरी सम्भ्रान्त’ एक संस्कृतका शव्द बहुल राख्ने, अर्को हिन्दी र अंग्रेजी शव्द बहुल राख्ने । बोलीचालीको स्थानीय जिव्रोमा चडेको भाषासंग भने दुवैको सरोकार थिएन । राष्ट्रको सबै थोकको माया गर्ने र सम्वर्धन गर्ने काम राष्ट्रवाद हो । तर भाषमा भएका यस्ता प्रयोगले राष्ट्रवादमा चोट पुग्न सक्दथ्यो ।
त्यसै कार्यपत्रमा यो विकराल स्थितिलाई उल्लेख गरिएको छ, ‘विभाषी प्रयोगले नेपाली भाषा विकृत बन्दै गएको हँुदा टर्नरले यसको मौलिकता जोगाउनु पर्ने सल्लाह समेत दिएका थिए । हर्कातिर उत्तरभारतेलीहरुले नेपाली भाषालाई पहाडी हिन्दी र नेपाललाई पहाडी हिन्दुस्थान भन्न थालेको बुझिन्छ’ । त्यसैले यहाँ राष्ट्रवादमा छोप हाल्न आवश्यक भईसकेको थियो । यो आवश्यकता पुरा ग¥यो झर्रोवादले । काशीबाट हैन वानाबाट नेपाली भाषाको मानक ल्याउने प्रयत्न गरियो । बालकृष्ण रुपावासी, ताना शर्मा र अन्य केही लेखक सम्पादकहरुले आन्दोलन शुरु गरे ‘झर्रोवादी’ आन्दोलन ।
२०१३ साल बैशाखमा नौलो पाईलो पत्रिकाबाट शुरु भएको यो आन्दोलनले के ग¥यो के गरेन, वर्तमानमा के अवस्था छ भनेर हजारौ पाना भर्न सकिन्छ । तर नेपाली भाषामा भईरहेको तात्कालीन जवरजस्तीलाई हाँक भने दियो । भाषा विद्वान डिग्रीधारीको घेराभन्दा जनजिव्रोमा जीवित रहन्छ भन्ने कुरा भने स्थापित गरायो । राष्ट्रवादमा परेको यो झर्रोवादको छोपले स्वाद वडायो, यो आन्दोलनमा लेट्टन दिनेहरु कुन राजनैतिक विचारधाराका थिए भन्ने कुरालाई महत्व नदिएर किशोर र युवाहरु रुपावासीका झर्रो स्वादका रचना र ताना सर्माका नियात्रामा रस लिन थाले । 
लुभ्र दरवारमा ताना शर्मा सँगै ‘प्यारिसकी पोक्ची’ संग रम्न थाले । विस्तारै विस्तारै शायद उनिहरुको जोश सेलायो । ताना शर्मा फेरी डा. तारानाथ शर्मा भए, रुपावासी बालकृष्ण पोखरेल हुन मै गौरव गर्न थाले । सर्वसाधारणले मायाँ गरे पनि शायद अभियान्ताहरुको राजनैतिक आस्थाले शुरु गरेको अभियान भनेर हेला हुन लागेको अवस्था वर्तमानमा झर्रोवाद हो अवस्था हो । र यो पाठ पनि हो, विद्वान, कलाकार साहित्यकार जस्ता समाजका हमेशाका अग्रणीहरुले कुनै वादलाई आङ्खनो काममा छायाँ पार्न दिए भने त्यो वाद बाहेकका अरुले हेला गर्न थाल्छन् । व्यक्तिगत जेजस्तो आस्था भए पनि समाजका यी गहनाहरुले काम भने सबैको निमित्त हुने गर्नु नै कालजयी हुने एउटै मात्र सही बाटो हो ।
लुभ्र दरवारमा ताना शर्मा सँगै ‘प्यारिसकी पोक्ची’ सँग रम्न थाले । जोश सेलाएपछि ताना तारानाथ भए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper