banner
banner

लडाकुका पीडा

काठमाडौं । जनयुद्धका लडाकाहरुको पीडा फेरि बल्झिन थालेका छन् । लडाकुहरु पीडा र अन्यायको लागि न्याय चाहियो भनेर जनयुद्धकालका कमाण्डर र हालका नेकपाका अध्यक्ष प्रचण्डको निवाससम्मै पुगेर चिच्याएका छन् ।
यसरी प्रचण्ड निवास घेराउ गरेरैैमाओवादीको दशवर्षे जनयुद्धमा होमिएका पूर्व लडाकुहरुले न्याय चाहियो भनेपछि प्रचण्ड झन अप्ठेरोमा परेका छन् । जो हत्या आरोपी थिए, तिनका लागि रातोदिन चिन्ता गर्ने प्रचण्डले यी निरीह लडाकुलाई सपना देखाएर लडाए, कति मरे, जो बाँचेका छन्, तिनले राहत खोजेका छन्, प्रचण्ड राहत दिइरहेका छैनन् ।
 गत शुक्रबार विहान ६ बजेको चिसो नभनी यी लडाका जस्ता जो नागरिक जीवन बिताइरहेका छन्, प्रचण्ड निवास पुगेका थिए । अहिले पनि लडाकु जस्ता देखिने युवाहरु बालबच्चा र परिवारसहित पुगेपछि प्रचण्डको सुुरक्षादस्ताले के गर्ने नगर्ने अप्ठेरोमा परेको थियो । गएका टोलीले प्रचण्डलाई भेट्न आएको बताएका थिए । तर बाक्लो सुरक्षाकर्मीले भित्र छिर्न दिएनन् । प्रचण्डनिवासको मूलढोकामा एक घन्टासम्म युवाहरु घेरेर बसे । प्रचण्ड तत्काल आएर भेट्लान भनेको भेट्न आएनन् । उल्टै थप प्रहरी बोलाइयो । यी लडाकु भन्दा बढी प्रहरी आएपछि खुमलटारमा के हुन आँट्यो जस्तो सनसनीपूर्ण वातावरण बनेको थियो । तर यी लडाका थिए, प्रचण्ड निवासको ढोकाबाट हलचल गरेनन् । नभेटी नजाने खबर प्रचण्डसम्म गइरहेको थियो । त्यसपछिबाध्य भएर प्रचण्डे तिनको प्रतिनिधिका रुपमा २ जनालाई भेट्ने बताए, २ जना भित्र गए आफ्नो दुखेसो पोख्नलाई ।
यो त्यही समूह थियो, जो सेना समायोजनका बेलामा बहिर्गमन गरिएको थियो । १० वर्ष जनयुद्ध लडेका लडाकाको यो कन्तबिजोग । आफ्नै कमाण्डरलाई भेट्न हत्केलामा ज्यान राख्नुपर्ने, प्रहरीको घेराबन्दीमा बस्नुपर्ने । यिनले प्रचण्डपुत्री गंगा दाहाललाई समेत भेट मिलाइदिन बारम्बार आग्रह गरेपछि पनि केही सिप नलागेपछि यिनीहरु सिधै प्रचण्ड निवास घेर्न पुगेका थिए । यिनले बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका गठन गरेका छन् र त्यही समितिका अध्यक्ष असिम लिम्बु, उपाध्यक्ष राजन थापा र सचिव भीमबहादुर तामाङ भन्छन्– ्थापाले सात बुँदे ज्ञापनपत्र पढेर सुनाएका छौं । प्रचण्डले पेरिसडाँडामा भेट्छु भन्दा पनि नमानेर घरमै भेटेपछि प्रचण्डले बाध्य भएर भेटे अनि भने– तपाईहरुका समस्याप्रति गम्भीर छु । लडाकु भन्छन्– अव माँग पूरा नभएसम्म यसैगरी संघर्ष गरिरहने हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper