banner
banner

अमेरिकामा जङ्गे सीमा खम्बाको गन्ती

बुद्धिनारायण श्रेष्ठले लेखेको पुस्तक हो जंगे सीमा खम्बाको गन्ती । अन्तर्र्रािष्ट्रय कलाकार मञ्च, अमेरिकाले आयोजना गरेको कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनाल र गीतकार अम्बिका गुरुङबाट संयुक्त रूपमा ‘जङ्गे सीमा खम्बाको गन्ती’ नामक विमोचन गरियो । यो अवसरमा बुद्धिनारायण श्रेष्ठलाई सम्मान पनि गरिएको थियो ।
सम्मान समारोहमा बुद्धिनाारयण श्रेष्ठले भने– विदेशबाट नेपालीहरू एक भएर भारतले गरेको नेपाली भूमि अतिक्रमणको विरोध सकारात्मक भएको र अब नेपाल सरकारले भारत सँग आँखामा आँखा जुधाएर वार्ता गर्नु पर्छ । यो समस्यालाई कूटनीतिक ढङ्गबाटै समाधान गर्नुपर्छ ।
प्रा. डा. गोपी उप्रेतीले विमोचित कृतिको समालोचना गर्दै बुद्धि नारायण श्रेष्ठले सीमा सम्बन्धी विवादमा नेतृत्व लिएर नेपाल सरकारको आँखा खोलिदिएको प्रतिक्रिया दिएका थिए ।
अग्रज पत्रकार, युग संवादका प्रधान सम्पादक सोमनाथ घिमिरेले नेपाल भारतको सीमा विवादका विषयमा बोल्दै बुद्धि नारायण श्रेष्ठसँग आफूले २० वर्ष अघि देखी यस सम्बन्धमा सहकार्य गरेको र वहाँको यस क्षेत्रमा ठूलो योगदान रहेको बताएका थिए ।
कार्यक्रममा अन्तर्रा्ष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले सीमाबिद, नापी विभागका पूर्व महा निर्देशक, प्रबुद्ध व्यक्तित्व बुद्धि नारायण श्रेष्ठ, . विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाएका नेपाली गौरव उज्ज्वल ठकुरी र पावर लिफ्टिङ्ग्मा अन्तर्र्रािष्ट्रय च्याम्पियन अर्का नेपाली गौरव रूप कार्कीलाई योगदानका लागि सम्मान गर्दै ऐतिहासिक दस्ताबेजका रूपमा रहेको जङ्गे सीमा खम्बाको गन्ती नामक कृति विमोचन कार्यक्रम राखिएको बतँएका थिए । नेपालको सीमाबारेमा परदेशमा रहेका नेपालीहरु एक भएर यसरी एकता प्रदर्शन गर्नु अपूर्व देशभक्ति हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper