banner
banner

जर्मन ः बाइबलबाट वेदतिर

धर्मरत्न श्रेष्ठ -  जर्मनमा संस्कृतको मोह बढ्दै गएको छ । बाइबलबाट बेदतिर जर्मनहरुको ध्यान केन्द्रीत हुनपुगेको छ । भनिन्छ कि, व्याकरणको टाइट सूत्रले गर्दा बोलीचालीमा संस्कृत कठिन बन्यो, र जनजिभ्रोका अरू सहायक भाषाले ठाउँ लिए । टाइट व्याकरणले गर्दा भाषामा कम्प्युटरको प्रयोगका लागि भने संस्कृत सबैभन्दा उपयुक्त हुनपुग्यो र जर्मनमा संस्कृत भाषा अध्ययनको माँग बढेर गएको छ । नेपालमा छायाँमा पर्दै गएको संस्कृत ाभषा विदेशमा पहिलो प्राथमिकतामा, अचम्म छ ।
हामी नेपाली भाषा र संस्कृतमाथि बिस्तारै पातलिदै गएका छौं । तर जर्मनका ठूला ठूला विश्वविद्यालयहरुमा वेद र पूर्वीय दर्शन संष्कृतको माँग बढेको छ । हामीले जर्मनबाट सिक्नुपर्छ, संस्कृत भाषाको महत्व के छ ? जर्मनहरुले लामो समयदेखि नेपालका मठ, मन्दिर, गुम्बाहरुको पुनर्निर्माणमा सघाउँदै आएका छन् । त्यो सघाउने क्रम नेपालको मायाँले होइन, ती मन्दिरका गर्भगृहमा कुन तन्त्र छ, कुन मन्त्र छ र मन्दिरका टुँडालहरुमा किन यौनक्रिडाका फोटोहरु राखिएका छन् ? यसरी लामो समयदेखि अध्ययन गरेर नेपालको धामी झाँक्रीको समेत ठूलो अनुसन्धान गरेका जर्मनीमा जर्मनहरुले पाठ्यक्रमको मान्यता नै दिएका छन् ।
हामी आधुनिकताको नक्कल गरेर रुढीवादी, अन्धविश्वास भनेर फालिरहेका परम्पराहरु जर्मनका जीवनमा उतारिदैछन् । जर्मनलाई अन्धविश्वासी भन्ने हिम्मत कसको छ र ? हामी पो गरीव छौं र अर्काको दानमा बाँच्नुपर्ने भएकाले उनीहरुले अन्धविश्वास भनेपछि लहै लहैमा दौडिएका छौं । परम्परा किन बस्यो, त्यसको भित्री कारण के हो ? हामीले कुनै पनि विषयमा अनुसन्धान गरेकै छैनौं ? त्यसैले त के ठिक,के बेठिक हामीले कहिले पनि छुट्याउने प्रयत्न गरेनौं ।
जर्मनीको हाइडलबर्ग विश्वविद्यालयका प्राध्यापक डा. अलेक्स माइकल्स जो क्लासिकल आइडोलोजीको अध्यापन गराउँछन्, उनी भन्छन्– ३४ देशका विद्वानहरु संस्कृत पढिरहेका छन् ।  जर्मनीमा संस्कृतको आकर्षण बढेर गएको छ ।
हुन पनि वेद र संष्कृतमा सांख्य दर्शन जो छ, त्यो यति ठिक छ कि त्यही दर्शनका अधारमा विश्वमा ठूला ठूला आविस्कारहरु सम्भव भएको छ । यस्तै यस्तै कारणले जर्मनीका १४ विश्वविद्यालयमा हजारौंले संस्कृत पढिरहेका छन् । पुरातन ाषा पनि हो संस्कृत । संस्कृत अव पूर्वीयबाट पश्चिमा भाषा बन्दै गएको छ ।
जर्मनी विश्वविद्यालयहरुमा अमेरिका, इटली, बेलायत र अन्य युरोपियन मुलुकका विद्यार्थीहरु पढ्न, सोध गर्न र ज्ञान बढाउन जमन आइरहेका छन् । पािणनीको संस्कृत व्याकरणमा पनि उनीहरुको व्यापक रुची देखिन्छ । जर्मन चान्सलरसमेत संस्कृत भाषामा लोभिएको अभिव्यक्ति दिएका छन् प्रा.एलेक्सले । अव हामीले पनि नेपाली भाषा र संष्कृतका बारेमा पुनर्विचार गर्ने हो कि ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper