banner
banner

हामी कसको स्वार्थको सिकार भयौं ?

वीणा झा-  मधेशको सशक्त महिला आवाज हो यो । उनले देशका सबै तह र तप्काका अगुवाहरुको दिमाग खलबल्याउने गरी चिच्याएर सुनाएकी छिन्– एक अर्का प्रति घृणा उब्जाउँदै तह तहमा कसका लागि बाडियौ ? जात, क्षेत्र, लिंग, धर्म अनि राजनीतिक आस्था हाम्रो फरक भए होस् तर अब मुलुकको हितको सवालमा, मानवताको सवालमा, समाजिक न्यायको सवालमा हामी एक छौ भन्ने सन्देश दिने बेला अझै भएन ? हामी सर्बसाधारण कहिले सम्म प्रयोग भै राख्ने ? शुरुवात गरौ आफैबाट, सही गलतको विश्लेषण कसैले लगाई दिएको चस्माको आधारमा होइन, स्वबिबेकबाट गरौ, आफ्ना नेतृत्व तहलाई नडराई स्पष्टरुपमा प्रश्न गरौ र तिनलाई नैतिक बिचलनको स्थितिबाट जोगाउँ,्र हाम्रो समाज हामीले बनाउने हो, बनाउनु पर्ने हो, सक्नु पर्ने हा । हाम्रो शक्ति चिनौ, कमजोरी बुझौ अब ढिला नगरौ ।
हाम्रो नेतृत्व तहलाई ढुक्क पारौ समाजले साथ दिन्छ, सिर्फ सामाजिक हितका कार्य गर्नेलाई । अब हामी प्रयोग नहुने, केही दिन बर्तमानमा सकस त होला तर भविष्य सुनौलो हुन्छ । अहिले सम्मको इतिहास हेरौ त्यो मुलुक मात्रै समृद्ध भएको छ, जसले आफ्नो साधन श्रोतलाई चिनेर त्यसकै आधारमा विकास योजनाहरु कोरेको छ र पूर्ण निगरानीका साथ कार्यान्बय गरेको छ । हामी खत्तमै भै सक्या होइन है । आवश्यकता छ इमान्दार प्रयासको ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper