banner
banner

नेपालको नक्सा खोई सरकार ?

धर्मरत्न श्रेष्ठ -
नेपालका भूभाग मिलाएर भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक ग¥यो । नेपालले नेपालको राजनीतिक नक्सा यो हो भनेर अझै देखाउन सकेको छैन । यो कस्तो लोकसरकार होला ?संसदमा कालापानीको विषयमा संकल्प प्रस्ताव पेश भयो । निकै लामो समयको सीमा विवादको कारण इज्जत बचाउनका लागि संकल्प प्रस्ताव आएको प्रष्ट छ । कारण, संकल्प प्रस्तावले महत्व पाएन, सरकारले नेपालको नक्सा यो हो भनेर देखाउन पनि सकेन । कालापानी, लिम्पियाधुरा, लिपेलकका बारेमा सरकार प्रष्ट छैन । सरकारले पठाएको कूटनीतिक नोटका बारेमा भारत वार्ता गर्न राजी भएको सूचना आयो, वार्ता कहिले हुने भन्ने स्पष्ट छैन । सरकारले आफ्नो देशको नक्सा यो हो, कालापानीको मुहान यही हो भनेर किटान गर्न नसक्नु दुर्भाग्य हो ।
संसदमा राधेश्याम अधिकारीले भारतले जारी गरेको नक्शा सार्वजनिक भएपछि सुषुप्त रहेको विवाद सतहमा आएको बताए । यति गम्भीर विषयमा प्रधानमन्त्री स्तरमै वार्ता र समाधान खोज्नुपर्ने हो, प्रधानमन्त्री किन चुप भनेका छन् । दार्चुलासम्म सडक सञ्जाल बनाउने, सीमा सुरक्षा पोष्ट खडा गर्ने विषयलाई पनि सरकारले प्राथमिकतासाथ अघि बढेको देखिदैन । सीमा नै स्पष्ट नभएसम्म नेपालको कूल क्षेत्रफल, सिमाना र कहाँ कहाँ सीमा पोष्ट राख्ने भन्ने पनि द्विविधा रहेको छ ।
यसैगरी सांसदद्वय शेरबहादुर कुँवर र ठगेन्द्रप्रकाश पुरीले समस्या समाधानका प्रस्ताव आउनु खुशीको विषय भए पनि सरकार नै स्पष्ट नभएकाले समस्याको समाधान र समाधानका लागि राष्ट्रिय एकता कसरी निर्माण हुन्छ भन्ने प्रश्न गरेका छन् । सीमाका विषयमा सांसद वृशेषचन्द्रलालले वार्ता र कूटनीतिक तवरबाटै समस्या समाधान गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री बिपी कोइरालाले सगरमाथा सीमा विवादका सम्बन्धमा वार्ताबाट कूटनीतिक तवरमा समस्या समाधान गरेको विषय उदाहरण हो भन्दै यही बेलामा सबैतिरको समस्या समाधान गर्नुपर्छ भने ।
सांसद जीवन बुढाले नेपाली माटोको रक्षा गर्ने विषयमा पनि सरकार नतात्ने भन्दै यस विषयमा राष्ट्रिय सहमति बनेको छ, यो शक्तिको उपयोग गर्न सुझाए ।
यसरी संसदमा पेश भएको संकल्प प्रस्तावमा आआफ्ना विचार राखियो र संसद सभामुखको निर्वाचनतिर लाग्यो । अझैसम्म पनि सभामुखको खिचलो सकिएको छैन । सत्तारुढ दलले अहिलेसम्म संविधान मिच्दै आयो र आफ्नै दलबाट सभामुख र उपसभामुख चलाएर आएको थियो । अव संविधानअनुसार चल्न खोज्दा नेकपाभित्र ठूलै सकस छ र एक महिनाको समय यही लुतेधन्दामा बिताएका छन् । सीमा समस्याजस्तो विषयलाई सत्तारुढ दलले विषयान्तर गरेको हो यो । देशका बारेमा यति सरकारको यति फितलोपन, यस्तो सरकार पनि देशभक्त सरकार हुन्छ र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper