banner
banner

सोझा जनता र क्षीर सागरमा विष

वालकृष्ण ढकाल– 
परिबर्तनको सपना देख्ने र देखाउने हरुको कुचिन्डोमा आज कस्तो किसिमको मुकुन्डो लगाइएको छ, जनता अनविज्ञ छन । ठूला ठूला परिबर्तनका सपनामा अन्धकुप बनाइएका सोझा जनतालाई के थाहा क्षिरसागरमा बिस पोखिएकोछ भन्ने कुरा । राजनीतिको नाममा बिश्वमा पुजनीय भएको सिद्धान्त र वादहरुलाइ नक्कली गन्धेरसमा डुबाएर नौटङकि शैलिमा अमृतको स्वाद हो भनी जनता झुक्याएको खेल के थाहा ? अबोधगम्य खेलहरु खेल्दै अभिघात गर्न पनि पछि नहट्ने यी शक्तिहरुको अकर्मण्यताको लेखाजोखा कसले गर्ने ?
कालपाशमा अल्झिन बाध्य पारिएका नेपाली जनताको कङकलासुर रोदन कसले सुन्छ ? असी लाख युवाहरू बिदेशी भुमिमा कौडेकमारो बनेर रोहिरहेको नदेख्ने यी क्षोभी हरुको बिश्वास कतिन्जेलसम्म गर्ने ? पार्टी भित्र ठाउँ पाइएन भनी गोहिको आँसु झार्दै हिड्नेहरुको पनि कमी छैन यहाँ ।
आफ्नो शाख जोगाउनको लागि अघोरपन्थी बनेर ओढार छिर्नेहरु देखि सत्तामा रजाइ गर्न पाइएन भनेर रडाको मच्चाउने कपोतबृत्तीहरु अफुलाइ कपिध्वोज भन्न पनि पछि हटदैनन् यहाँ ।
सत्ता हत्याउनकै लागि अधिक्रान्ती देखि अनरित द्वन्द गर्दै निमुखा जनतालाई वशमा पारेर तिकडमबाजको खेल पनि खेली भ्याएका सत्तासीनहरु अनुहारमा क्षेपारे रङ बदल्न कदाचित डराउँदैनन । नेतृत्व पंक्तिमा छिद्रदर्शिता र छद्मभेदीहरुको मात्र बाहुल्यता हुनु राष्ट्रकै लागि अभिषाप ठहरिन्छ । काङ्ग्रेसको क्रन्ती कम्युनष्टिहरुको युद्ध र क्रान्ती, सबै खाले जगियामा सामेल भैसकेका जनताले बास्तबिकता बुझिसकेका छन् । बिदेशी हरिया डलरको अपेक्षा गर्ने, बिदेशी प्रतिक्रियाबादी र साम्राज्यवादीको बकस पगरी गुथेर देश चलाउन दुश्प्रयास गर्नेहरुबाट केही होला भन्ने सपना बेकार छ ।
यति भन्दाभन्दै राज्य संयन्त्रमा के को अभाब भयो त भन्ने प्रश्न तरंगित हुनु आबश्यक देखिन्छ । आजको शासन पद्धतिमा सहि दिशा निर्देश गर्ने अशल र बुद्धिजिबिहरुको आबश्यकता रहेको स्पस्ट छ । यस्ताबाट देशको समृद्धि हुने देखिदैन । क.माओको क्रान्तिमा पनि बौद्धिक बर्गको अनखट्टा देखिएको कारण अशंख्यक मात्रामा बुद्धिजीवीहरु भर्ना गरिएको इतिहास ताजै छ । बिद्यार्थी र बुद्धिजीवी बिचको बिचारधारात्मक र राजनैतिक तत्परताको खाचो पूर्ण रुपले टार्न सक्नु नै असल राजनीतिको शुत्राधार हुन सक्नु हो । हाम्रो देशमा आस्थाको अधारमा निरीह बनेर झोले प्रबृत्ति देखाउने तर समृद्धिको शुत्र खोज्न नचाहने अल्पबुद्धीहरुको जगजगिको कारन शासकले दोषमात्रै बेहोर्नु परेको यथार्थ स्पस्ट छ । देशभर छरिएर रहेका शिक्षण संस्थाका प्रमुखहरु, शिक्षेकहरु, बिद्यार्थिहरु तथा विभिन्न संघ संस्थाहरुको तह र तप्कामा रहेका बौद्धिक सर्कलहरुमा छलकपटको राजनीति होइन यथार्थ र देशले आबश्यक्ता ठानेको मूलमार्गबाट आर्थिक सामाजिक र राजनीतिक क्रान्तिमा हातेमालो गर्नसक्नु पर्दछ । पार्टी भित्र इमान्दार, स्वाभिमानी र उच्च आदर्शबादी कार्यकर्ता भन्दा मण्डलेतन्त्र, चैते, टीके अनि भजन मन्डलीहरुकै बाहुल्यता भएको कारन राजनीतिमा नाताबाद, कृपाबाद, परिबारबाद, लूटतन्त्र, सुबिधाभोग, ब्याक्तीवाद र उपभोक्दाबाद कै हालिमोहाली देखिन्छ । पार्टीभित्र मात्रै नभैकन समग्र देशैभरि इमान्दरिता नैतिकता र सकारात्मक तथा देश प्रतिको दायित्वको कमि रहेको छ । केवल बलमिचाइ मुठेउन्माद ब्यक्तिगत स्वार्थ गैरजिम्मेवार पनको चरम अतिक्रान्त बढीरहेको छ । शक्ति र पैसाको आडमा एउटा राजा होस वा राष्ट्रपति, एउटी महिला होस वा पुरुष, ब्राह्मण होस वा दलित, जोसुकै पनि अत्याचारी वा स्वेच्छाचारी बन्नसक्छ । यो नै आज देशले भोग्नु परेको समस्या हो ।
उर्भरशिल युवाहरु कौडीको भाउमा बिदेशी भूमिमा बेचिनुपर्ने अनि बाँकिरहेकाहरु राजनैतिक खिसीटिउरि र गाडकोराकोरमै समय बिताउने गरेपछी देशले काहाबाट बिकासको गति लिनसक्छ ? युवाहरु सबै बिदेशिएकै कारण गाउँ बस्तिहरु रित्तिएका छन । बृद्ध, महिला र केटाकेटी बाहेक अरुको मुख देख्न नपाइने भएकोछ । कसैको घरमा बिरामी पर्दा डोली उठाउने मान्छे छैन । राजनीतिको रङ्गमन्चमा अन्धोपनको अभिनय गर्दै आफुलाइ खरा ेखलपात्रको रुपमा स्थापित गराइराखेका छन नेतृत्वहरु । तसर्थ अन्तमा के भन्न चाहन्छु भने अब देशले बिकासको गति समात्नु छ भने नेतृत्व युवाको हातमा आउनुपर्छ । जोश भाबले काम गर्नुपर्छ ।
देशमा ब्याप्त राजनैतिक शक्तिको भजन मात्र गाउने भजन मंडलीहरुको भक्तीबादले अलि ठूलै समस्या सिर्जित भएको देखिन्छ  । वास्तबमा देश  भक्तिबादले सहि ढंगको दिशानिर्देश गर्यो भने राष्ट्रले फाइदा पनि लिनसक्छ । पूर्वाग्रही र भ्रष्ट प्रवृत्ति मात्रै देखाउने हो भने नतिजा अत्यन्तै नाजुक पनि हुन सक्छ । आफ्ना पक्षका नेताले नराम्रा हर्कतलाई सही देख्ने प्रवृत्ति हानिकारक छ । देबताको पालामा पनि भक्तिबादको चरम प्रयोग हुदा कसैलाई स्वर्गलोक मा बिराजमान गरायो, कसैलाई यहि मत्र्यलोकमा थच्चिनु पर्यो र कसैले नहुष स्वोर्गबाट खसेजस्तो पातललोकमा नमज्जाले गिर्नु पर्यो । तसर्थ भक्तिबादको चरम प्रयोग पनि उपयुक्त नहुन सक्दछ । माक्र्सबाद, लेलिनबाद, मओबाद, गान्धिबाद, बि पिवाद ,प्लेटोवाद, हिन्दुबाद, इसाइबाद, इस्लाम्बाद, मधेसबाद, खम्बुवानबाद, लिम्बुवानबाद, तमुवानबाद, परिवारबाद, दादाबाद, फरियाबाद, लुरेबाद, हामी सङग बादको संख्या कति हो कति । वादसंगै हागिएका पथहरुत्यति नै सिर्जित छन् । महेन्द्रपथ, ज्ञनेन्द्रपथ, प्रचण्ड पथ, कमाउपथ, ध्रुवीकरण पथ, पथको पनि संख्या कति हो कति । यी पथहरुमा पनि सुनौलो मार्ग देखिदैन । अन्तमा हामिले के पनि हेक्का राख्नु पर्छ भने सत्बुद्धि प्रयोग गरेर राष्ट्र निर्माणमा लागौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper