banner
banner

मृत्युदण्ड पाएका मायालु

काठमाडौं । खेमराज मायालु, पञ्चायतको बिरोध गर्दा मृत्युदण्ड पाएका नेता । मृत्युदण्डलाई आजीवन कारावासमा बदलियो र २०४८ सालमा बहुदल आएपछि गिरिजा सरकारले सबै अभियोग खारेज गरिदियो र १४ वर्षको भारत निर्वासनपछि काठमाडौंको बहिदगेटमा शहिदहरुलाई श्रद्धाञ्जली दिएको ऐतिहासिक फोटो हो यो । यो फोटोमा खेमराज मायालु, रामराजाप्रसाद सिंह, लक्ष्मणबाबु र अन्य क्रान्तिकारीहरु ।
खेमराज मायालुले नेपाली कांग्रेसका लागि जीवन अर्पण गरे तर आज उनलाई सम्झने कोही पनि छैनन् । तर खेमराज मायालु गत नोभेम्बर २ मा भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा, लिपुलेक पारेपछि आक्रोसित छन् र उनी भन्छन्– सन १८१६ को सुगौली सन्धी र पछि बृटिस इन्डियाले लखनउ बिद्रोहमा सघायर उपहार स्वरुप फिर्ता पाएको नयाँ मुलुक गरेर सन १८६० को अन्त्यतिर आइपुग्दा अहिलेको नेपालको खाका बनेको हो । नेपालको भूमि भन्ने विभिन्न तथ्य र प्रमाण रहँदा रहँदै भारतले  अतिक्रमण गरेको छ । यी निर्बिबाद नेपाली भूमि हुन् । तर कांग्रेस मौन छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper