banner
banner

पर्यटन क्षेत्रमा यती नै यती

काठमाडौं । नेपालको पर्यटन क्षेत्र यती समूहको कब्जामा गएको बारे अनेक आलोचना भइरहेको छ । सरकारले प्रष्ट जवाफ दिएको छैन ।
यतीको सवालमा सिचुवान एयरलाइन्सको जिएसए नदिँदा अमात्यको मन्त्री पद गुमेको कुरा सार्वजनिक भएको छ । ०७३ मा पर्यटनमन्त्री दीपक अमात्यले सिचुवान एयरलाइन्सको जिएसए यती समूहलाई दिन नचाहदा उनलाई हटाएर यती समूहको सिफारिसमा कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाइएको रहेछ ।
देशका प्रधानमन्त्री चीन जाँदा यती एयरलाइन्सको परीक्षण उडानसमेत नगरेको जहाज हिमालय एयरलाइन्स चढेर चीन गएका थिए ।
पुराना घटनाक्रममा ०७२ मा पर्यटनमन्त्री आनन्द पोखरेल थिए, सञ्चालक समितिमा यतीका गोप्य प्रतिनिधिका रुपमा ईश्वरी पौडेलव रहेछन् । दर्ता खारेज भइसकेको तारा एयरको जहाजलाई उडाउन अनुमति दिएको घटना पनि छ । दुर्घटना भएर पत्र भइसकेको जहाजको दर्ता कसरी नविकरण भयो, यतिका निकट उड्डयन प्राधिकरणका महाप्रवन्धकले अनुमति दिएका हुन् ।
जनवरी १ देखि भिजिट नेपाल २०२० सुरु भइसकेको छ ।
यसका सदस्य सचिव छन् बच्चुनारायण श्रेष्ठ । यिनी मन्त्रीका मान्छे हुन् तर यिनी यती हावी रहेको पासाङ ल्हामु प्रतिष्ठानका महासचिव पनि हुन् । यिनी यती समूहको सल्लाहकारको महत्वपूर्ण पदमा पनि आसीन रहेका छन् । यिनी उनै हुन जो तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाको सल्लाहकार पनि थिए ।
यती ग्रुप सत्ताको करिडरमा व्यापक लगानी ग्रुप रहेको छ । यही कारणले उसले आफू अनुकूल निर्णय गराइरहेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था मात्रै होइन, नियमनकारी निकायका उच्च पदमा समेत आफ्ना सिफारिसका व्यक्ति नियुक्त गराएर लाभ उठाइरहेको छ ।
यही क्रम हो नेपाल ट्रष्टको गोकर्ण, दरवारमार्ग, पोखरा, पाथीभरा, ठमेल, तीनधारालगायतका अनेक ठाउँका ट्रष्टका जग्गाहरु धमाधम आफ्नो कव्जामा पार्न थालेको छ । गृहमन्त्रीलाई ट्रष्टाबाट हटाएर रक्षामन्त्रीलाई नियुक्त गराउन सक्ने यती समहू कति शक्तिशाली भइसकेछ, भनिरहन पर्ला र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper