banner
banner

कालापानीमा भारतले रोकेछ

काठमाडौं । यता सञ्चारमन्त्री कालापानी क्षेत्र नेपालकै हो भनिरहेका छन्, अर्का वनमन्त्री शक्तिबहादुर बस्ने कालापानी, कञ्चनपुर र कञ्चनजंगा तीन क्षेत्रमा सुरषा पोष्ट राख्न जग्गा उपलव्ध गराइयो भनिरहेका छन् ।
यही वीचमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी क्ष्ँेत्रको नेपाली भूमि नाप्न जाँदा नापी विभागको टोलीलाई भारतले नाप्न नदिएर रोक्यो, नेपाली टोलीलाई फर्काएको बताएकी छिन् । मन्त्री पद्मा अर्यालले यो कुरा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा बताएकी हुन् । मन्त्रीले नेपाली भूमि नाप्न रोक लगाएसँगै काम स्थगित बताइन् । मन्त्रीले कालापानी र लिपुलेक भूमि अहिले पनि नेपाली नक्सामा रहेको तर लिम्पियाधुराको भूमि नक्सामा समेटिएको छैन भनेपछि भीम रावलले प्रश्न उठाए र दुबैवीच भनाभन भयो ।
भीम रावलको प्रश्न थियो– मन्त्री बारम्बार नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन विवाद समाधान गर्ने कुरा ठूलो हो भन्नुहुन्छ । नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन भने नक्साबाट आफ्नो भूभाग हटाइदिने । सन्धि सम्झौताहरुले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्सा जारी गर्न के गाह्रो किन ? यसैवीच कञ्चनपुर पुगेर सञ्चार मन्त्रीले लिम्पियाधुराको कुरा दोस्रो विषय हो भनेपछि धेरैले आपत्ति प्रकट गरेका छन् । सीमाको विषयमा हुती भएको सरकारले भारतलाई पत्र पठायो, भारतबाट त्यस विषयमा सकारात्मक सम्बोधन भएको छ । भारतले वार्ता गर्न सहमति पत्र पठाएको छ तर वार्ता कहिले र कुन कुन सीमा अतिक्रमण बारे गर्ने प्रष्ट भनेको छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper