banner
banner

आँखा

शशी श्रेष्ठ –
‘आँखा’, यो शब्दले ममा गहिरो प्रभाव पारेछ सायद म आँखाकै बारेमा सोच्न बाध्य भएँ । आखिर आँखाविना त यो संसार के नै हो र ? आफ्नो अगाडि हरेक सेकेण्ड घटिरहेका गतिविधिहरु अवलोकन गर्न नपाउनु, प्रतिक्रिया दिन नपाउनु वा भनौं उपस्थित भएर पनि कुनैपनि घटनाबारे अन्जान हुनु जस्तो दुःख लाग्दो कुरा के नै होला र !
‘नानी, तँ मान्छेमा सबभन्दा पहिला के कुरा नोटिश गर्छेस् ? ‘मैले मेरी छोरीलाई सोधें । ‘आँखा’, उसले भनी ‘म सुरुमा मान्छेका आँखा नोटिश गर्छु, किन किन आँखा हेरेरै पनि को मान्छे कस्तो छ भनेर अड्कल गर्न सक्छु ममी म ।’ उसका कुरा ठिकै त हुन् नी, कसैका आँखा यति नसालुु हुन्छन् की उसका आँखाले नै मान्छेलाई भुलाउँछन् । कसैका आँखा फेरि यस्ता हुन्छन्,लाग्छ उसले राम्रो कुरामा पनि नराम्रो देख्छ । परबाट घोच्ने खालका आँखा भएका मान्छेबाट म डराउँछु । 
आँखा यस्तो अंङ्ग हो यो विना संसार बुभ्mन कठिन छ । सिङ्गो मानवको पहिचान आँखाबाट नै सुरु हुन्छ । कुनै आँखा हेर्दा यो संसार नै सुन्दर लाग्छ, ती त्यस्ता मायालु आँखाहरु घरिघरि हेरिरहँु, देखिरहुँ जस्तो लाग्छ । सुन्दर आँखा हुने मानिसहरु आकर्षक देखिन्छन् । आँखाबाट एक अर्काको आनाबानी थाहा हुन्छ । रिसाएका बेलाको आँखा, खुशी हुँदा रमाइरहेका आँखा, रुँदा आँसु झरिरहेका दुःखी आँखा मनपर्ने मान्छेसँग कुरा गर्दा सर्माएका आँखा, पाकेटमारका चतुर आँखा आदि । 
आँखाको कुरा गर्दा सन्दुक रुइतको नाम नलिँदा मेरो लेखलाई अन्याय हुन्छ । सन्दुक नै आँखाका पर्यायवाची शब्द हुन्, बल्ल बल्ल आँखाको शल्यक्रिया गरी आँखा देख्न थालेकाहरुलाई सन्दुक रुइत भगवानका पर्याय हुन् । ‘अन्धोपन भएको मानिसले फेरि आँखा देखेको र ऊ फेरि दृष्य जगतको अङ्ग बनेको हेर्न साँच्चै नै हृदयस्पर्शी दृष्य हुँदो रहेछ, सन्दुकले आफ्नो किताबमा भनेका छन् । एउटा मान्छेले आफ्नो जीवनकाल भरिमा दुई करोड चालिस लाख वटा दृश्य देख्दछ । आफ्नो जन्मदेखि मृत्युसम्म आँखा नदेख्ने मान्छेकोलागि जीवन कति कष्टकर हुन्छ हामी कल्पना गर्न पनि सक्दैनौं । उसले आफ्नो जीवनभर अन्धकार मात्रै देखिरहन्छ, भोगिरहन्छ । छरछिमेकी, इष्टमित्रका कारुणिक वाणीले उसलाई कतिपनि मद्दत गर्दैन, उल्टै झन् दुःख दिईरहेको हुन्छ । यस्तै एउटा सेतो छडीको साहारामा आफ्नो जीवन बिताउनेहरुलाई एउटा आँखा दान गर्दा त्यो जीवन नै दान गरे सरह हुन्छ ।
सम्झि ल्याउँदा यस कठोर संसारमा देख्न बाँकी केही छ जस्तो मलाई लाग्दैन । दाइजोको आगोमा जलेर खरानी भएको शव मैले देखिनँ कि मायाको आतङ्कमा फसेर एसिड आक्रमण को भिक्टिम भएकी बहिनीको अनुहार पो देखिनँ कि, यौन हिंसा र बलात्कारले आफ्नै प्यास मेट्ने यौनपिपासुहरु पो देखिनँ कि, भुर्इँचालो आउँदा आफ्नो अगाडि घर ढलेको दृश्यले बौलाएकी आमाको नाङ्गो शरीर पो देखिनँ कि, पर्यटकिय दृष्टिले धनी देशको सबभन्दा विकसित शहरको ढलमा पसेर बगेकी ती सानी नानी पो देखिनँ कि, विदेशिएका युवाहरु पmर्किँदा एयरपोर्टमा काठको बाकसको लाम मैल देखिनँ कि मैले के देखिनँ । राम्रो त यसै राम्रो छँदैछ, राम्रा कुराहरु त नदेखे पनि सुन्दै आनन्द आउँछ तर अरु केही त्यस्ता कुराहरु पनि छन् जुन देख्नु सुन्नु नै नपरोस् जस्तो हुन्छ । यस्तो कुरा सम्झिँदा त बरु आँखै नदेख्ने भइदिए यो सबै कुरा देख्नु त पर्थेन नि भन्ने पनि हुन्छ । 
खैर ! आँखाका बारेमा अरु म के भनौ,ं कहिलेकाँही त आँखा नदेख्नेहरुको मुखबाट पनि केही कुराको बारेमा सुन्न मन लाग्छ, उनीहरुको रचना पढ्न मन लाग्छ । उनीहरुको दुनियाँ हामीले सोचेभन्दा धेर,ै धेर,ै धेरै नै फरक छ । कहिलेकाँही उनीहरुको संसारमा डुबेर उनीहरुलाई त्यस अन्धकार संसारको दलदलबाट निकाल्न मन लाग्छ । एकजनाको आँखाले चार दृष्टि विहीनहरुको संसार उज्यालो हुन्छ रे । रुइतको किताब पढेर निकै नै प्रभावित भएका हामी परिवारले पनि अन्धकारको दलदलमा फँसेकाहरुलाई उज्यालो तर्फ डोहो¥याउने पहल ग¥यौं । नेत्रदान गर्न इच्छुकहरुको लिष्टमा आफ्नो पनि नाम दर्ता गराउने निधो ग¥यौं, आखिर ‘‘नेत्रदान नै जीवन दान रहेछ’’ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper