banner
banner

भारतीय तस्कर सक्रिय

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले नेपालबाट आपराधिक गतिबिधि बढेको, भारतको सुरक्षामा खतरा पर्नसक्ने भनेको दुई हप्ताभित्रै भारतीय तस्करहरु धमाधम पक्राउ पर्न थालेका छन् । पुस २० गते २ भारतीय नागरिक सुन र हिरासहित पक्राउ परेका छन् । मोहम्मद मोइन र कोट्टाकुथ किल्लाकिथिल नामधारी ती भारतीय भरियामात्र रहेको र भारतमा बसेर माफियाले यिनलाई परिचालन गरेको आशंका प्रहरीको छ । यिनले मलद्वारमा मेसिनबाट हिरा र सुन लोड गरेर दुबईबाट काठमाडौं आएका थिए । ती हिरा र सुन खुला सिमानाको लाभ उठाएर भारततिर लैजाने योजना थिया ।
भारतीय गृहमन्त्रीलाई रिपोर्ट होला, १० दिनभित्र यसरी भारतीय तस्कर पक्राउ परेको यो पाँचौपटक हो । यसअघि पनि किलोका किलो सुनसहित भारतीय तस्करका भरिया भारतीय पक्राउ परिरहेका छन् । खुला सिमानाका कारण खतरा भारतलाई होइन, खतरा नेपालका लागि डरलाग्दोसँग बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper