banner
banner

कानुन दैव जानुन्

काठमाडौं । सुडान घोटाला अर्थात ४४ करोडको खरिदमा २८ करोडको हेराफेरि । यति गम्भीर आरोपमा जेल परेका हतियार व्यापारी शम्भु भारतीलाई अदालतले जेलबाहिरै बसेर मुद्दाको पुनरावलोकन गर्ने छुट दिएको छ ।
भदौ १२ गत पक्राउ परेका हुन् यी । थोत्रा एपीसीलगायतका सामानमा रङ दलेर आइजीपीसम्मलाई भ्रष्टाचारमा फसाउने यी हतियार व्यापारीसमेतलाई सर्वोच्च अदालतले नै भ्रष्टाचारी ठहर गरिसकेको थियो । यिनीमाथि १४ करोड २० लाख बिगो र जरिवानासहित वर्षदिन जेल सजाय सुनाउने अदालत नै हो । त्यही सर्वोच्च अदालतले आइतवार यिनलाई जेलमुक्त गर्ने आदेश दियो र यिनी छुटेका छन् ।
नेपालको कानुन दैव जानुन् भन्ने सामाजिक कथन फेरि सुनिएको छ ।
शान्ति सेनामा जाने प्रहरीको ज्यानसमेत जोखिममा पार्ने गरी नक्कली सामान सप्लाई गर्ने यस्तै दलालहरुले नेपालका सबै राज्यसञ्जालमा भ्रष्टाचारको भाइरस फैलाएका हुन् । सुशासनको ग्यारेण्टी गर्ने सरकारले हो र जो सुशासनका बिरोधी हुन्, तिनलाई दण्ड दिने अदालतले हो । दण्डाधिकारीले नै फैसलालाई निर्देशन, आदेशले काट्ने स्थिति आएपछि कानुन बलियो होला कि यस्ता दलाल ? २०७३ साल वैशाख १७ गते सुडान प्रकरणमा भ्रष्टाचार भएको फैसला आएको थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper