banner
banner

पक्राउ गरिदै कमजोर पारिदै

काठमाडौं । विप्लव माओवादी अर्थात नेकपाका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेरै विप्लवलाई कमजोर पार्ने र सरकारसँग वार्ताका लागि बाध्य पार्ने रणनीतिमा ओली सरकार छ भन्ने झन झन प्रष्ट हुँदै गएको छ ।
गत दुईहप्ताभित्र दर्जनौं नेता कार्यकर्ता पुनः पक्राउ परेका छन् । झण्डै १३ सय नेता कार्यकर्ता पक्राउ गरेपछि सरकारले आफूलाई पहलमान ठानेको छ । तर विप्लव कमजोर होइन, झन झन बलियो हुँदै गएको विश्लेषण हुन थालेको छ । जति जति सरकारले अलोकप्रिय काम गर्दै जानेछ, भ्रष्टाचार र अनैतिकता बढाउँदै अघि बढ्नेछ, नेकपाको हौसला र उर्जा झन थपिदै जाने उनीहरुको मत रहेको छ । हुन पनि हत्या, बलात्कार, सुनकाण्ड, भूमाफिया प्रकरण, वाइडबडीको कमिशन काण्डपछि नेपाल ट्रष्टका जग्गा यति समूहलाई दिएर राष्ट्रलाई हानी नोक्सानी गराउन थालेपछि सरकारप्रति आममानिसको घृणा बढेर गएको छ ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper