banner
banner

बोइङ बेचियो, यिनको काम सकियो

काठमाडौं । नेपालले बेचेको अर्को बोइङ अहिले पनि अफ्रिकाको आकाशमा उडिरहेको छ । अहिले गण्डकी नामको वोइङ २२ करोड घाटा खाएर बेचेपछि प्रधानमन्त्री ओलीले नेपाल एयरमा ल्याएका मदन खरेलको उपयोगिता सकिएको छ । अव 
उनी फेकिने सूचीमा परेका छन् । यही कामका लागि मदन खरेललाई नेपाल एयरको कार्यकारीमा ल्याइएको थियो ।
गत शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले बोइङ ७५७ गण्डकी जहाज अमेरिकन कम्पनी सिएसडिएस एयरक्राफ्ट सेल्स एण्ड लिजिङ इंकलाई ६५ करोड २२ लाखमा बेच्ने निर्णय गरेको छ । सञ्चालक समितिको बैठक भइरहेकै बेलामा पर्यटन मन्त्री र प्रधानमन्त्रीको टेलिफोन वार्ता भएको र टेलिफोनबाटै आदेश गएपछि बेच्ने निर्णयमा सही धस्काइएको स्रोतले बताएको छ ।
गजब के छ भने परामर्शदाता कम्पनी फिनटेक एफएएस एभिएसन सर्भिसेज कम्पनीले जहाज र ६ सयभन्दा बढी पार्टसको न्यूनतम मूल्य ८७ करोड रुपियाँमा बिक्री गर्न सकिने प्रतिवेदन बुझाएको थियो । योजनावद्ध रुपमा सूचना निकालेर बिक्री हुन नसकेको भन्दै मूल्य घटाउन बाध्य भएको परिस्थिति सिर्जना गरेर यो डिल हुन गएको हो । १ सय ९० सिट क्षमताको यो जहाज अहिले पनि मर्मत गरेर चलाउन सकिने स्थितिमा थियो ।
२ थान एयरबस ४ अर्व ३५ करोड कमिशन खाएर भित्र्याइएपछि यो जहाज बेच्ने  र कमिशन खाने तातो लागेको सहजै बुझ्न सकिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper