banner
banner

भाडा प्रकरणमा पनि भ्रष्टाचार

शिवप्रसाद -
लोकलज्जा त हुनैपर्छ । अन्यथा त्यस्तो शासन लोकशासन हुनसक्दैन ।
प्रधानमन्त्री निवासकै जग्गा सत्ताधारी दलकै महासचिवले भूमाफियासँग मिलेर खाएको प्रमाण हुँदा पनि नेकपा मौन ।
एनसेल काण्ड, ३३ किलो सुनकाण्ड, बुढी गण्डकीमा कमिशन खाएप िवाइडबढी जहाज खरिदमा ४ अर्व ३५ करोड कसकसले खाए होलान् ? त्यसपछि होटल हयातको जग्गा भाडा भ्रष्टाचारको खबर आइरहेको थियो, सरकारले लाजै पचाएर ३ वर्ष कार्यकाल रहेको सरकारले ६ वर्षको म्याद बाँकी हुँदै गोकर्ण रिसोर्टको जग्गा अर्को २५ वर्षका लागि यति होल्डिङ्सलाई नै भाडामा दिएपछि कम्युनिष्टहरु कमाउनिष्ट नै हुन् भन्ने प्रमाणित हुनपुगेको छ ।
यसका साथै दरवारमार्गको जग्गा पनि माफियासँग मिलोमतोमा कौडीको भाडादरमा लिजमा दिने काम भएको खुलासा हुनपुगेको छ । अर्थात नेकपाको सरकार भनेको भ्रष्टाचारी सरकार हो, यसलाई लोकलज्जा पनि छैन । नङ्गा नाचे हजार दाउ भनेको यही हो ।
कम्युनिष्ट र करप्सनमा कति अन्तर छ, अव छुट्याउन सकिन्न । कम्युनिष्ट राष्ट्रवादी हुनसक्दैनन् भन्ने कुरा भारतले नेपाली भूमि आफ्नो राजनैतिक नक्शामा पारिसकेपछि पनि चुप लागेर बसेबाट प्रष्ट भइसकेको थियो, अव करप्सनको अर्को पर्याय बन्न पुगेको छ ।
संवैधानिक पदमा नियुक्ती गर्दा भ्रष्टाचार, सरुवा बढुवा नियुक्तीमा भ्रष्टाचार, सिंहदरवारदेखि गाउँपालिकासम्म भ्रष्टाचार । यो हाम्रो आरोप होइन, नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले लगाएको भ्रष्टाचार हो । यति हुँदा पनि नेकपाको सरकार पूर्वराजाका जग्गा ट्रष्टमा राखेको भ्रम छरेर त्यसैमा भ्रष्टाचार लिप्न बन्न पुगेको छ ।
समृद्धि र सुखी नेपाल, सुशासन दिने र प्रगति गर्ने कुरा बिमार प्रधानमन्त्रीको नारामात्र हो, प्रधानमन्त्रीका नाममा घेरावन्दी गर्ने तत्वमाथि माफियाकरण भएर यसरी नेकपा बद्नाम हुनथालेको छ । लोकतन्त्र अलोकप्रिय भइरहेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper