banner
banner

किन भइरहेछ पूर्वराजाको दौड ?

शाश्वत शर्मा -
सत्तापक्ष र प्रतिपक्षका क्रियाशप्ल नेताहरुभन्दा पूर्वराजा ज्ञानेन्द्र शाहको तुफानी दौड जारी छ । मध्यपचिमक केही जिल्लास्थित देवदेवीको पूजा आराधनापछि पूर्वराजा पुस २ गते भोली परिवारसहित पूर्वाञ्चललको झापा भ्रमणमा निस्कदैछन् । झापालायत आसपासका जिल्लाहरुका मठ, मन्दिरमा दर्शन गर्नुका साथै स्थानीय नागकिरसँग प्रत्यक्ष भेटवार्ता गर्ने उद्देश्य देखिन्छ ।
गतहप्ता मध्यपश्चिमका रुपन्ेदेही, नवलपरासी, कतिपलवस्तु, पाल्पा लगायतका स्थानहरुका मन्दिरमा जाँदा अभूतपूर्व जनस्वागत पाएका पूर्वराजा पूर्वाञ्चलमा पनि त्यही प्रकारको जनस्वागत हुने लख काटिएको छ । यसअघि पनि झापालगायतका वामपकट भनिएका जिल्लाहरुमा पूर्वराजालाई जनस्तरमा गरिएको भव्य स्वागत अहिले पनि आश्चर्यका रुपमा चर्चामै छन् । पूर्वमा यसपल्ट अहिलेसम्मकै ऐतिहासिक रुपमा जनस्वागत हुने निश्चित ठानिदैछ ।
२०६३ सालको जनआन्दोलनमा जुन भीडभाडका साथ गणतन्त्रको नारा लागेको थियो, त्योभन्दा ठूलो भीडले राजाआउ देश बचाउ भन्न थालेका छन् । पार्टीहरु गणतान्त्रिक संविधान कार्यान्वयन गर्न लागिपरेका छन्, यस्तो अवस्थामा राजाको जयजयकारको गगनभेदी नारा । पञ्चायतमा भन्दा गर्मजोशीका साथ जनता राजाको जयजयकार गर्न थाल्नु आश्चर्य नै हो । जनताको कथित आन्दोलनबाट आएको भनिएको व्यवस्थाविरुद्ध तिनै जनताको स्वतःस्फूर्त नारा लगाइरहेका छन्, योभन्दा गणतन्त्रको उपहास अरु के हुनसक्छ ?
जनताले बुझेर नारा लगाएका होलान् कि हिजो जुन सपना देखाएका थिए पार्टीनेताहरुले, त्यो भ्रममात्र रहेछ । हिजो जे नारा उछाले, त्यो त नेताहरुको स्वार्थशिद्ध गर्ने रणनीति पो रहेछ । जनताको आँखामा छारो पो हालेको रहेछ ।
त्यतिबेला विदेशी ताकतसँग मिलेर पार्टी नेताहरुले आफ्ना लागि जनताको बली चढाएका रहेछन्, पद्धति फेरेका रहेछन् । ०४६ सालमा राजा वीरेन्द्रलेआफ्ना सम्पूर्ण राजकीय अधिकार जनताका प्रतिनिधिलाई सुम्पेका थिए । राजा ज्ञानेन्द्र राजपाठमात्र होइन, दरवार नै त्यागैर जंगलवास हिडेका थिए । जनताको माँग त्यही होला भन्ने राजामा प¥यो । २ सय ४० वर्षको राजतन्त्रले जनता खुशी होउन् भन्ने सदाशय राखेर त्याग गरेका हुन् । त्यो त्याग बेकार गयो ।
भ्रष्टाचार पञ्चायतमा थियो, हजारको भ्रष्टाचार । लाखको भ्रष्टाचार हुनथालेको बहुदलकालमा हो । लोकतन्त्र आएपछि करोडहुँदै अर्वमा भ्रष्टाचार भइरहेको छ । अव त मिचिएको सिमाना फिर्ता ल्याउने साहस नदेखाएर पनि भ्रष्टाचार हुनथालेको देखिन्छ । केही दिन म पनि राष्ट्रवाद्यी भनेर सत्ता र विपक्षी दलले युवाहरु सडकमा उतारे । भारतले हपारेछ क्यारे, दुबै मँैन हुनथालेका छन् । वार्ता गर्न नेपालले गरेको प्रस्तावको जवाफसमेत दिएन भारतले ।
प्रधानमन्त्री केपी अ‍ोली अस्वस्थ छन् । सत्ता छ र उनीभित्र प्रवल इच्छाशक्तिले पेलेरै ओलीलाई स्वस्थजस्तो देखँएको छ । अर्थात सत्ता छ र ओली छन् । विपक्षीलाई हिजो सत्तामा हुँदा गरेको भ्रष्टाचारको पोल खुल्ला भन्ने डर । सत्तापक्षलाई यही मौका हो भ्रष्टाचार गर्ने भनेर अवसर जुटेको छ । अर्थात दुवैथरि काला कतुर्त खुलासा नहोस् भनेर अभ्यस्त भइरहेका छन् । भ्रष्टाचारी त कर्मचारी हुन्, जसले नेताहरुलाई भ्रष्टाचारमा डुबाएर देशै भ्रष्टाचारमय बनाएका छन् । राजनीति उक्साउने, कर्मचारीतन्त्र भ्रष्टाचार गर्ने ।
एउटा खरिदार कसरी करोडपति बन्छ ? एउटै मालदार कार्यँलयमा बिसौं वर्षदेखि थचारिएका कर्मचारी पनि छ्न् । एनसेल, वाइडबडी विमान खरिद, वालुवाटारको जग्गा विक्री, गौरदेखि बाादरमुडे हत्याकाण्डहरु किन उठ्दैनन् । अहिले भ्रष्टाचारभन्दा डूलो काण्ड सिमाना अतिक्रमणको मौनता छ । यसैगरी भारतले नेपाली भूभाग अतिक्रमण निरन्तर गरिरहेको छ । सत्तापक्ष र विपक्ष तरवार बेचुवा र घ्यू बेचुवाजस्ता छन् । भारतविरुद्ध बोल्नै नसक्ने, भारत अतिक्रमण र हस्तक्षेप गर्न नछाड्ने । कसरी भन्ने नेपाल स्वतन्त्र र सार्वभौम मुलुक हो भनेर ?
हिजोको गल्ती जनताले सच्याउन खोजिरहेका छन् । स्वयम् पूर्वराजा पनि देशको स्थिति देखेर चिन्ता व्यक्त गर्दैछन् । शायदत्यही एकताको वातावरणको लागि पूर्वराजाको जिल्ला भ्रमणको दौड भइरहेको छ । विश्वस्त हौं, नेपाली जनतार राजाएक नभएसम्म अहिलेको अन्यौल रअराजक स्थितिमा सुधार आउने छैन । झन गएगुज्रेको स्थिति हुनेछ । शायद त्यस्तो नहोला कि ? आमनागरिक र पूर्वराजाको निकटताले यो मुलुक फेरि बौरिएर आउलाजस्तो देखिन्छ । यस्तो विश्वास पार्टीमा लागेका बुद्धिजीवी, आमजनताले गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper