banner
banner

स्वतन्त्र बुद्धिजीवीहरु जागौं, राष्ट्ररक्षामा लागौं

जगदीश रेग्मी –
रणनीतिक दृष्टि नीतिवाक्य– 
स्वतन्त्र र स्वच्छन्द बुद्धिजीवीहरु जागौं, राष्ट्ररक्षा र विकासमा लागौँ भन्ने रहनेछ ।
लक्ष्य– 
परिवर्तनका विषय र क्षेत्रहरुमा भूमिकाका लागि राज्यलाई बुद्धिजीवी चाहिन्छ भन्ने कुराको बोध र स्वीकार्य गराउनु नै बौद्धिक जागरणको मुख्य लक्ष रहनेछ ।   
उद्देश्य–
 १. बौद्धिक चिन्तन र कर्म प्रबर्धन गर्ने किसिमको वातावरण तयार पार्न प्रयास र पहल गर्ने ।
२. बौद्धिक सम्पत्तिको रक्षा, वृत्ति विकास आदि उत्प्रेरक तत्वहरुको व्यवस्थापन मिलाउने । 
नीति – बुद्धिजीवीहरु उत्प्रेरित र जागरुक हुने वातावरण तयार पारी उत्प्रेरित जनशक्ति मार्फत् नागरिकका आवश्यकता र समस्या सम्बोधन एवं राष्ट्रको विकासका लागि आवश्यक कार्य्दिशा र मार्गदर्शन उपलब्ध गराउने नीति रहनेछ । 
रणनीतिः
१. स्वदेश तथा विदेशस्थित राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संघसंस्था एवं सरकारी निकायहरुसंग सम्पर्क एवं समन्वय स्थापित गरी पारस्परिक सहयोग आदानप्रदान गर्ने । 
२. बौद्धिक सम्पत्तिको रक्षाका साथै उनीहरुको चिन्तन र कर्म प्रबर्द्धनको वातावरण बनाई बुद्धिजीवीहरुलाई राष्ट्रको विकास एवं परिवर्तनका क्षेत्रहरुमा स्वस्स्फुर्त रुपमा उत्तरदायी र सहभागी गराउने । 
३. प्रशिक्षण एवं अनुशिक्षण मार्फत् बुद्धिजीविहरुको क्षमता अभिवृद्धि गरी उनीहरुको विज्ञता एवं सक्षमता संस्थागत विकास र सुशासन प्रवर्धनका क्षेत्रहरुमा उपयोग गर्ने ।   
कार्यनीतिः 
१. बुद्धिजीवीहरुले मुलुकको विकासका लागि दिनसक्ने कार्यढांचा र मार्ग्चित्रका साथै उनीहरुमा रहेको प्रविधि र सक्षमताको बारेमा ज्ञान दिन राष्ट्रसेवक एवं नागरिकहरुलाई अभिमुखीकरण गर्ने ।
२. बुद्धिजीवीहरुको चिन्तन र कर्म प्रवर्धनका लागि आवश्यक पर्ने उत्प्रेरक तत्वहरु जस्तै( अर्थराजनीतिको विकास, राजनीतिक दृष्टिकोण, सांस्कृतिक वातावरण र बौद्धिक अभ्यास गर्ने निकायहरुको व्यवस्थापनको लागि आवश्यक प्रयास र पहल गर्ने । 
३. बौद्धिक वृत्तको क्षमता अभिवृद्धि गरि त्यस्तो विशेषज्ञ सक्षमता नवीन ज्ञान एवं विचार उत्पादन, प्रकाशन, प्रतिभा विकास तथा तिनको प्रायोगिक स्थलको विकास, संस्थाको आफ्नै संस्थागत, सुशासन एवं व्यवस्थापकीय क्षमता वृद्धिका साथै राष्ट्रको सामाजिक, आर्थिक, वातावरण लगायत समग्र क्षेत्रको विकासमा उपयोग गर्ने ।
४. राष्ट्रको विकासका लागि सम्भाव्यता, अवसर, वस्तुस्थिति आदि अवस्थाको अध्ययन र विश्लेषण गरी सम्भावना तथा अवसरहरु पहिल्याउने एवं जोखिमहरु पूर्वानुमान गर्ने र सोको आधारमा अवधारणा(पत्र, नीति, कार्यक्रम, योजना, आयोजना तथा परियोजना निर्माण, मुल्यांकन आदि कार्यमा सरकारलाई सहयोग गर्ने ।
मान्यता( 
शोषण र उत्पीडनकारी समाजमा सामाजिक साँस्कृतिक परिस्थिति एवं शासक वर्गको मनस्थितिमा परिवर्तनका लागि आलोचना स्वाभाविकै हो र बौद्धिक वर्गबाट गरिने यस्तो कर्मलाई निषेध गरिनु हुँदैन, गरेमा प्रत्युत्पादक हुन जानेछ भन्ने नै “बौद्धिक पुनर्जागरण अभियान“ नामांकित अवधारणाको प्रमुख मान्यता रहेको छ ।    
७. स्थायित्व र निरन्तरता (क्तबदष्ष्तिथ बलम क्गकतबष्लबदष्ष्तिथ) 
पवित्र सोच र उद्धेश्य लिएर नागरिक समाजकै अंगरहने संस्था मार्फत् सामाजिक परिवर्तनका क्षेत्रमा क्रियाशील रहने भएकोले यस बौद्धिक पुनर्जागरण अभियानले समाजबाट निरन्तर स्नेह र ममता पाउनेछ । यस अवधारणामा विकासका मुलभूत आदर्शहरू जस्तै( समावेशिता, पारदर्शिता, उत्तरदायित्व र इमान्दारितालाई बिशेष प्राथमिकता दिएको छ । नागरिक स्वतन्त्रता, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रता जस्ता लोकतन्त्रका मुलभूत मान्यताहरुमै अडिग रहेर कार्य गर्ने साथै परिकल्पना या रणनीतिक दृष्टि बढी यथार्थको नजिकरहेको देखिँदा दीर्घकालसम्म यस अवधारणाका क्रियाकलापहरु संचालन भैरहने सुनिश्चितताको प्रत्याभूति दिन्छ । जसलेगर्दा यस अभियानले स्थायित्व र निरन्तरता पाउनेछ भन्ने विश्वास लिइएको छ ।    
निष्कर्ष ः
राज्यमा वर्तमानमा देखिएका भोगिएका जर्जर एवं बर्बर्तापुर्ण व्यवहारहरुले राष्ट्र असफलतातिर धकेलिईरहेकोछ भन्ने विभिन्न कोणबाट विश्लेशण र भविश्यवाणी भैरहेको छ । जनअपेक्षा र शासकीय व्यवहारबीच तालमेल भएन भने मुलुकले ठूलो दुर्ग्ति भोग्नुपर्छ । त्यसैले राज्यलाई सही दिशा र मार्गमा डोर्याउन बुद्धिजीवीको विशिष्ट भूमिका रहेको छ । राष्ट्रका यी भयानक स्थितिको नजरअन्दाज गर्नु र बौद्धिक क्षमताको कम आंकलन गर्नु मुलुककै लागि दुर्भाग्य हुनेछ । शासकीय निर्णय र काम कारबाहीमा बौद्धिक वर्गको भूमिका नखोजिनु शासक वर्गको आफैमा सक्षमताको दम्भ हो र यसले मुलुकको बर्बादी एवं स्वेच्छाचारी शैलीलाई प्रश्रय दिन्छ । हरेक सफलता र शक्ति आर्जनमा स्वभाविक रुपमा सिर्जना हुने दम्भको उद्गम बिन्दु अधिनायकवादी चरित्र नै हो । असहिष्णुता र अहंकारको कृत्य एवं व्यवहारले आफ्नै सत्ताशक्तिको पतनलाई निम्त्याउछ, यो धुर्वसत्य कुरो हो । यसले अतृप्त वर्गहरूबीचमा ध्रुवीकरण निम्त्याउछ र जसले सत्ता परिवर्तनमा अस्वाभाविक भूमिका खेल्दछ । लोकतन्त्रमा आलोचना हुनुपर्छ भन्ने कुरा स्वीकार नगर्दा तानाशाही शैली र प्रवृत्तिले जन्म लिन्छ । त्यस्तो शैली र प्रवृत्ति रोक्ने शक्ति र सामर्थ्य बुद्धिजीवीहरुमा निहीत हुन्छ । 
बुद्धिजीवीहरुको सिर्जनाको धरातल करिब उस्तै हुन्छ । बौद्धिक वर्गबीच राजनीतिक आस्था, सोच र विचारमा फरक हुनु स्वभाविकनै हो, तर बुझाई भने साझा हुनुपर्छ । बुद्धिजीवीहरु जुनसुकै आस्था र विचारका, धर्म र सम्प्रदायका भएपनि सबैको एकै उद्धेश्य ज्ञान र विचारको उत्पादन तथा समाजको भावना र अनुभूति प्रतिनिधित्व गर्ने हुनुपर्छ । स्वतन्त्र र स्वछन्द भएर शासकवर्गको प्रतिगामी कदम विरुद्ध लेख्नु र बोल्नु नै बुद्धिजीवीको मूल कर्म र धर्म हो । शासक वर्गबाट बौद्धिक वर्गमा गरिने अनुचित व्यवहार, राष्ट्रको संकट एवं बर्बर्तापुर्ण अवस्थामा अन्तर्मनको प्रसव वेदना र छटपटी लुकाएर छिपाएर होइन, त्यसको प्रतिवाद एवं प्रतिरोध गर्ने सामर्थ्य राख्नुपर्छ । “आमाले पिटेपनि, रुवाएपनि आमै जाति“ भने झैँ शासकवर्गले गरेका कुकृत्य र व्यवहारप्रति काँध थापेर जे गरेपनि ठीक छ भनी शासक वर्गलाई अन्धभक्त रुपमा समर्थन जनाउनाले शासकले स्वेच्छाचारी रुपमा निरंकुश भै दीर्घकालसम्म शासनसत्ता टिकाइरहन्छ । त्यसैले बौद्धिक वर्ग नयाँ कुराको सिर्जनात्मक अभ्यासतर्फ लाग्नुपर्छ, जनताका भावना र अनुभूतिहरूलाई समेटी आवाज उठाउनु पर्छ । कुनै राजनीतिक आस्था या विचारमा झुकाव नराखी तथा कुनै दल या शक्तिकेन्द्रको पिछलग्गु नभई तटस्थ भएर कर्म र धर्म निभाउनु पर्छ ।   

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper