banner
banner

देशैभरि बलात्कारको महामारी

काठमाडौं । बलात्कारविरुद्ध ऐक्यवद्धता । कार्यक्रममा हजुरबा र बाबुबाट ९ वर्षको उमेरदेखि वर्षौंसम्म बलात्कृत युवतीको कुरा सुनेपछि सबैले अनुभव गरे– समाजमा बिकृतिको जरो निकै फैलिसक्यो । बलात्कारविरुद्ध ऐक्यवद्धता जनाएर अभियान चलाउन जरुरी छ ।
पूजाले सुनवाईका क्रममा भनिन्– आफ्नै बलात्कारीलाई कसरी पिता भनुँ ? मेरो नागरिकता परिवर्तन गरिदिनुस् । विष खाएर पनि मर्न नसकेकी पूजाले रक्षा नेपालको सुनवाईमा बताएको आर्तनाद हो यो ।
हिम्मत थियो र उनले प्रहरीलाई उजुरी दिइन् । मुद्दा प¥यो र अदालतले पूजाका पक्षमा फैसलामात्र गरेन, बलात्कारी बाउलाई १८ वर्ष जेल सजाय तोक्यो ।
रक्षा नेपालको संरक्षणमा पुगेकी पूजाले भनिन्– म प्रहरीकै सहयोगले आज यहाँ छु । रक्षा नेपाल पुगेपछि मलाई गाह्रो भइरहेको थियो तर यहाँको मायाँ, संस्कारले मलाई बलियो बनायो । यहाँ पुगेर मैले तेक्वान्दो खेलेँ । अहिले म ब्ल्याकबेल्ट छु । मेरो आत्मबल बढेको छ । रक्षा नेपाल पुगेपछि थाहा भयो– म जस्ता बलात्कृत धेरै रहेछन् ।
अहिले पढाइमा ध्यान दिइरहेकी पूजा भन्छिन्– मलाई स्त्री विशेषज्ञ बन्ने मन छ । मेरो समस्या हरेक ठाउँमा बलात्कारी बाउको नाम लेख्नुपर्छ । मलाई एउटा सहयोग गरिदिनुहोस्, मिल्छ भने मेरो नागरिकता परिवर्तन गरिदिनुहोस् । पूजा अर्थात एउटी छोरी, जो न्याय र अधिकारका लागि लड्न सिकिरहेकी छिन् । प्रतिनिधि पात्र हुन् ।
यो घटना गत बिहीबार भएको बलात्कार विरुद्धको ऐक्यवद्धता प्यानल डिस्कसनमा सामेल भएकी वकिल सोनाली रेग्मीले यस्ता बलात्कारका केसहरु एकदमै कम मात्र प्रहरीकहाँ पुग्ने बताइन् । उनका अनुसार  बलात्कार भन्ने बित्तिकै अवला बिचरा भनिन्छ । यसमा ‘सिम्पेथी’ होइन ‘इम्पेथी’ चाहिन्छ । बलात्कारीमाथि सजाय गर्दा पीडितको उमेरको आधारमा सजाय निर्धारण गर्नु ठिक होइन ।
बहसमा अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले भने– पछिल्लो समय बलात्कारका घटनाका उजुरी गर्ने बढेका छन् । यो चेतना बढेको सूचक पनि हो ।
बहसमा सूचना आयुक्त यशोदा तिम्सिनाले विदेशमा बुवा आमाले पिटेमा यस्तो ठाउँमा खबर गर्नु भनेर सिकाइएको हुन्छ तर नेपालमा बलात्कार भए पनि बाहिर भन्नु हुँदैन भनेर सिकाइन्छ । बलात्कारजस्तो घटनामा के गर्ने भनेर पाठ्यक्रममै समावेश गर्न जरुरी छ भनेर बताइन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper