banner
banner

पुरुषलाई गर्भनिरोधक सुई

काठमाडौं । अस्थायी कण्डम कि स्थायी भ्यासेक्टोमी अर्थात गर्भनिरोधक ट्याब्लेटको समसयबाट महिलाहरु मुक्त हुने भएका छन् । परिवार नियोजनका साधनको आधुनिकरणका रुपमा  अव पुरुषका लागि गर्भनिरोधक सुई बन्न थालेका छन् । यो सुई लगाएपछि १३ वर्षसम्म पुरुषले गर्भ बोकाउन सक्नेछैनन् ।
यो सुईको प्रयोग भारतमा हुनलागेको छ । यो सुईको सफलता ग्यारेण्टी भनिएको छ । त्यस्तो प्रमाणित भयो भने आगामी वर्षदेखि बजारमा पुरुषका लागि यो सुई आउने छ ।
यो ओखतीको आविस्कार दिल्लीका बायोमेडिकल इन्जिनियर सुजोय गुहाले गरेका हुन् । यो सुई पुरुषको अण्डकोषबाट लिंगसम्म शुक्रकीट पु¥याउने नलीमा लगाइन्छ । अचम्म त के छ भने यो सुईले कुनै साइड इफेक्ट गर्दैन । पुरुषत्वलाई नष्ट गर्ने यो सुईको नाम रिसग राखिएको समाचारहरुमा उल्लेख छ । अचम्म त के पनि छ भने पुरुषलाई प्रजननयोग्य बनाउन अर्को सुईको आविस्कार पनि भएको छ । यस्तो सुई जनावरमा प्रयोग गर्दा सफल भएको दावी आविस्कारकको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper