banner
banner

ओलीको अर्को मिर्गौला प्रत्यारोपण

काठमाडौं । मिर्गौलाले काम गर्न कम गर्दै गएपछि ठूलै बिपत्तिमा परेका प्रधानमन्त्री केपी ओलीलाई एपेन्डिसाइटिस भयो र शल्यक्रिया गरियो ।
उनी तङ्ग्रिन नपाउँदै मिर्गौला प्रत्योरोपण गर्ने प्रक्रिया अघि बढेको छ । डाक्टरहरुले नेपालमै सम्भव छ भने पनि कुनै डाक्टरले जोखिम लिन तैयार नभएको संकेत पाएर र अत्याधुनिक अस्पतालमा मिर्गौला फेर्न  चाहेकाले केही दिनमै प्रम ओली मिर्गौला प्रत्यारोपणका लागि विदेश जाने तैयारी चलेको छ ।
देशका प्रधानमन्त्री स्वस्थ हुनुपर्छ । उनका लागि देशले सतीजान चाहिं सक्दैन । देश संकटमा छ, देशका सीमा मिचिएका छन् र फिर्ता गर्न भारत तैयार छैन । वार्ता गर्न नै भारतले अस्वीकृति जनाइसक्यो ।
यो अवस्थामा प्रधानमन्त्री लामो समयको उपचारका लागि विदेश जाने भए नेपाल सरकार र नेकपाले देशका लागि जुनसुकै निर्णय लिनसक्ने स्थिति हुनैपर्छ । ओली स्वस्थ हुन्, अस्वस्थ राष्ट्रको स्थिति यसरी बेहाल छोड्नु घातक हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper