banner
banner

दोषी ठहरिए सजाय होस्

काठमाडौं । जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड अहिले आएर भन्छन्– द्वन्द्वकालीन घटनामा दोषी ठहरिए कारवाही भोग्न तयार छु । जनयुद्धकालमा १७ हजार मारिए, कति बेपत्ता भए, कति घरवारबिहीन, लुला लङ्गडा, टुहुरा, विधुवा भए, प्रचण्ड जिम्मेवार होइनन् । विश्लेषकहरु भन्छन्– जिम्मेवार को रहेछ, प्रष्ट पारे हुने ?
यद्यपि प्रचण्डले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा यसो भनेका हुन् । तर सत्य निरुपण र बेपत्ता आयोगमा राष्ट्रिय मानवाधिकार आयोगसमेत अल्पमतमा पर्नेगरी राज्यपक्षको इच्छानुसार गर्न मनोनित गरिदैछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper