banner
banner

बौद्धिक पुनर्जागरण ः बुद्धिजीवी कि दास ?

जगदीश रेग्मी –
 बुद्धिजीवीको अवस्था
१. दरिद्र या जीविकामुखी वृत्ति
आफ्नो पद, प्रतिष्ठा र विवेक बन्धक राखेर सरकार वा दातासमक्ष ‘म यो कुरा लेख्न वाचा गर्छु’ भनी करारनामा लेखी न्युन मात्राको पारिश्रमिक बुझ्ने गर्छन् । आर्थिक दरिद्रपन र बन्धनलाई उत्थान गर्न बुद्धि, विवेक, विज्ञता र क्षमता बेचेरै गुजारा चलाउछन् । हाम्रो समाजमा धेरैजसो बौद्धिकहरु जीविकाको समस्याबाट ग्रसित भै त्यसमै थिचिएर नयाँ खोज र ज्ञान सिर्जना गर्न सकेका छैनन् । सामाजिक व्यवस्था एवं विकासका चाहनाभन्दा अलग रहेर सिर्फ जीविका धान्ने प्रयोजनमा बौद्धिक श्रम लगानी गरिरहेका छन् । जनजीविकाका सवालमा शक्तिकेन्द्रहरुको वरिपरि लम्पसार परेर एवं परिक्रमा गरि अतृप्तिको भावना (लालसा) पोख्दै राडे रुवाई गर्छन् । बुद्धिजीवीहरुको दारिद्र्यका कारण बुद्धि विवेकको किनबेच र दुरुपयोग भैरहेको छ, ज्ञान उत्पादन गर्ने कार्य साह्रै निम्छरोस्तरमा जारी छ । 
२. विनीत अर्थात् दास बनेका
राज्यसत्ता संचालनको सबै शक्ति र शस्त्रास्त्र राजनेतामा सन्निहित हुने र बुद्धिजीवीमा वैचारिक अस्त्र बाहेक अन्य कुनै अस्त्र नहुने भएकोले राजनेताकासामु निरीहता प्रदर्शन गर्नुसिवाय अन्य कुनै विकल्प देखिँदैन । शासकमा बुद्धिजीवीलाई भ्रस्ट तुल्याउने शक्ति हुन्छ । त्यही शक्तिको दबाब, प्रभाव तथा प्रलोभनमा परेर सरकारी कामकारबाहीको काँध हालिरहेका छन् । सत्ताशक्तिको उपासना र सरहना गरेरै अर्थात् स्तुति र महिमा गाएरै जीवन निर्वाह गरिरहेको पाइन्छ ।  
३. सडकछाप या लावारिसजस्तै 
नेपालमा स्थापित प्रज्ञा प्रतिष्ठान, शिक्षण संस्था, खोज तथा अन्वेषण केन्द्र आदि कुनै पनि निकायहरु स्वतन्त्र नरहनु, स्थापित ती संस्थामा उन्मुक्त वातावरण एवं आर्थिक स्वतन्त्रताजस्ता उत्प्रेरित हुने तत्वहरुको कमी हुनुका साथै स्वतन्त्र बौद्धिक अभ्यास गर्ने थलो नहुनाले बौद्धिक वर्गहरु सडकछाप या लावारिस जस्ता देखिएका छन् । पैत्रिक सम्पत्ति हुने र सभ्रान्त वर्गका बौद्धिकले मात्रै बौद्धिकताको रक्षा र विकास गर्नसक्ने भएका छन् । 
४. पद प्रतिष्ठाको प्रलोभनमा लागेका 
स्वाभिमान गुमाएका बुद्धिजीवीहरुको चरित्र पदलाभको उद्देश्यमा समेटिएको हुन्छ । उनीहरु पद, पदक, पैसा र पदवीका लागि आफुसम्बद्ध राजनीतिक दलका नेताहरु, शासक र अन्नदाता (म्यलयच) को ध्यान आफूतिर आकर्षित गर्दछन् । उनीहरु प्रारम्भमा सत्ताशक्तिको चुम्बकद्वारा लहसिई राज्यको शक्तिमा छिर्ने र छिरेपछि बौद्धिक वर्गको बिल्ला भिर्ने प्रवृत्ति आज पर्यन्त कायमै छ । हाम्रो समाजमा तिनै बुद्धिजीवीहरुको जमात ठूलो छ, जसले बौद्धिक सिन्डीकेटमा बसेको छ ।  
५. कर्मबाट विचलित रहेका
बुद्धिजीवीको मुख्य काम भनेको सरकारको प्रतिगामी कदमलाई सच्चाउनु, सत्यको पक्षमा बोल्नु, खराब पक्षको आलोचना गर्नु, विकास प्रक्रियामा समाजलाई डोर्याउनु, ज्ञान र बिचारको सिर्जना गर्नु हो । तरपनि मुट्ठीभर बुद्धिजिवीहरु विदेशीको दलाल (ब्नभलत) बनेर मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको हवाला दिँदै धर्मान्तरण, राज्य विखण्डन, घृणाको खेती(साम्प्रदायिक सदभाव विथोल्ने), विदेशी संस्कृति भित्र्याउने, उद्धोग धरासायी बनाउने आदि कर्महरुमा लागेका छन् । 
४. सान्दर्भिकता
भनिन्छ, नेपाल निकै अवसरै अवसरहरुलेयुक्त भै सम्भावनानै सम्भावनाहरुले भरिपूर्ण देश हो । यहाँ नदीनाला, वनजंगल (विशेष जडिवुटी), खनिजजन्य पदार्थहरु जस्ता प्राकृतिक स्रोतहरु, दक्ष र उर्जाशील जनशक्ति, आधुनिक प्रविधि र यन्त्र उपकरण जस्ता उत्पादनका आधारशिलाहरु हुँदाहुँदै पनि किन यो मुलुक गरिबी र पछयौटेपनमै पिल्सिरहेको छ ? किन विकासका अपार सम्भावनहरू हुँदाहुँदै पनि महाशक्ति राष्ट्रहरुसामु लम्पसार र आत्मसमर्पण गरी ऋणको भिख मागिरहनुपरेको छ ? किन विकासको चाहना र भावना हुँदाहुँदै पनि यो देश श्रमिक उत्पादन गर्ने कारखाना र बलिष्ट युवा आपूर्ति गर्ने आपूर्तिकर्ता हुनुपरेको छ ? किन यो देशको विकासका लागि आवश्यक प्रतिभावान विज्ञ विशेषज्ञहरु पलायन हुनुपरेको छ ? किन चरम गरिबीका कारण आत्महत्या गर्न बाध्य हुनु परिरहेको छ ? यी यावत जिज्ञासाहरुको सम्बोधन गर्ने उत्तरदायित्त्व कसको हो र उत्तरदायीपक्ष अहिलेसम्म किन टुलुटुलु हेरेर बसिरहेको छ, के त्यस्तो गुढ रहस्य छ जो छिपाएर, मनमा दबाएर बसेको छ ? आदि अनगिन्ती सवालहरु नागरिक र मुलुककासामु तेर्सिएका छन् । जवाफदेही सरकारले यसको चित्तबुझ्दो जवाफ अनिवार्य दिनुपर्छ, अन्यथा मुलुकमा निकट भविष्यमा आक्रोश र विद्रोहका आबाजहरु उठान हुने प्रसस्त सम्भावनाहरु देखिएको छ । यतातिर सरकारको समयमै ध्यान जानु जरुरी छ, मौन बस्नु तथा विलम्ब गर्नु हुँदैन ।
मुलुकमा यस्तो जर्जर र कारुणिक अवस्था हुँदाहुँदै पनि देश विकासको बृहत् भूमिकासहित राष्ट्र हाँक्ने जिम्मेवारी लिएका पक्षहरुको सोच, दृष्टिकोण र ध्यान त्यस सवाल या दिशातर्फ किन गएन या जान सकेन ? यो गम्भीर चिन्ता र चासोको विषय हो । मुलुकको विकासमा मुख्य वाधक पक्ष के हो र को हो ? मुलुकलाई विकास गर्न नदिने अन्तरघाती खेल को(कसले खेलिरहेकोछ ? विकासका लागि जिम्मेवार पक्ष दृढ इच्छाशक्ति र प्रतिबद्धताका साथ किन अग्रसर हुँदैनन्, कसले रोकिरहेको छ उनीहरुलाई ? विश्वमा मरुभूमि भएका देशहरुले त विकास गरिरहेका छन् भने, यो देशलाई विकास गर्न कसले छेकेको छ ? आदि सवालहरु पनि जनताका निम्ति अनुत्तरित नै छन् । तर राष्ट्रका जिम्मेबार पदाधिकारीहरु यी सवालहरुमा अनभिज्ञ छन् भन्ने कुरा पत्याउनै मुश्किल छ । किन महाशक्ति राष्ट्रहरु र स्वेदेशकै माफियाहरुको घेराबन्दी र प्रपन्चमा फस्छन यहाँका राष्ट्रसेवकहरु ? कतै दुवैपक्षको स्वार्थको मिलनबिन्दु एउटाको अस्थिरता सिर्जना गराई फाइदा लुट्ने र अर्काको सत्ता टिकाउने र कमिशन लिने खेल त होइन ? यी कुराहरु शंकास्पद र आश्चर्यलाग्दा छन् । राष्ट्रियताका लागि संवेदनशील मानिने यी असंख्य सन्देहहरुको खोजी गरी तथ्य पत्ता लगाउन एवं गरिबीको जड कारण, त्यसको प्रभाव र समाधानको विकल्प पहिचानसहित त्यसको समाधान गर्न बुद्धिजीवीहरुको भूमिका र क्षमता वर्तमान युगले खोजिरहेको छ, चाहिरहेको छ ।       
राष्ट्रिय संकट (असामान्य परिस्थिति) को उचित सम्बोधन गरिएन भने मुलुकको भविष्य अनिश्चिततातिर धकेलिने र राष्ट्र असफल हुने खतरा रहन्छ । यस्तो स्थितिमा सरकारले आफ्नो नैतिक धरातल, सत्व र जनविश्वास गुमाउदै जान्छ, वैदेशिक हस्तक्षेपमा बृद्धि भै मुलुकमा अस्थिरता र अराजकता सिर्जना हुन्छ साथै राष्ट्र अवनतितिर धकेलिइ सरकारको साख गिर्ने अवस्था आउछ । त्यसैगरी जनतामा आक्रोस र निराशा छाई जनविद्रोह हुनसक्ने एवं अस्वाभाविक रुपमा राजनीनिक परिवर्तन हुनसक्ने सम्भावना रहन्छ । यस्तो अवस्था आउनुको मूल कारण विद्धमान समाजको राजनीतिक प्रणाली, संस्कार, आचरण र व्यवहारको दोष हो । यस्तो दोष निदान गर्न राजनीतिमा शुद्धीकरण हुनु जरुरी छ । यस्तो संकटजन्य स्थितिबाट मुलुकलाई जोगाउन बुद्धिजीवीको विशेषज्ञ क्षमताको  उपयोग गर्न अत्यन्त आवश्यक छ ।
राज्यका असामान्य परिस्थिति एवं घटनाक्रमहरुको अध्ययन अनुसन्धान गरी तिनको कारण र प्रभावहरुको विश्लेषण गरेर नयाँ ज्ञान र विचार सिर्जना गर्ने साथै तिनको सम्बोधन मार्फत् राष्ट्र विकासका लागि सरकारलाई कार्य्दिशा दिने र मार्गदर्शन गर्ने, राष्ट्रमा आन्तरिक एवं बाह्य तत्वहरुले सिर्जना गरिरहेका अस्थिरता एवं अराजकताको स्थितिलाई नियन्त्रण गरी राष्ट्रसंग सम्बन्धित मूल्यहरुको रक्षा गर्दै समाजमा सुशासन कायम गराउन सरकारलाई कार्यढांचा र मार्ग्चित्र दिने साथै समाजका सबै वर्ग, लिङ्ग, क्षेत्र र सम्प्रदायका बुद्धिजीवीहरुलाई जागरुक र संगठित गरि सरकारको समृद्धि र सुशासन अभियानमा सरिक एवं क्रियाशील गराउनु मुलुकको प्रमुख आवश्यकता रहेको ठहर्छ । सरकारको जनविरोधी र विकासविरोधी चरित्र र व्यवहारको जनसमक्ष सार्वजनिक गर्न र जनताको सेवा र विकासको चाहना साथै पीरमर्काको सुनुवाइको सवालमा कलम चलाउन एवं आवाज उठाउन बुद्धिजीवीको प्रयास र पहलको खाँचो छ । त्यस खाँचो पूर्ति गर्न बुद्धिजीवीहरु संगठित र जागरुक हुन जरुरी देखिएको छ ।
बौद्धिक चिन्तन र कर्म प्रवर्धन गर्ने किसिमको वातावरण बनाई बौद्धिकताको विकास गर्नु आजको प्रमुख आवश्यकता हो । उन्मुक्त वातावरणमा मात्र विचार सिर्जना गर्नसक्ने बुद्धिजीवी प्रायस् सत्ता आलोचक र स्वाधीन हुन्छ । लोकतान्त्रिक र न्यायपूर्ण समाजको निर्माण यिनै बुद्धिजीवीहरुबाट सम्भव हुन्छ । त्यसको लागि राष्ट्रमा अर्थराजनीतिको विकास, स्पष्ट राजनीतिक दृष्टिकोण, साँस्कृतिक वातावरण र स्वतन्त्र बौद्धिक अभ्यास गर्ने निकाय साथै कानुनको प्रबन्ध मिलाउनु पर्दछ । यिनै कुराहरुको पूर्ण व्यवस्थापनले बौद्धिक चिन्तन र कर्म प्रवर्धन हुने भै  बौद्धिक वर्ग एवं क्षेत्रहरुको विकास हुन्छ । राजनीतिज्ञ र शासक वर्ग दुवै पक्षबाट यो कार्य सम्पन्न हुन निकै गार्हो छ,  किनकि बौद्धिक कर्मलाई निस्तेज पार्ने, पंगु बनाउने उनीहरुको विशेष चरित्र नै हो । त्यसैले राज्यसत्ताले गरिरहेको जन एवं विकासविरोधी क्रियाकलापलाई विरोधगर्ने साहस जुटाउनुपर्छ, लाचारी हुनुहुँदैन । विद्धमान समाजका बुद्धिजीवीहरुले यस पुनर्जागरण अभियानलाई निरन्तरता दिँदै राष्ट्रका संकट अवस्था एवं विकृति विसंगतिहरुविरुद्ध कलम चलाउन, आवाज उठान गर्न जरुरी छ ।
सबल नीति, परिपक्व कानुन, प्रभावकारी संयन्त्र र उत्तरदायी शासक भयो भने विकासको गतिले तीव्ररुप लिन्छ । राज्यमा सरकार र जनता दुवै पक्षलाई विकासका निम्ति बुद्धिजीवी चाहिन्छ भन्ने कुराको महसुस र स्वीकारोक्ति गराई उनीहरुको साथ एवं सहयोग लिएर राष्ट्रको समृद्धि र विकास अभियानमा सरिक गराउनु नै लाभकारी हुनेछ । राष्ट्रको हित, रक्षा र विकासमा सहयोगका निम्ति स्थापित बुद्धिजीवी संगठनहरु लगायतका सामाजिक संघसंस्थाहरु मूल उद्धेश्य र कर्मबाट विचलित भै सामाजिक परिवर्तनमा नलागी अकुत सम्पत्ति आर्जन गर्ने, वैदेशिक भ्रमण गर्ने, राजनीतिक नेतृत्व हत्याउने एवं सत्ताधारीको सिंढी बन्ने जस्ता वैयक्तिक स्वार्थ्सिद्ध गर्ने रणनीतिमा लागेकोले तिनको अस्तित्व समाप्त भएको मान्न सकिन्छ । तसर्थ वर्तमान सन्दर्भमा त्यसको विकल्पमा सामाजिक परिवर्तनको क्षेत्रमा कार्य गर्नेगरि पृथक अस्तित्व बोकेको स्वतन्त्र र स्वच्छन्द प्रकृतिको भिन्नै संगठनको जरुरी देखिएको छ । विद्धमान समाजका अमुल्य सम्पत्ति मानिने बुद्धिजीवीहरुले संगठित र पुनर्जागृत भै राष्ट्रका तमाम संकट अवस्था एवं विसंगतिहरुविरुद्ध निष्ठापुर्वक कलम चलाउन तथा आवाज उठाउन साथै राज्यमा समृद्धि, सुशासन र विकासका लागि प्रयास एवं पहल गर्न नितान्त आवश्यक देखिएको छ ।
५. परिकल्पनारसोच (ख्ष्कष्यल)
१. वैचारिक परिकल्पना
१.१ राज्यमा आइपरेका संकट एवं घटनाक्रमहरुको अध्ययन अनुसन्धान गरी तिनको कारण र प्रभावहरुको विश्लेषण गरेर नयाँ ज्ञान र विचार सिर्जना गर्ने साथै उक्त संकट एवं घटनाक्रमहरुको सम्बोधन मार्फत राष्ट्र विकासका लागि सरकारलाई कार्य्दिशा दिने तथा मार्गदर्शन गर्ने सोच रहेको छ ।
१.२ राष्ट्रमा आन्तरिक एवं बाह्य तत्वहरुले सिर्जना गरिरहेका अन्यौल, अस्थिरता एवं अराजकताको कार्य र स्थितिलाई नियन्त्रण गरी राष्ट्रसंग सम्बन्धित मूल्यहरुको रक्षा गर्दै समाजमा सुशासन कायम गराउन सरकारलाई कार्यढांचा र मार्ग्चित्र दिने सोच रहेको छ ।
१.३ समाजका सबै वर्ग, लिङ्ग, क्षेत्र र सम्प्रदायका शिक्षित एवं चेतनशील नागरिकहरुलाई जागरुक र संगठित गरि  राज्यको समृद्धि र सुशासनमा सरिक र क्रियाशील गराउने सोच रहेको छ ।  
२. संगठनात्मक परिकल्पना 
२.१ राष्ट्रमा संविधान र सो अन्तर्गत निर्मित सामाजिक संस्था ऐन, २०७५ को परिधि अन्तर्गत रही पृथक अस्तित्व राखी बौद्धिक समाज(नेपाल नामक संस्था स्थापना हुनेछ । त्यस्तो संस्था नागरिक समाजकै एक अभिन्न अंगको रुपमा रही राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरमा मान्यता प्राप्त गर्नेछ । 
२.२ राज्यका ७५३ वटै स्थानीय तह र तिनका वार्डस्तरसम्म, प्रदेश र संघ गरि तीनै तहका सरकारी संरचना बमोजिम नै संस्था स्थापना भै सो संस्थाका समिति र कार्यालयहरु स्थापना हुनेछन् । –२

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper