banner
banner

५ दिने म्याद ननाघोस्

काठमाडौं । सीमा अतिक्रमणबारे अन्तर्राष्ट्रिय अदालत जाने म्याद ३५ दिन हो, म्याद नाघे यो मामिला जटिल बन्छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिन ननाघोस् भन्दै सरकारलाई सावधान पारेका छन् । 
रफत सञ्चार क्लबको मञ्चबाट बिजुक्छेले भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भन्नु र यस विषयमा नेपाल सरकारले कुनै ठोस पहलतर्फ नलाग्नु ठूलो कमजोरी भएको आरोप लगाए । नेपालको कूटनीतिक पक्ष कमजोर थियो, कमजोर नै छ, कूटनीतिक असफलताकै कारण वैदेशिक हस्तक्षेप बढ्दै गएको हो । चीनले नेपालको सीमा मिचेको छैन, मिच्यो भनेर गरेको प्रचार हल्लामात्र हो भनेर स्पष्ट पारे ।
मन्त्रिमण्डल पुनर्गठन भयो, पुराना किन फालिए, नयाँ किन ल्याइए ? प्रधानमन्त्रीले स्पष्ट नपार्नु असक्षमता नै हो । तीन तहको सरकार, झन झन जटिल हुँदैछ । सिंहदरवार गाउँ गाउँ पुगेको छैन, भ्रष्टाचारको विकेन्द्रीकरणमात्र भएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper