banner
banner

शिव सिग्देल -
ब्राजिलपछिको ठूलो अर्थात ४० हजार मेगावाट विद्युत उत्पानको क्षमता भएको नेपालमा विद्युत महसूल किन संसारमै महगो मानिन्छ ?
विज्ञहरुका अनुसार विद्युत महसुल (प्रति युनिट) अफगानिस्तानमा रु ५.७०, बङ्गलादेशमा रु ६.८४, भुटानमा रु २.०५, पाकिस्तानमा रु ६.८४ छ। नेपालमा कति होला ? नेपालमा १३ रुपैयाँ प्रतियुनिट तिरेर उपभोग गरिन्छ ।
आखिर किन यति महगो छ विद्युत महसूल नेपालमा ? विज्ञहरु नै भन्छन्– विद्युत प्राधिकरणमा ज्यादा भ्रष्टाचार छ, विद्युत उत्पादनदेखि खरिद प्रकृयासम्म कमिशनको खेल हुन्छ । ज्यादातर विद्युत चोरी हुन्छ, चुहावट हुन्छ र ठूला उद्योगहरुले समेत विद्युत चोरी गर्छन् । विद्युत चोरी गर्नसक्नुलाई दण्डित होइन, बहादुर सम्झने कतिपय घटना पनि जिम्मेवार रहेका छन् । सबैभन्दा सस्तो विद्युत नेपालमा हुनुपथ्र्यो ? सबैभन्दा महगो छ, यो गम्भीर विषय हो ।
यति हुँदा पनि कूलमान घिसिङ प्राधिकरण आएपछि लोडसेडिङको अन्त गरेका छन् र उनी नै त्यस्तो व्यक्ति हुन् जसले दशैं, तिहारमा समेत बढीभन्दा बढी बत्ती उपभोग गर्न उपभोक्तालाई आग्रह नै गरे । नेपालको इतिहासमा यो गजव घटना हो ।
उनको आगमनअघि सम्म १८ घण्टा लोडसेडिङ भोगेका नागरिकहरु मुक्त भएका छन् र कूलमानलाई धन्यवाद दिइरहेका छन् । अव नागरिकहरु भन्न थालेका छन्, बत्तीको महशुल घटनाउनुपर्छ । यस सम्बन्धमा कूलमान घिसिङले कुनै जवाफ दिएका छैनन् ।
उल्टै यतिबेला विद्युत महशूल बढाउने चर्चा व्यापक बनेको छ, किन बढाउने यसको तर्कपूर्ण जवाफ सार्वजनिक भएको छैन ।
विद्युत उत्पादनमा र प्राधिकरणमा भ्रष्टाचार रोक्ने र विद्युत चुहावट घटाउन सके विद्युत महशूल बढाउने होइन, घटाउन सकिन्छ । बढी महशूल लिएकैकारण प्राधिकरण अरवौं मुनाफामा जान सकेको हो । बढी महशूल लिएर नाफामा जानुभन्दा पन उचित महशूल लिएर सेवा दिनु राम्रो हुनेछ । काविल कूलमानले सोच्ने कि ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper