banner
banner

भारतले किन खोस्यो कालापानी क्षेत्र ?

काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई भारतले आफ्नो भनेको छ । यससम्बन्धमा नेपालीहरु भारतीय अतिक्रमणका विरद्ध एकजुट भएका छन् । यति हुँदा पनि सरकारले खासै निर्णय केही गर्न सकिरहेको छैन । यी क्षेत्र भारतले कव्जा गरेको ६० वर्ष भइसक्यो । अझै पनि सरकारले फिर्ता गराउन प्रभावकारी कदम चाल्न नसकेको गुनासो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको छ ।
नेपाली नेता र कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर भारतले नेपाली भूमि कब्जा गरिरहेको छ । यतिबेला भारतीय ज्यादतिका विरुद्ध मुलुकभरिबाट आवाज उठेको छ, सरकारले अभूतपूर्व समर्थन पाएको छ, यही बेला समिा विवादको अन्त्य गर्नुपर्छ । केसीको आरोप छ– सत्ता र शक्ति खोसिने डरले नेपालका राजनीतिज्ञ र प्रशासनिक व्यक्तिका कारण सीमा विवाद अन्त्य नभएको हो, नेपालमा अस्थिरता निम्त्याएर भारत सधैं नेपालँका प्राकृतिक साधन स्रोत र जमिनमाथिको कब्जा गर्दै आएको छ, यसको अव अन्त्य जररी छ ।
भारतलाई पानी र राण्नीतिक भूमि चाहिएको छ, त्यसैले खोस्यो ? नेपाली चनाखो भएनन् भने सरकार उदासीन रह्यो भने नेपाल ठगिदै जानेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper