banner
banner

मन्त्री हायर र फायर गर्ने वामदेव

काठमाडौं । मन्त्रिपरिषद गठन, पुनर्गठन गर्दा कसकसलाई मन्त्री बनाउने भन्ने विशेषाधिकार प्रधानमन्त्रीको हो । तर नेकपामा यो अधिकार वामदेव गौतमले पाएछन् कि के हो ? उनी फटाफट हट्ने र आउने मन्त्रीहरुको नाम बताइरहेछन् । यो पढेर, सुनेर आमनागरिकसमेत चकित परेको देखिन्छ ।
वामदेव गौतमका अनुसार युवराज खतिवडा, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, चक्रपाणि खनाल, मात्रिका यादव, लालबाबु पण्डित, पद्मा अर्याल, थममाया थापा, रघुवीर महासेठहरु हट्नेछन् । प्रदीप ज्ञवाली, ईश्वर पोखरेल र गोकुल बास्कोटा हट्ने छैनन् । बिना मगर, वर्षमान पुन, भानुभक्त ढकाल, रामबहादुर थापाको मन्त्रालय परिवर्तन हुनेछ । पम्फा भुसाल, शिवमाया तुम्बाहाम्फे, लीलानाथ ेष्ठ, महेश बस्नेत, कृष्ण राई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेहरु मन्त्री बन्नेछन् । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper