banner
banner

स्वाधीनता जोगाउने बेला

शाश्वत शर्मा -
अहिले मोका छ, नचुकौं ।
लामो छ भारतीय सीमा मिच्याइको कथा । त्यसो त उत्तरी छिमेकी चीनले पनि नेपालको सिमाना नमिचेको चाहिं होइन । तर चीनले जहिले पनि प्रमाणका आधारमाा कुरा गरे कुनै पनि विवाद सल्टाउन तैयार रहेको व्यवहार देखाइरह्यो र चीनसँग नसल्टिने ठूलो सीमा विवाद देखिदैन । चीनको तुलनामा भारतको ज्यादति अति नै बढी देखिन्छ । कालापानी, लिपुलेक, लिम्पियाधुराका बारेमा अहिले जति चियोचर्चो गरिन्छ, त्यो बाहेक भारतले मिचेको भनौं वा कूटनीतिक भाषामा सीमा विवाद भनौं, तड्कारो रुपमा हेर्दा २३ जिल्लामा देखिन्छ । दार्चुलाको लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्र कञ्चनपुरको परासन, टनकपुर, आनन्दबजार, लगायत ९ क्षेत्र, कैलालीको लाबोझी भजनीसहितका ४ क्षेत्र, बर्दियाको मूर्तिहा, गुलरियाका ३ क्षेत्र, बाँकेको होलिया, नारायणपुरका २ क्षेत्र, दाङको कोइरालावास, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको मर्चवार, नवलपरासीको सुस्ता, चितवनको बाल्मिकी आश्रम रमणिचौर क्षेत्र, पर्साको ठोरी, बाराको चमारटोलाका २ क्षेत्र, रौटहटको जमुनानगर, सर्लाहीको संग्रामपुर, महोत्तरीको सिसवा, कटैयाका २ क्षेत्र, सिराहको टाँडीका २ क्षेत्र, सप्तरीको गोबरगाडा, लालपट्टीसहितका ७ क्षेत्र, सुनसरीको हरिहरपुर, शिवगञ्ज, मोरङको बुद्धनगर, झापाको मेचीनदी तीय ८ क्षेत्र, इलामको पशुपतिनगरका ४ क्षेत्र, पाँचथरको चिबाभञ्ज्याङका २ क्षेत्र, ताप्लेजुङका तुम्लिङ बस्तीसमेत ४ क्षेत्र रहेका छन् ।
त्यसो त भारतले ६० हजार हेक्टर जमीन मिच्दा उत्तरी छिमेकी चीनले ३६ हेक्टर भूभाग मिचेको प्रकाशमा आएको छ ।  चीनले संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमाक्षेत्र मिचेको देखिन्छ भन्छन् जानकारहरु । यसमा आधिकारिता छैन भन्छन्– इतिहासविद डा.सुरेन्द्र केसी । चीनसँग कुनै विवाद नैनरहेको उनको ठहर बयान छ, जुन युट्युवमा पढ्न सकिन्छ । भारतसँग जोडिने २६ जिल्लामध्ये २३ जिल्लामा सीमाविवाद छ । अवस्था कस्तोसम्म पुगिसक्यो भने राती सुत्दा नेपाली भएर सुतेका मान्छे भोलिपल्ट उठ्दा भारतीय भइसकेका हुन्छन् ।
लापूर्जा नेपालको छ, तिरो नेपालमा तिर्छन्, खटनपटन भारतीय प्रशासनको चल्छ । बोल्ने कसले ? भारतले हालै प्रकाशमा ल्याएको राजनीतिक नक्शमा नेपालको कालापानी, लिपुलेकलगायतका क्षेत्र खुलेआम भारतीभित्र पारेपछि नेपालको चिसो राजनीति र मौसम तातेको छ । राष्ट्रभक्त नेपाली जनता सडकमा उत्रिएका छन् । के हिमाल, के पहाड, के तराई, सबैतिर भारतको ज्यादतिको बिरोध भइरहेको छ ।
यता सरकार सर्वदलीय वैठकमा समय बिताइरहेको छ । सर्वदलीय बैठकले कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओली त्यता लागेका छन् । तर मारतले नेपालको कुरा सुनिरहेको छैन । प्रधानमन्त्री भन्छन्– भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य, तथ्यांक राखेर सम्झाउने कार्य गरेर आफ्नो भूभाग फिर्ता लिन्छौं । तर पनि मधेशका नेताजीहरुको बोली प्रष्ट नफुट्दा धेरैले संशय गरेका छन् । हुन पनि मधेशवादीहरु स्वार्थमा ढुलमुलिन्छन् ।
सर्वदलीय बैठकमा पुगेका महन्थ ठाकुरले कालापानीको समस्या पुरानो भएको जिकिर गर्दै कूटनीतिक माध्यमबाट वार्ता गर्नुपर्ने मात्र नरम कुरा गरे । अतिक्रमित क्षेत्र हाम्रो हो भन्ने दावी गरेनन् । तराईका जनताले देशभक्ति देखाइरहदा मधेशका नेताहरुले जनतालेजस्तो देशभक्ति नदेखाउनु दुःखद दृश्य हो । यसकारण सबै एकढिक्का भएका छन् भन्न मिल्ने अवस्था छैन । नेपाली नागरिकले सबैखाले नेताहरुलाई दबाब दिन जरुरी देखिन्छ ।
जसरी सदियाँैं पुरानो अयोध्याको राम मन्दिर बिबाद छ, भाजपा सरकारको समयमा नैहिन्दु पक्षमा गएर समाधान भयो । ठिक त्यसैगरी नेपाल भारतवीचको करिव ७० वर्ष पुरानो योकालापानीलगायतको नेपाली भूभागको समस्या यसै समयमा समाधान गर्न जरुरी छ । प्रधानमन्त्री ओली भारतजस्तो अतिक्रमणकारीलाई फकाएर त्यो क्षेत्र फिर्ता लिनुपर्छ भन्ने रहेको देखिन्छ । तर १८ मध्ये १७ स्थानको भारतीय मिसन फिर्ता गर्ने कीर्तिनिधि विष्टजत्तिको हिम्मत ओलीमा देखिन्न ।
तथापि भारतीय दूतावास घेरेर, ज्ञापनपत्र दिएर, सिंगो नेपालभरि बिरोध जुलुस निकाले दिल्लीको निद हराम गरिदिने र राष्ट्रसंघमा आवद्ध सबै विश्वजगतलाई नेपालमाथि अन्याय भयो भन्न नेपाली सफल भएका छन् । नेपाली जनतामा देखिएको जस्तो देशभक्ति राजनीतिक बृत्तमा नदेखिनु दुर्भाग्य हो । लोकतन्त्रको असफलता पनि हो । जनतामा देखिएको यही जागरुकताले देश बचाउने छ । नेताहरु जनतासँग मिलेर अघि बढ्दैनन्, जनआवाज सुन्दैनन् भने यिनीहरु किनारा लाग्ने पक्का छ ।
जनता तातेका छन् । तातेकै बेलामा हो फलामलाई हतियार बनाउने । नेपाली जनताले अव अतिक्रमण सहदैनन् । नेताहरुलाई चेतना होस् र राष्ट्रका लागि गर्नुपर्ने कर्तव्य पूरा गरुन्, जवाफदेहीता लिउन् । होइन भने देश संकटमा पार्ने यो लोकतन्त्रको अन्त्य जरुरी हुनेछ ।
लोकको कल्याण गर्न नसक्ने, लोक शोषणमा पर्ने र देशलाई नै संकटमा पार्ने हथित लोकतन्त्र किन चाहियो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper