banner
banner

आत्मबृतान्तको ऐनामा नेपाल–भारत सम्बन्ध

स्वयम्भुनाथ कार्की -
वर्तमान नेपाल भारतको सम्वन्धको सुरुवात गर्ने वा जग वसाउने काम आधुनिक भारतका प्रथम हर्ताकर्ता प्रधानमन्त्री नेहरु र एकसय चार बर्षे जहानियाँ शासन विरुद्ध संघर्षको नेतृत्व गरेर नेपालको प्रमुख स्थानमा पुग्न सफल भएका वीपीबाट नै भएको थियो । त्यसैले वर्तमानमा भएको नेपाल भारत सम्वन्धमा वीपी–नेहरु सम्वन्धले धेरै असर पारेको छ वा त्यो सम्वन्धको छाँया प्रष्ट रुपमा देखा परेको छ । वीपी प्रधानमन्त्री हुँदा जव चीन भ्रमणको निम्तो पाए भारतिय राजदूत ‘भारतको साथमा यस्तो राम्रो विषेश सम्वन्ध छ । पहिले त्यहाँ नगई अर्को ठाउँमा जानु हुन्छ, यो त राम्रो हुँदैन । पहिले हाम्रोमा आउनुपर्छ’ भन्न आयो र १९६०को २६ जनवरीको कार्यक्रमा भारत भ्रमणको निम्तो थमाएर गयो । त्यसैले वीपीले पहिलो औपचारिक भ्रमण भारतको गरे । यो कुरा उनले परिच्छेद ४९मा उल्लेख गरका छन् । यही कुराको निरन्तरता माओवादीका प्रचण्ड नेपालको प्रधानमन्त्री भएको वेला पनि दोहरिएको छ ।
वनारसको अस्सी घाटमा भएको गान्धीको सभामा म सरकारी स्कुल जान्न भनेर घोषणा गर्दा वीपी सातआठ बर्षका थिए । वीपीलाई मञ्चमा लगेर माला लगाई दिने नेहरु थिए । जतिखेर विपी बालक नै थिए नेहरु भारतको स्वतन्त्रता आन्दोलनमा प्रमुख स्थानमा थिए । समाजवादी आन्दोलनमा लोहिया तथा जयप्रकाशसंग घनिष्ट नभएको भए वीपीको र नेहरुको सम्वन्ध कस्तो हुने थियो अनुमान नै व्यथ्र्य छ । तर नेहरुसंगको परिचय र सिमित संसर्गले वीपीलाई राणा विरोधी क्रान्तिमा मद्दत पुगेको छ । मोहन शमसेरको कैदबाट लेखेको चिठ्ठी र जयप्रकाश नारायणले पटना अस्पतालबाट नेहरुलाई गरेको फोनले उनको प्राण जोगिएको छ । नेहरुको दवावमा मोहन शमसेर वीपीलाई छोड्न वाध्य भएका छन् । क्रान्तिमा गुप्त मद्दत पनि नेहरुले गरेका छन् तर घनिष्ट हुनबाट रोकेका पनि छन् । 
चाहे दिल्ली सम्झौताको वेला होस् वा वीपी नेपालको पहिलो गृहमन्त्री हुँदा होस् नेहरुको वीपीलाई अन्तरंग सहयोग भएको छ । मन्त्रीमण्डलमा यस्ता राख्नु पर्छ, यो यो मन्त्रालय लिनु पर्दछ भन्ने जस्ता अन्तरंग कुरामा नेहरुको चासो हस्तक्षेप वा आन्तिरिक मामिलामा चासो भन्नेतिर वीपीको ध्यान नै जान नसक्ने परिस्थिति वनाउनु नेहरुको कुटनैतिक कुशलता हो । जो नेहरु र वीपीको सामाजिक, आर्थिक, राजनैतिक पृष्टभूमिको फरकले सम्भव भयो । तैपनी वीपीले आपत्तिजनक लागेको कुराहरुमा आफुमाथि नेहरु हावी हुन दिएनन । प्रशासनिक संरचनाको जग वसाल्न गृहमन्त्रीलाई भारत कै दक्ष व्यक्ति पठाएर नेहरुले सहयोग गरे । क्रान्ति नायक रहुन्जेल वीपीले नेहरुको अन्तरंग सहयोग आफु प्रतिको सद्भाव बुझे बुझेनन् भन्दा पनि सरकारमा सामेल भई सके पछि त्यसलाई सद्भावको रुपमा लिन सकेनन् । आफुमाथि हावी हुन खोजेको प्रष्ट देखे र त्यसको सक्दो प्रतिकार पनि गरे ।
राणा र कांग्रेसको संयुक्त सरकार कोही एकले राजिनामा दिए पछि ढल्थ्यो, नेहरु यो सरकार नढलोस् भन्ने चहान्थे । जव गोर्खादलको आफुमाथि ज्यानै लिने किसिमको आक्रमण भयो वीपीले थप यो सरकार चल्न उपयुक्त देखेनन् । राजाको सामुन्ने मोहन शमसेरलाई राजिनामा गर्ने विवश भैm तुल्याए । तर यो राजिनामा नेहरुले सिपीएन सिन्हा पठाएर रोकिदिए । त्यस पछि वीपीलाई दवाव दिन मोहन शमसेरलाई नेहरुले काखी च्यापे । परिच्छेद ३६मा दिल्लीमा मोहन शमसेरलाई ‘मैले पनि लेक्चर सुन्नुपर्ने, तपाईले पनि लेक्चर सुन्नुपर्ने । हामीहरुमा जे मतभेद छ, ल हिड्नुस काठमाण्डु’ भन्दा माहन शमसेरले टिमुरिएर ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ भनेको प्रसंग नै नेहरुले मोहन शमसेरलाई काखी च्यापेको प्रमाण हो । 
वीपीले पनि भरसक भारतीय राजनीतिमा आफ्नो असर देखाउन खोजेको भान परिच्छेद ३७ मा पाईन्छ । १९५२ को पहिलो भारतीय आम चुनावमा सोसलिष्टहरुलाई रञ्जना सिनेमा हलको बालकृष्ण साहुबाट एक लाख रुपैयाँ लिएर सहयोग गरे । भैरहवाबाट धान निकासीको लाईसेन्स पाएका बालकृष्णलाई सात लाखको फाईदा भएको थियो । यो कुरा नेहरुले थाहा पाए । सोसलिष्टहरुलाई यो मात्र सहयोग थिएन, बोर्डरतिरका नेपाली कांग्रेसका मान्छेहरुले पनि पैसा उठाएर दिदै थिएँ ।’ यसरी नेपाल भारतको अनौठो सम्वन्धको शुरुवात भयो ।
नेहरुले आफ्नो किसिमबाट वीपीलाई प्रयोग गर्ने कोशिस गरे भने उनकी छोरी ईन्दिरा गान्धी पनि यो प्रयत्नमा पछि रहिनन । वीपीलाई पञ्चायत विरुद्ध क्रान्ति गर्न ‘र’ मार्पmत हतियार वेचेर अनि ती हतियार जयप्रकाशको सिफारिसमा वंगलादेश पठाएर । परिच्छेद ६६मा वीपी आफुलाई हतियार वेच्ने ‘र’ को भएको र त्यस वेला थाहा नपाएको कुरा व्यक्त गर्दछन ।‘ मलाई त्यसबाट चिसो पर्नुपर्ने नि । हथियारको तस्करी गर्नेमात्र भए त त्यहा नगद पाई रहेको थियो ।’ नेपालमा सत्ता परिवर्तन गराउन भारतको हमेशा रुची रहेको र नेपाली नेताहरुमा आङ्खनो ससानो आन्तरिक समस्याको समाधान पनि भारतमा नै खोज्ने प्रवृति रहेको नेपाल भारत सम्वन्ध शायद वीपीको अभिष्ट थिएन तर त्यस्तै भई दिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper