banner
banner

पूर्वराजाको चेतावनीले तहल्का

काठमाडौं । भाइटीका लगाएपछि सञ्चारमाध्यममा कुरा गर्दै पूर्वराजाले शान्ति र प्रगति नभएकाले परिवर्तनकारीलाई अप्ठेरो पर्नसक्छ भन्ने चेतावनी दिएपछि राजनीतिक बृत्तमा ठूलै तहल्का मच्चिएको देखिन्छ । सबैको प्रश्न छ– यो चेतावनीको संकेत के हो ?
पूर्वराजाले भनेका छन्– कुनै पनि परिवर्तन हुँदा दुईवटा महत्वपूर्ण कुरा हुनैपर्छ– प्रगति र विकास । यो दुईवटा कुरालाई बुझिएन भने परिवर्तनको माने हुँदैन । परिवर्तनकारीलाई नै अप्ठेरो पर्न सक्छ । ..लक्ष्मी पुजामा ...मैले धन हुनेलाई मन होस् र मन हुनेले नेपालीपन पाओस् भन्ने कामना गरेको छु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper