banner
banner

राप्रपाले कांग्रेस गुहा¥यो

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्रको मुद्दामा नेपाली कांग्रेससँग सहकार्य गर्छौं भनेर कांग्रेसलाई गुहार लगाएका छन् । थापाले राप्रपाको अडान स्पष्ट पार्दै भनेका छन्– धर्र्मिनरपेक्षताको ठाउँमा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र, गणतन्त्रको ठाउँमा राजसंस्थासहितको लोकतन्त्र, संघीयताको ठाउँमा केन्द्रमा बलियो सरकार र स्थानीय तहमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्छ ।
हामीले प्रस्तुत गरेको विकल्प प्रतिगमन होइन, पुरानो व्यवस्थामा फर्किने भन्ने पनिहोइन । यो सबैलाई चित्त बुझ्ने मध्यमार्गी प्रस्ताव हो ।
अध्यक्ष थापाले बिबाद रहेको, बिबाद चुलिएको विषयमा कू, विद्रोहबाट आउने परिवर्तन टिकाउ हुन्न, आवश्यक परि जनमत संग्रह हुनसक्छ भन्दै राजसंस्था भूराजनीतिक बाध्यता हो । यो बाध्यताको पुर्नस्थापनाले शान्ति, स्थिरताकायम गर्ने वातावरणको निर्माण गर्छ भन्ने स्पष्ट पारेका छ्न् ।
नेपाली कांग्रेसभित्र हिन्दुत्वको मामिला सबैभन्दा ठूलो आवाजमा घन्किरहेको छ । यही कुरामा स्पष्ट हुन नसक्दा आमनिर्वाचन हारिएको निष्कर्ष पनि निकालिएको छ । महाधिवेशनमा पनि हिन्दुराष्ट्र नै प्रमुख मुद्दा बन्नेवाला छ । वीपीलाई आदर्श मानिसकेको राप्रपाको गुहार कांग्रेसले सुन्ला त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper