banner
banner

जनतालाई धेरै नहेपौं

शाश्वत शर्मा -
कात्तिक १२ गते बहिनी शोभा राज्यलक्ष्मी शाहीको हातबाट भाइटीका ग्रहण गरेपछि पत्रकारहरुसाग कुरा गर्दै पूर्वराजा ज्ञानेन्द्रले जे बोले, त्यो बोलीले राजनीतिक बृत्तमा भुइँचालो न्ै ल्याइदियो ।
आफूले दशैंको अवसरमा दिएको सन्देश मनन गर्न आग्रह गर्दै जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुइटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास । यी दुई कुरालाइृ मनन गरेर बुझ्ेन भने परिवर्तनको माने हुँदैन । परिवर्तनकारलिाई अप्ठेरो पर्न सक्छ । पूर्वराजाको यो अभिव्यक्ति अर्थपूर्ण छ ।
परिवर्तनकारीले जनआन्दोलनलाई ११ बुँदे सहमतिमा अन्त्य गर्दा जुन सहमति गरेका थिए, त्यस अनुसारको व्यवहारमात्रै होइन कि सहमति अनुसारको संविधान पनि निर्माण भएन, एकलौटी ढंगबाट बलमिच्याइपूर्वक राजतन्त्रलाई नयाँ संविधानमा कुनै स्थान दिइएन । त्यसैको फलस्वरुप आज मुलुक अधोगतितिर, अन्यौलग्रस्त भइरहेको छ । फेरि पनि भन्नैपर्छ, जसरी हिजो पञ्चायतकालमा राजनीतिक दलहरुलाई स्थान दिइएन, जसरी ०४६ सालपछि पुर्नस्थापित प्रजातन्त्रमा माओवादीलाइृ कुनै स्थान दिइएन, ती संविधानहरु असफल भएर समाप्त भए । ठीक त्यसैगरी ०७२ को संविधानमा पनि नेपालको एकताको प्रतीकलाई स्थान नदिएकै कारण समाप्तितिर उन्मुख छ ।
दुई तिहाइको दम्भका साथ सत्तामा नेकपा मुलुकलाई कम्युनिष्टमय बनाउन लागिपरेको आरोप प्रमुख प्रतिपक्षीको छ भने संसदमा केही गर्न सक्ने भनेर देखिएका राजपा र संघीय समाजवादी पार्टी भोटको राजनीतिका कारणवर्तमान संविधानमा आफ्नो अनुकूल संशोधन गर्नका लागि आतुर छन् । सत्तारुढ दल र सरकारलाई नत्थीलगाउन र वर्तमान संविधानकै ढाँचा अनुरुप सरकारलाई डो¥याउन खोजे पनि सबैखाले विपक्षीहरु असफल देखिएका छन् ।
राष्ट्रपति उपराष्ट्रपतिदेखि लिएर संघीय संसदमा सभामुख र उपसभामुखसम्म सत्तारुढ पार्टीकै कोटामा परेपछि सरारले जेमन्त गर्नु स्वभाविक पनि हो । तर लगाम लगाउन विपक्षीहरु सफल भएनन् । एकदलीय तानाशाहीतिर मुलुक बढ्यो । बिरोधीहरुलाई फसाउने् र आफ्नाहरुलाई पाँच खत माफ गर्ने कार्य हुनथाल्यो । कतिसम्म भयो भने दिनदिनै डायलाइसिस गर्नुपर्ने व्यक्तिले प्रधानमन्त्रीको पदबाट राजीनामा निदईकन पदमै बसिरहन मिल्ने भयो । राष्ट्रका लागि मानसिक र शारीरिक रुपमै क्रियाशील रहनुपर्ने प्रधानमन्त्री डायलायसिस र आराम गरेर मुलुक हाँक्न थाले । पार्टी कस्तो, कोही चुँइक्क नबोल्ने । निर्णय गर्न नसक्ने । यो त अधिनायकत्व भएन र ? अन्तिम अवस्थामा पनि पद नछाड्ने प्रवृत्ति तानाशाही नै हो ।
हो, यसअघि गिरिजाप्रसाद कोइरालाले अक्सिजन मास्क लगाएरै कार्यवाहक राष्ट्रपति, प्रधानमन्त्री चलाएका हुन् । पदका भोका कांग्रेस, कम्युनिष्ट दुबैतिर छन् । पद्धतिलाई गाईजात्रे बनाएपछि कसको के लाग्छ ? पार्टीले मुलुक कव्जा गर्ने प्रवृत्ति प्रगति र शान्तिका लागि घातक छ ।
यसैवीच अन्तरपार्टी र विपक्षी पार्टी दुबैतिर मन नपरेका नेताहरुलाई एउटा एउटा आरोप लगाएर थान्को लगाउने प्रवृत्ति पनि विकास भइरहेको छ । रिसइवी साध्ने मौकापरस्तहरु पनि देखिएा छन् । आफ्ना मान्छे हुन् भने वालुवाटारको जग्गा माफियाकरण गर्ने हुन् कि वाइडबडीमा कमिशन खाने, सुनकाण्डमा फसेका हुन् कि बलात्कार हतयाकाण्डमा, तिनलाई जोगाउने र अरुलाई दण्डित गर्ने गजबको विधि देखिन थालेका छ ।
मुलुकमा स्थायी एकताको प्रतीक र अभिभावक छैन । यहीकारणले पनि राजनीति बाइफाले बन्दै गएको हो । जता पनि राजनीतिकरण गरिएपछि नेतृत्व मनलागीतन्त्रमा उत्रने नै भयो । भाँडभैलो नतिजा यही हो । सबैलाई समेट्ने भन्ने सोच नै छैन आजको नेतृत्व बर्गमा ।
जनता सहनशील छन्, यसको अर्थ जनतालाई सधैं भ्रमित पार्न सकिन्छ भन्ने नेतृत्वको सोच गलत छ । जनताले सडकमा उत्रिएर हिसावकिताव माँग्ने दिन पनि आउनसक्छ । त्यो दिन नआउँदै नेतृत्व सचेत भइदिनु उचित हुनेछ । यसकालागि नेतृत्वले सबै राजनीतिक शक्तिहरुलाई स्पेस दिएर एकताका साथ मुलुकको प्रगतिमा लाग्नु उचित हुनेछ । अहंकारले पुग्ने अँगारमै हो । जनताले शान्ति र सुशासन, प्रगति र खुशी खोजेका हुन् । यसका लागि जनताले पटक पटक मौका दिएका छन् । जनताको कुरा नसुन्ने हो भने जनताले कसैलाई बाँकी राख्लान् र ?
जनतालाई धेरै नहेपौं, जनआवाज सुनौं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper