banner
banner

नेपाललाई काश्मिर बनाउने साजिस

दंगा भड्काउन र धार्मिक हिंसा चर्काउन कपिलवस्तुमा हिन्दु मुस्लिमवीच जुन प्रकारको योजना थियो, एकजना भारतीयको मृत्यमै ट¥यो । यो मृत्यु पनि हुनुहुन्थेन, तर धार्मिक उन्मादीहरु उम्लिएपछि के लाग्छ ? प्रशासनले कफ्र्यू लगायो, कफ्र्यूसमेत तोड्ने प्रयास हुँदा यो दुःखद घटना घट्यो ।
मुस्लिम हिन्दु भिडनत चर्काउन भारतीयहरुसमेत आएका थिए । तर, नेपाली भूमिमा ठूलो धार्मिक हिंसा गराउने तत्व विफल हुँदै आएको छ ।
यस मामिलामा विश्लेषक चित्रबहादुर केसीले भारतीय हस्तक्षेपको विरोध नगरे नेपालले काश्मिरको अवस्था भोग्नुपर्ने चेतावनी दिएका छन् । यस्तै गराएर ठूलो रक्तपात गराउन खोज्ने उपेन्द्र यादव यतिबेला उपप्रधानमन्त्री छन् । त्यतिबेला पनि जनस्तर र प्रशासनको प्रयासमा हिंसा भड्किनबाट रोकिएको थियो ।
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष हुन् चित्र बहादुर केसी । उनले भारतीय हस्तक्षेपको विरोध नगरे नेपालले जम्मु कश्मिरको अवस्था भोग्नु पर्ने चेतावनी दिएका छन् ।  स्वतन्त्र सिक्किम, जम्मुकाश्मिर लगायतका भूभाग भारतले प्रान्त बनाइसक्यो, नेपालले पनि हस्तक्षेपको विरोध नगरे त्यस्तै नियति भोग्नुपर्ने दिन धेरै टाढा छैन ।
अध्यक्ष केसी यस्तै जागरण लिएर मोर्चाको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान चलाइरहेका छन् । बागलुङबाट उनले भारतीय हस्तक्षेप बढेकोमा चिन्ता व्यक्त गरे ।
अध्यक्ष केसीको आरोप छ– केही वर्ष पहिलेसम्म भारत नेपालका केही व्यक्तिलाई मात्र हात लिएर हस्तक्षेप गर्ने गरेकोमा अहिले दल नै खडा गरेर हस्तक्षेप बढाएको छ । नेपालको कालापानीमा भारतीय सेना राखेको छ । सुस्ता लगायतका ६० हजार हेक्टर नेपाली भूमि भारतले हडपेको छ । तर, सरकारले यति कहालीलाग्दो विदेशी हस्तक्षेपविरुद्ध नबोल्नु लज्जा र आपत्तिजनक हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper