banner
banner

थानकोट हेटौंडा सुरुङमार्ग हरायो

काठमाडौं– २०१६ मा सम्पन्न हुनुपर्ने ५८ किलोमिटरको थानकोट, कुलेखानी, हेटौंडा सुरुङमार्ग २०१९ सकिन लाग्दा प्रधानमन्त्रीको मुखबाट बल्ल यसको नाम आयो ।
थानकोट नौबिसे सुरुङ (सिस्ने खोला) उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी ओलीले त्यहींबाट भनेका छन्– अव थानकोटबाट सिधै हेटौंडा सुरुङ मार्ग । यो सुरुङमार्ग बन्ने नबन्ने कुनै थर ठेगाना केही पनि छैन ।
थानकोट हेटौंडा सुरुङ मार्गले फाइदै फाइदा दिन्छ भनेर आमनागरिकले घरखेत, गाईबाख्रा बेचेर लगानी गरे । २७ करोड खर्च भयो, म्याद सकियो, काम सुरु नै भएन । यसका हर्ताकर्ता थिए नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी । उनीपछि एनआरएनएका अध्यक्ष भवन भट्ट आए । तैपनि कसैले यो सुरुङ मार्ग बनाउनतिर ध्यान दिएनन् ।
आमनागरिकको लगानीमा व्यापक भ्रष्टाचार भयो, भइनै रह्यो ।
नयाँ सञ्चालक आएका छन्, प्रवक्ता बनेका भीमार्जुन अधिकारीले सरकारसँग म्याद थप गरिदिन आग्रह पत्र लेखेर राजनीतिक दबाब दिइरहेको खुलासा भएको छ । यो कम्पनी अहिले पनि आफन्तलाई भर्ति गर्ने, सदस्य हेरफेर गरिरहने  काममै व्यस्त छ । जनताको लगानी सुरक्षित गर्ने आधार सरकारले खोजबिन गर्न सकेको छैन । कागजी घोडा खुब दौडेको छ, भ्रष्टाचार भइनै रहेको छ ।
भ्रष्टाचारको उदाहरण बनेको छ काठमाडौं– हेटौंडा सुरुङ मार्ग । भ्रष्टाचारबाट तर्सेर ९ करोड लगानीकर्ता एनआरएन भवन भट्ट समेत सञ्चालकबाट हटेका छन् र लालकृष्ण केसी अध्यक्ष बनेको खबरपछि यो आयोजना कागजमा सिमित हुनपुगेको छ । ०६९ मा गठन गरिएको कम्पनीले कागजमा मात्र देखिन्छ ।
कुशकुमार जोशी अध्यक्ष बनेर आफूले लगानी गरेको ३० लाखको दशौंगुणा उठाएर गए । मन्त्री विक्रम पाण्डेको १० लाख, जयराम लामिछाने, प्रदीपजंग पाण्डे र सकुन्तला हिराचनको १०–१० लाख फसेको छ । यी सबे अरवपति हुन् । चिन्ता हेटौडा–थानकोट क्षेत्रका आमनागरिकको हो । जसले आफ्नो पेट काटेर सानो सानो लगानी गरे । गरीवको लगानीको जिम्मा सरकारले लिनुपर्छ र यो आयोजनामा भएको भ्रष्टाचारीमाथि कारवाही हुनुपर्छ भन्छन् आमनागरिक ।
यो आयोजना नबन्ने भए सरकारले जनताको पैसा फिर्ता गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper