banner
banner

२३ राष्ट्रमा नेपाली बैज्ञानिक फस्ट

काठमाडौं । ‘आठौँ एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्ररेन्स’मा सहभागी २३ राष्ट्रका युाव वैज्ञानिकहरुलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकले बाजी मारेका छन् । स्वर्णपदकसहित तीन पदक जितेर नेपाललाई गौरवान्वित पारेका छन् ।
यो प्रतियोगिता रुसमा भएको थियो । नेपालका तर्फबाट सहभागी ९ मध्ये साउथ वेस्टर्न स्टेट लेज बसुन्धराका स्वराज सागर प्रधानले स्वर्णपदक जिते ।
स्वराज प्रधानले ‘युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पिड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस’ विषयमा प्रस्तुती दिएका थिए । यसैगरी अस्मिता स्कूलकी दीक्षा सञ्जेल र काठमाडौं मोडल कलेजका ऋषिकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका थिए । युवाहरुले मौका पाउँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि आफ्नो प्रतिभा देखाउन सक्ने रहेछन् । राष्ट्रिय स्तरको प्रतियोगिता गराएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने नेपाल पोलिमर इन्स्टिच्यूट धन्य छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper