banner
banner

वामदेव भन्छन्– प्रचण्ड प्रधानमन्त्री

नेकपाका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख वामदेवगौतमले सरकार सञ्चालन आलोपालको सहमति भएकै हो भन्ने खुलासा गरेर मन्त्रिमण्डल पुनर्गठन कि प्रधानमन्त्री परिवर्तन भन्ने नयाँ बहस सुरु गरिदिएका छन् ।
वामदेवले सरकार गठन र पार्टी एकताका बेलामा प्रचण्ड र ओलीवीच आलोपालो सहमति भएकै हो । ओलीपछि अव प्रचण्ड प्रधानमन्त्री बन्नेछन् भनेपछि नेकपाभित्र नयाँ सरगर्मी सुरु भएको छ । पछिल्लो समय ओली र वामदेववीच घनिष्ट सम्बन्ध देखिने गरेको छ । वामदेवबाटै यस्तो खुलासा भएपछि साँढे २ वर्ष सत्ता सञ्चालन गर्दे रहेका ओलीे केही महिनामै प्रचण्डका लागि प्रधानमन्त्री पद छाड्नुपर्ने अवस्था विकसित हुनथालेको देखिन्छ । प्रचण्ड पनि सत्ता सञ्चालनका लागि हतारिएका र नकारात्मक टिप्पणीप्रति आक्रोसित देखिदै आएका छन् । वामदेवको कथनले प्रचण्डलाई सन्चो दिलाएको हुनुपर्छ ।
राजनीतिक र नेकपा बृत्तमा ओलीको स्वासथ्य र उनको सरकार सञ्चालनमा समीक्षा गरेर अघि बढ्नुपर्ने भनेर आलोचना बढिरहेको बेलामा वामदेवको अभिव्यक्तिले ओलीका लागि ठूलो झट्का हुनसक्ने आँकलन गरिएको छ ।
हुन त दुईपल्ट प्रधानमन्त्री भइसकेका हुन् प्रचण्ड । उनले दुबैपटक सफल प्रधानमन्त्रीत्वकालको अनुभूति गर्न दिएनन् आमनागरिकलाई । जनयुद्धबाट खारिएर आएका नेता हुन् प्रचण्ड । उनीबाट देशले, जनताले ठूलो आशा र भरोसा राखेका छन् । तर उनी दण्डहीनता र नाताबादमा चुर्लुम्मै डुबेका कारण उनको छवि धुमिल बन्दै गएको छ । अवको कार्यकालको अवसर पाए भने उनले आफ्नो छवि सुधारेर जनतामा परेको भ्रष्टछाप धुन सफल होलान् ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper