banner
banner

अरिंगालको गोलामा हात हाल्ने ?

काठमाडौं । मुखले वार्ता वार्तँ सटेर व्यवहारमा नेकपाका कार्यकर्ता, नेताहरुलाई पक्राउ गर्ने, मुद्दा लगाउने, दमन गर्ने, यातना दिने काम सरकारले गरिरहेको छ । यो कार्य आफैमा अरिंगालको गोलामा हात हालेजस्तो हो ।
यसैवीच दाङको जंगलबाट नेत्रविक्रम चन्दका दाजुसहित २१ जनालाई हतियारसहित पक्राउ गरेर ठूलै उपलव्धि हासिल गरेको प्रचारमा जुटेको छ सरकार ।
यसलाई भन्छन्– सुरालमा सु गरेर न्यानो अनुभूति गर्नु । नेकपाभित्र वीरजंग चन्द, सुवास बाठा, पाटनमात्र छैनन्, अनेक युवाहरु नेकपामा आवद्ध छन् र नेकपा राज्यलँई प्रहार गर्नसक्ने हैसियत राख्छ ।
यसकारण वार्ताको बिकल्प छैन । विप्लवले आफ्ना पक्राउ परेका कार्यकर्ता, नेताको रिहाइ र पार्टीमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्ने हो भने वार्ता हुनसक्ने सन्देश दिइरहेको छ । सरकार भने अहंकारी बनेर पक्राउ र यातना, मुद्दा र सकस दिन अग्रसर भएको छ ।
अहिलेसम्म विप्लव समूहले संगठन बिस्तार र विज्ञप्ति बिद्रोहमात्र गरिरहेको छ । केही बन्दका आह्वान गरेको छ । यसैगरी पेल्दै जाने र वार्ता भनेर बन्दुके नीति सरकारले अख्तियार गर्ने हो भने विप्लवको विद्रोह राज्यविद्रोहमा पुग्नु टाढा हुनेछैन । यसकारण सरकारले निषेध र विभेद छाडेर वार्ता र सहमति खोज्नतिर लाग्नु उचित हुने सुझाव राजनीतिक विश्लेषकहरुले दिइरहेका छन् । सरकार सुनिरहेको छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper