banner
banner

सभापति सिलित्तै चिप्लिए...

धर्मरत्न श्रेष्ठ -
रौतहटमा बम पड्काएर घाइतेलाई इटाभट्टामा जिउँदै खरानी बनाएको १२ वर्षपछि यो काण्डले प्रहरी, प्रशासन, मानवाधिकार आयोगमात्र होइन, मानवइि संवेदनशीलता नभएको जंगलीराजको खुलासा भइरहेको छ । यही घटनामा पोलिएको मुख्य आरोपी नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पक्राउ परेका छन् र उनको बचाउ गर्दै कांग्रेसमाथि कम्युनिष्ट षडयन्त्र भयो भनेर कांग्रेसका सभापति देउवाले बीचबचाउ गर्दा उनी आफै फसेका छन् र कांग्रेसभित्र ठूलै रडाको मच्चिन पुगेको छ ।
यो मुद्दाको बचाउ गरेको होइन भनेर सभापति देउवाले विज्ञप्ति नै निकालेर पानीमाथिको ओभानो बनेपछि योमुद्दा अरु गर्माएको छ । महरा काण्डपछिको यो सनसनी काण्डले अन्तर्राष्ट्रिय समुदायमा समेत नेपाल दण्डहीन र अत्याचारी मुलुकको रुपमा बदनाम हुनपुगेको छ ।
देउवाले १२ वर्षअघिको मुद्दा व्यूँताएर कम्युनिष्ट सरकारले कांग्रेसमाथि प्रहार गरको बताएपछि कांग्रेस विधिको शासन मान्दैन भन्ने अर्थमा आलोचना खेपिरहेको छ । त्यसै पनि आन्तरिक रुपमा गुटमा बिभाजित कांग्रेसमा सभापतिले नै थप धक्का दिएर उपनिर्वाचनको मुखमा कांग्रेस कमजोर हुनपुगेको छ ।
०६४ सालको निर्वाचनमा बुथ कब्जा गर्नका लागि बम पड्काउने आलम थिए, २० जनाभन्दा बढीको नरसंहारको घटना हो यो । यसबारेमा पीडितका परिवारले जाहेरी दिनखोज्दा प्रहरीले लिन मानेन भने मानवाधिकार आयोगले बेवास्ता गरेको खुलेको छ । घटनापछि जिम्मेवारी लिन पुगो १६ एसपीको हालत के हुने हो ? मुतकका परिवारले हुलाकबाट पठाएको जाहेरीमा सर्वोच्च अदालतले आदेश दिएपछि यो जघन्य घटनाले सिंगो मुलुकमा ९ रेक्टरको भूकम्प गएको छ ।
सांसद आलमदेखि प्रहरीसम्म, मानवाधिकार आयोगदेखि बारसम्म, सबै पानीमाथिको ओभानो बन्दैछन्, नेकपाको सरकार पनि प्रश्नचिन्हमा पुगेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper