banner
banner

कांग्रेस झन बदनाम

काठमाडौं । २०६४ साल चैत २७ गते, पहिलो संविधानसभाको निर्वाचनमा बम काण्ड गराएर त्रिलोक प्रताप सिंह र ओसी अख्तर घाइतेमा भएका थिए तर घटना लिक हुने डरले इटाभट्टामा हालेर हत्या गर्ने  महोमद आफताव आलम १२ वर्षपछि प्रहरीको फन्दामा परेका छन् । रौतहट २ बाट निर्वाचित सांसदको फाइल खुल्यो, उनी पक्राउ परे । यो घटना नियोजित हो भन्ने परिवारजनको आरोप यतिबेला आएर प्रमाणित भएको छ ।
बुथ कव्जा गर्नका लागि वातावरण मिलाउन उनले बम बिस्फोट गराएका थिए, त्यो जघन्य अपराध यतिबेला सार्वजनिक हुँदा कांग्रेस झन बदनाम भएको छ । त्यतिबेला प्रहरीले नबुझेको जाहेरी हुलाकबाट पठाइएको थियो ।
अव प्रहरी पनि प्रश्नचिन्हमा परेको छ । जाहेरी किन दर्ता गरिएन ? मुद्दा सर्वोच्च पुगेपछि ०६९ सालमा अनुसन्धान गर्न आदेश भएको थियो, राजनीतिक दबाबले अनुसन्धानको फाइल प्रहरीले तामेलीमा राखेको थियो । यति ठूलो मुद्दामा प्रहरीले आलमलाई पक्राउ गरेन, अनुसनधान गरेन । जब सभामुख महरा काण्ड घट्यो, यसपछि आलम मुद्दाको फाइल खुल्यो र उनी पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper