banner
banner

अव त उठ नारी

देवी काफ्ले -
हामी तराईबासी महिला सकेसम्म छोरी जन्माउन नपरोस् भन्ने चाहान्छौं । जन्मीहाले पनि छोराको तुलनामा पालनपोषण, शिक्षा, स्वास्थ्य सबै कुरा छोरीले पाउंदिनन् । कारण उनी अर्काको घर जानुपर्छ । त्यहाँ घरको सारा कामधन्दा उनैले गर्नुपर्छ । लोग्नेको सेवा, सासु ससुरा, नन्द, आमाजु ,देवर जेठाजु सबैको चित्त बुझाउनु पर्छ त्यसैले उसलाई एउटी असल बुहारी बनाउन कुना मिलाएर कुंद्ने गर्छौं । आफ्नी छोरी एक असल बुहारी बनोस् भन्ने चाहना हामी आमाको मात्र हैन बाबुको पनि हुन्छ ।
हाम्रो तराई ,मधेश दाइजो प्रथाले आक्रान्त छ । अन्धबिश्वासले थिचिएको छ । पुरूषप्रधान मानसिकताले जकडिएको छ । चेतनाको अन्धो भूमरीमा पिल्सिएको छ । हिंसात्मक चपेटामा गुमुर्किएको छ । आखिर बाबाआमाले नै किन जन्माउन चाहन्नन् त छोरी ? 
आफ्नो रगत, आफ्नो शरीरको अंशलाई अरू कसैले तड्पाइ तड्पाइ मार्नु भन्दा त जन्मै नदिनु, उसको अनुहार नै नदेख्नु ठीक मानेर होला  ।
आखिर सात महिनाकी छोरी बलात्कृत हुन्छे । कसरी सहनु बाबा आमाले ? बलात्कार हुन्छ । हत्या हुन्छ  । अलि हुर्केकी छोरी बलात्कृत भै भने समाजले पिडितलाई नै बहिष्कार गर्दिन्छ । हरेक दोष छोरीमाथि लाग्छ ।
जब जवान छोरीको बिहेबारीको बेला हुन्छ अनि बिहेको बजारमा दाइजोसंग उसलाई जोखिन्छ ।
दाइजोको तराजुमा हल्का भै भने उसले अस्वाभाविक रूपमा मृत्युवरण गर्नु पर्छ ।मट्टितेलको ज्वालामा दन्किनु पर्छ या त घांटी थिचिन्छ । दाइजोको ब्यापकता यति धेरै हुन्छ कि छोरी क्रयबिक्रयको सामान हो र जसलाई बिवाहको बजारमा मूल्य घटबढ,तोलमोल गरिन्छ ।
अर्कोतिर युवतीहरूको अर्को भयानक पिडा छ । बिहान स्कुल जान निस्केका नानीहरू सहीसलामत घर आउन नसकेको कैयौं घटनाहरु छ । आफू जस्तो भय पनि मन परेपछी केटीले मन पराओस् नपराओस् जबरजस्ती प्रेम गर्नु पर्ने नत्र एसिड जस्तो भयानक झोलले आरमण गरेर या त मृत्यु बरण गर्नु पर्छ यात चेहरा हेर्नै नसकिने हुन्छ । त्यो पिडा पिडकलाई हुँदैन त्यसैले होला घटना दोहोरी रहन्छन् ।
यी यावत् कारणले सायद तराईका मधेशी मूलका मान्छेहरूमा छोरीको चाह घटेको । छोरी जतिसुकै पढेलेखेकी किन नहोस् घुम्टो प्रथाले ऊ छोपिएकै छ  । गणतन्त्रपछि मात्र एकदुई शिक्षित महिलाहरू आर्थिक उपार्जन कामहरू सम्हाल्न थालेका छन् । राजनैतिक, सामाजिक, आर्थिक रुपमा उनीहरुलाई खासै सहभागी बनाईंदैन । त्यसैले राजनीतिमा खुलेर आउन सकेका छैनन् भने सरकारले तोकेको मापदण्ड पु¥याउन मात्र आरक्षणमा एक दुईजना लगेर थन्क्याइन्छ । यो बिषयमा खुलेर संसदमा छलफल हुनुपर्ने हो ।
महिलाहरू न त आफ्नो खुशीले खुलेर राजनैतिक क्षेत्रमा होम्मिन पाएका छन् न त हातमा सर्र्टीिफकेट बोकेकाले पनि जागिर खान पाएका छन् । उनीहरूको काम कर्तब्य र दायित्व भनेकै परीवारको दासी बन लोग्नेले चाहे अनुसारको दासता स्वीकार गर घरबाहिर नजाउ, बच्चा जन्माउने कारखाना बन बस यही हाम्रो संस्कार हो  ।
पुरूषमा पूर्णतः आश्रित हुनुपर्ने भयर पनि होला आर्थिक र सामाजिक रूपमा निरीह रहन्छन् । उनी आफ्नो क्षमता दक्षता भयर पनि उजागर गर्ने मैदान उपलब्ध छैन  ।अबसर छैन ।
सरकारले साक्षरताका नाममा प्रौढ शिक्षा पढ्न लगाएर गाउँका दुईचार महिलाले आफ्नो नाम लेख्दैमा पूर्ण साक्षर गाउँ नगर घोषणा गर्ने हतार गरेको छ । कैयौं यस्ता तराईका गाउँ छन् जहाँ सरकारले पूर्ण साक्षर गाउँ घोषणा गरेको छ त्यहाँ कैयौं महिलाका लागि कालो अक्षर भैंसी बराबर छ । 
अब ढिला नगरेर आआफ्नो क्षेत्रबाट आवाज बुलन्द गर्नुपर्छ । संसदमा जोडदार रुपमा तराई बासी महिलाका बिषयमा छलफल हुनुपर्छ । हिंसा गर्ने पिडकलाई अपराध अनुसारको कानूनी कारवाही हुनुपर्छ । संबिधान संसोधन गरेर भय पनि बलात्कारी, एसिड आक्रमणकारिलाई घोर सजाय हुनुपर्छ । दाइजो प्रथा पूर्ण रूपमा निस्तेज पारीनु पर्छ । अन्धबिश्वासले महिलाको घोर अपमान गरेको छ । परम्पराका कुरीती हटाएर समयानुकूल सुधार गरौं ।
सबैभन्दा महत्वपूर्ण कुरा त स्त्री र पुरूष दुबै मानव हुन् । राज्यले समान अधिकार तोकेको छ । कसैले कसैलाई पशुवत् ब्यावहार नगरौंैं । जबसम्म तराई मधेशका महिला शिक्षित हुंदैनन् तबसम्म पूर्ण नारी शिक्षित हुने छैनन् । तबसम्म महिला दोस्रो दर्जा मै रहने छन्  ।
सम्पूर्ण महिला सक्षम, शिक्षित हुन तराई मधेश नै अगाडी लाग्नु पर्नेछ । तराई मधेशका महिला जागरूक हुनुपर्छ । जाग छोरीबेटी जाग तराई जाग मधेशी सम्पूर्ण नारी जाति जाग ।
नेपाल र चीन रणनीतिक मार्गमा
काठमाडौं । नेपालले खुलेर चीनको रणनीतिमा साझेदार बनेर अघि बढ्ने निर्णय गरेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको अर्थ छ विज्ञहरुको ।
अवको युग नेपाली युग हुनेछ, मानव समुदायको भाग्य र भविष्य निर्माणको युग, युग परिवर्तन गरेर अघि बढौं । यही निष्कर्ष रह्यो चीनका महामहिम राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको । भ्रमणको सफलता यही हो ।
राष्ट्रपति सीले नेकपालाई सन्देश अर्थात सीपथ सम्झाएका छन्– खुरु खुरु काम गर, भ्रष्टाचार नगर । भ्रष्टाचारीलाई कारवाही गर । देश विकास गर ।
यो भ्रमणमा १८ समझदारी भएका छन् ।
२ लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भउको छ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीका सामु समझदारी भएका हुन् ।
सीमा व्यवस्थापन प्रणालीको विकास गर्ने, प्रशासन संयन्त्रको अभिवृद्धि गर्न सहकार्य गर्ने, अपराधिक मामिलामा पारस्पिरिक कानुनी सहयोगबारे दुबै देशवीच सन्धि, सगरमाथा संरक्षणका लागि दुबै देशवीच सहकार्य गरिने, राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रि विकास तथा सुधार आयोगवीच महत्वपूर्ण लगानी र सहकार्यमा उत्पादक क्षमता बृद्धि गर्ने । चीनको छेन्दुमा महावाणिज्य दूतावास स्थापना गर्ने । नेपालको भौतिक विकास एवम् यातायात मन्त्रालय र चीनको यातायात संस्थावीच सहकार्य गर्ने लगायतका समझदारी भएका छन् । राष्ट्रपति सीले नेपाललाई दिने गिफ्टको पोको किन खुलेन, सुपुर्दगी सन्धि नभएर हो कि? योे चाहिं रह्स्यमय बनेको छ । बिस्तारै बाहिर आउला ।
अभियन्ताको सुझाव
राष्ट्रपति सी आधुनिक चीन र सुशासनयुक्त चीन बनाउने अभियन्ता हुन् । राष्ट्रपति सीले इमानदार बन्न र राम्रो सुझाव दिएर गएका छन् । उनको सुझावको निष्कर्ष भनेको नबिराऊ, नडराउ अनि निश्चिन्त भएर काम गर । भ्रष्टचार नगर, भ्रष्टचारीलाई कारबाही गर अनी देशको बिकास हुन्छ । यति भनिसकेपछि नेपालको समष्ठि नेतृत्व बर्गले यो सुझावलाई मनन गर्लान् ? सीको भनाइको अन्तर्य तिमीहरु अनैतिक छौ भन्नै नै हो । बुझ्नैलाई भारी नबुझ्नेलाई कर्कलाको घारी नहोस् हाम्रा नेताजीहरु ।
र, समाजमा निकै ठूलो चर्चा छ– चीनका राष्ट्रपति सी चिनफिङले नेपालका पूर्वराजालाई सम्झे । उनीजस्तै विश्वासिलो हुनका लागि कूटनीतिक भाषामा नेताहरुलाई संकेत पनि गरे । शान्त कूटनीतिका भनी चीनले सन्देश र सहारा दिएर गएको छ, पैसामात्र स्वीकार्ने कि पहल पनि स्वीकार्ने हो ?
कांग्रेसलाई अर्को जोल्ट
काठमाडौं । २०६४ साल चैत २७ गते, पहिलो संविधानसभाको निर्वाचनमा बम काण्ड गराएर त्रिलोक प्रताप सिंह र ओसी अख्तर घाइतेमा भएका थिए तर घटना लिक हुने डरले इटाभट्टामा हालेर हत्या गर्ने  महोमद आफताव आलम १२ वर्षपछि प्रहरीको फन्दामा परेका छन् । रौतहट २ बाट निर्वाचित सांसदको फाइल खुल्यो, उनी पक्राउ परे । यो घटना नियोजित हो भन्ने परिवारजनको आरोप यतिबेला आएर प्रमाणित भएको छ ।
बुथ कव्जा गर्नका लागि वातावरण मिलाउन उनले बम बिस्फोट गराएका थिए, त्यो जघन्य अपराध यतिबेला सार्वजनिक हु“दा कांग्रेस झन बदनाम भएको छ । त्यतिबेला प्रहरीले नबुझेको जाहेरी हुलाकबाट पठाइएको थियो ।
अव प्रहरी पनि प्रश्नचिन्हमा परेको छ । जाहेरी किन दर्ता गरिएन ? मुद्दा सर्वोच्च पुगेपछि ०६९ सालमा अनुसन्धान गर्न आदेश भएको थियो, राजनीतिक दबाबले अनुसन्धानको फाइल प्रहरीले तामेलीमा राखेको थियो । यति ठूलो मुद्दामा प्रहरीले आलमलाई पक्राउ गरेन, अनुसनधान गरेन । जब सभामुख महरा काण्ड घट्यो, यसपछि आलम मुद्दाको फाइल खुल्यो र उनी पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper