banner
banner

देशको चिन्ता गर्ने कोही भएनन्, किन ?

विष्णुप्रसाद शर्मा -
चीन र अमेरिकावीचको व्यापार युद्ध, भारतको विस्तावादी र इण्डोप्यासिफिक नीतिका कारण नेपाल चेपुवामा छ ।
२०६३ को परिवर्तनलाई धेरै नगिचबाट केलाएर हेर्ने अवसर प्राप्त पंक्तिकार अनायाशै २००७ सालको परिवर्तन, त्यसपछिका घटनाक्रमले नेपाललाई कुन अवस्थामा पु¥यायो त ? यो पनि ऐतिहासिक अहं प्रश्न हो ।
चेतनशील प्राणीका रुपमा मानवलाई अगाडि सारिन्छ । म भन्छु, विवेकशील प्राणी मानिस हुनुपर्दछ । चेतना त सबै प्राणीमा हुन्छ नै, विवेक सबैसँग नहुन पनि सक्दछ, किनकि मानिसको शारीरिक अवस्थालाई सहयोगी रुप दिने जिन फरक हुन्छ । तर, काम गर्ने तरिका लगभग नै एकै हुन्छ । देश के हो त ? निर्जीव माटोमा अरुको जस्तो जीवन्तता नहुने हुँदा निर्जीव भनेरभन्दा कतै गफाडीको पंक्तिमा उभिनु पनि नपर्ला । वास्तवमा देशका लागि काम गर्ने हेतुले ग्रिस, इटाली, फ्रान्स र जर्मनीबाट शुरु हुँदै विश्वलाई प्रवाहित गराउन सफल राजनीतिले नेपाललाई अछुतो बनेर बस्न दिएन । 
ढुङ्गा–माटोको समिश्रणबाट सूर्यको परिक्रमाको ताप र रापले अस्तित्वको ठूलो जिम्मेवारी सम्हाल्दै भीमकाय अवस्थामा लमतन्न विस्तारामाथि लम्पसार परेर मार्ने वा बचाउने दोसाँधमा ठिङ्ग उभिएकी नेपाल आमा हामी सबैकी आमामध्येकी एक असल पवित्रताले भरिपूर्ण रहेकी माता नेपाल आमालाई धराशायी बनाउँदै समय–काललाई सकेसम्म कोही–कसैको निजी स्वार्थमा होइन, निःस्वार्थ सबैप्रकारका आफ्ना सन्ततिहरूको मायामोहकै जञ्जालमा भावुक उभिनुपर्ने बाध्यात्मक  निर्जीवताको सम्मानार्थ सबै नेपालीहरूले बुझ्नैपर्ने हो । तर, नेपाललाई राजनीतिक अवस्थाले माथिल्लो श्रेणीमा पु¥याउने हेतुले २००७ सालअघिदेखि २०७६ सालको अवस्थासम्मलाई केलाउँदा र शासन सत्ताको भागिदारी र जिम्मेवारीसमेतलाई केलाई–कुलाई गर्दा राष्ट्र हितमा भन्दा पराधिनताको हितमा क्रियाशील भएको प्रमाणित भइसक्दा पनि आमनेपाली जनताले पहिचान गर्न चुकेका छन् ?
राष्ट्र–राष्ट्रियता र स्वाधिनताको मूलमन्त्र राजनीतिको चुरो जग हो र त्यसको रक्षार्थ दरिलो भार बोक्नुपर्ने भएकै कारण अरु नीतिभन्दा राजनीति उत्कृष्ठ भनेर विश्वले मान्यता दिएको हो र आ–आफ्ना राष्ट्र रक्षार्थको मापदण्ड बनाएरै सबै शक्तिलाई सन्तुलन बनाउन सक्नेलाई राजनेताको हैसियतमा उभ्याउने गरिएको हो । देश एउटा सबै किसिमको समसामयिक परिस्थितिलाई समेत बुझेर–बुझाएर अन्तर्राष्ट्रिय परिस्थितिको मापदण्डभित्र रहेर सबैको नजर र समय–परिस्थिलाई अनुकूलता मिलाएर सञ्चालन हुनुपर्ने मान्यताभित्रबाट जीवित र जीवन्त प्रतिनिधित्व प्रदान गर्न सक्ने संगठनका रुपमा लिनुपर्दछ । २००७ सालमा नेपाल एउटा प्रजातान्त्रिक मुलुकका रुपमा रुपान्तरण भई विश्वले मान्यता प्रदान गरेको राष्ट्र हो । दक्षिणपरस्त भई काम गर्ने कम्युनिष्ट र नेपाली कांग्रेसले नेपालको छुट्टै स्वतन्त्रता कायम रहेको छ भनेर कहिल्यै पनि बुझेर काम गर्न चाहेनन् । राजनेता हुने, उत्पादन गर्ने काम पनि गरेका छैनन् र देशका बारेमा गम्भीर बनेको पनि पाइएको छैन भने जनताले उनीहरूको अस्तित्वलाई स्वीकार गर्नु गलत सावित भइसकेको छ । 
देश कर्म थलो, धर्म थलो र पहिचान दिलाउने अस्तित्वदायी निर्जीव वस्तु हो । नेपालमा उत्पादित कम्युनिष्ट अरुले भनेको सुनेर, किताबले बोलेको हेरेर र अरुले गर भनेर सिकाइदिएपछि मात्रै कम्युनिष्ट हौं भनेर हुँकार गर्ने जन्तु हो, यसले वाद–प्रतिवाद र सम्वाद के हो भनेरसम्म पनि बुझेको छ जस्तो लाग्दैन । राजसंस्था र शाहवंशीय राजा नेपाल के हो र यसभित्र रहेको शक्ति र प्रकृतिले छाडेको अथाह सम्पदा धर्म–संस्कृति र पौरस्त्य संस्कारले मात्रै मानव रक्षाको नेतृत्व गर्दछ भनेर जानेको, बुझेको र त्यसको संरक्षण गरेमा मात्रै चराचर जगत् रहन्छ र सम्पूर्ण प्राणीको रक्षा धर्मले मात्रै गर्न सक्दछ भनेर बुझेका र त्यसलाई संरक्षण गरिराख्नु पर्दछ भनेर अडिग रहेको शक्ति हो । देशलाई कमजोर बनाउनु भनेकै सबै कमजोर बन्नु हो । 
संसारभरका राष्ट्राध्यक्षहरूलाई पहिला आफ्नो देशको बढी चिन्ता रहेको पाइन्छ । नेपालका राजनीतिक दलहरूले आफ्नो देशका लागि नभएर बैरी–फिरङ्गीहरूका लागि काम गरिराखेका छन् । यसको प्रमाण दलहरूको गतिविधि र उनीहरूको प्रस्तुती नै हो । देशका लागि अनगिन्ती प्रयासहरू गर्ने र संयुक्त राष्ट्र संघको सदस्यता लिन भरमग्दुर प्रयास गर्ने, एकीकरण र शान्ति क्षेत्रजस्ता काम गर्दैै नेपाललाई सबैले र विकासको बाटोतिर डो¥याउने तिनै राष्ट्रध्वनी पृथ्वीनारायण शाहका सन्ततिहरू शाहवंशीय राजा नै थिए, छन् र रहन्छन् । 
देश जोगाउनु, घरलाई सुन्दर बनाएर राख्नु र त्यसभित्रबाट प्राप्त हुने फलका अनेकन स्वादाकन गर्नु राजनेताले नै हो । देश जोगाउने भूमिका राजाहरूकै उल्लेखनीय रहेको कुरालाई ४६ देखि ७६ सम्मको राजनीतिक यात्राले नै प्रष्ट र प्रभावकारी गराइदिइसकेको अवस्थालाई नकारेर पनि सकिंदैन र समयले यस कुरालाई प्रमाणित गरिदिइसकेको छ । केवल यसलाई जनताले बुझेर काम गर्दै प्रमाणिक गराउनमात्रै बाँकी रहेको छ र यसको प्रतिफल पनि सजिलै प्राप्त हुन्छ ।
कुशल राजनेताले मुलुकलाई हलुका तवरले माथि लैजाने प्रयास जारी राख्दै भएका विकारहरू पखाल्दै जाने गर्दछन् । नेपालको त्यो इतिहासलाई पल्टाउने हो भने दलगत स्वार्थले डुबेको नेपाली कांग्रेसले अवसर धेरै पाएको थियो र जनताले पत्याइदिएका पनि थिए । कम्युनिष्ट त राजनीतिक शक्ति नै होइन, त्यो एउटा आपराधिक झुण्डमात्रै हो र जनता भूलमा परेका थिए । नेपाली कांग्रेसलाई राजाहरूले पनि मानेका–जानेका थिए । तर, उसले यो कहिल्यै बुझेन र दक्षिणी हावामा निरन्तर बहकिरह्यो, त्यो बहकाइले नेपाल देशलाई भलो हुने काम कहिल्यै गरेन र अहितमात्रै गरिरह्यो । देशले खोजेको सहयोगी राजनीतिक नेतृत्व चयन नै हुन सकेन भने दलहरूबाट राजनेता कोही बन्नै सकेनन्, परिणाम आजको आयो । देशका दुश्मन ः कम्युनिष्ट र कांग्रेस हितैषी हुँदै–होइनन् । यो तथ्यलाई जनस्तरबाट केही खोजी नै भएन र विकराल कालखण्डमा नेपाल आज फसिराखेको छ । देशलाई शीरमाथि राखेर काम कसैले गरेकै छैनन् । 
उपलब्धी के को ‘उपलब्धीको रक्षा गर्नु सबैको कर्तव्य’ देशलाई मासेर, भएका सबैखाले संरचना मासेर ‘इण्डो–पश्चिमा’ देशमा नचाएर उपलब्धी भो ? होली वाइन पिइसकेपछि तुरुन्त पद त्याग गर्नुपर्दैन ? के जनतलाई दबाएर राजनीतिको शिखर चढ्न सकिन्छ ? अब जनताले तरिका बुझिसकेका छन् र जस्तै स्वर्गकी परी परिचालित भए पनि मनलाई बिचलित गराउने छैनन् । 
वैदिक सनातन धर्म, ओमकार परिवार, पूर्वीय शास्त्र–दर्शन, पौरस्त्य संस्कारको प्रभावले प्रज्वलित नेपाल देशलाई खलबलमा पु¥याएर पश्चिमाहरूको भुलभुलैयामा फसेका कम्युनिष्ट र नेपाली कांग्रेस देश विकास भएको हेर्नै चाहँदैनन् । दक्षिण विकासका लागि तयार पारिएका यी विकरालहरूले वाद–प्रतिवाद र सम्वाद के हो भनेर न बुझेका छन्, न बुझ्ने कोशिश गरेका थिए र न त भोलि यो सम्भव नै छ । देशलाई खण्डिकरण गरेर, गहनाका रुपमा रहेको हिन्दू धर्मलाई मासेर पश्चिमाहरूले छोपेका डबकाभित्रबाट देशलाई माथि लैजाने कुनै गुञ्जायश नै छैन । 
देशको रक्षार्थ र नेपाल संरक्षणका लागि ओमकार परिवार, शाहवंशीय राजा र आत्मादेखि नै ‘यो मेरो देश नेपाल हो’ भन्ने सच्चा प्रतिबद्धता भएका मानिसकै धेरै खाँचो छ । त्यो भनेको राजसंस्था नै हो र शाहवंशीय राजा नै हुन् । आफ्नो धर्म–संस्कृति र परम्परालाई जीवन्त राख्ने नेवार समुदायभित्रको पौराणिक शक्तिको रक्षार्थ स्व.श्री ५ पृथ्वीनारायण शाहबाट जुन अनुकरणीय कामको थालनी भएको थियो, त्यो आजसम्म पनि यथावतै कायम रहेको कुरा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहको खड्ग साट्ने कार्य तथा देवी–देवताको दर्शन, पूजन र जिम्मेवारीले छर्लङ्गै बनाएकै छ । 
धर्मलाई मासेर शासन सत्ता कब्जामा लिने दुश्प्रयास गर्ने नर्तकीहरूलाई अब जनताबाटै तिरस्कार गर्दै लैजानु जरुरी छ । नेपाली कांग्रेसलाई जनताले आड्–भरोषा गरेका थिए । कांग्रेसले धर्म र जनतालाई धोका दिंदैन र शाहवंशीय राजाहरूले विश्वास गरेकाले राजसंस्थाप्रति उत्तरदायित्व भएको बोध गर्नेछ भन्ने गरेका थिए । तर, विपरीत चल्दै गएका कारण वंश नास हुँदै गयो । अब पनि उसमा चेतना पलाएन भने जिन पनि खोज्दा भेटिने अवस्था छैन । चेतना भया । 
कम्युनिष्टहरूको भविष्य न हिजो थियो, न आज निर्धारण गर्न सकेका छन् र न भोलि हुने आशा नै गर्न सकिन्छ । किनभने जसको स्वदेशी चरित्र र माटोको सोच नै रहेको छैन, उसले देश र जनताको हित हुने काम कदापी गर्दैन । यो पनि सबैले समयमै बुझ्नु जरुरी छ । बाँकी रह्यो, राजा समर्थक दलहरूको कुरा, उनीहरूमा राजनीतिक चरित्र नै छैन । पञ्चहरूबाट राजनेता जन्मिन सकेकै छैनन् र राजनीतिमा सधैं राजाले खेलेर हुँदैन । देशको निकासका लागि युवाहरूबाटै नयाँ नेतृत्वदायी प्रयास हुनुपर्दछ र त्यसले राजसंस्था, वैदिक सनातन धर्म, ओमकार परिवार, विभिन्न जातजाति, भाषाभाषी र सबै नेपालीहरूलाई समेटेर छहारीका रुपमा चौतारी बन्नु पर्दछ । यो एउटा ठूलो शक्तिबद्र्धक खम्भीर स्तम्भ भएर नेपाल देशको संरक्षण गर्ने शक्ति बन्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper