banner
banner

दशैं के हो ?

दीर्घराज प्रसाई -
दशैं के हो ? हाम्रो प्रश्नमा हिन्दुवादी नेता दीर्घराज प्रसाईले पठाउनु भएको जवाफ यस्तो छ ।–
घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । देवीपुराणमा–‘रामले आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लंकामा रामणको बिरुद्ध युद्ध गर्न प्रस्तान गरेको’ कुरा उल्लेख छ । रामले रामणलाई विजयादशमीमा मारेको भन्ने कुरा कुनै पनि पौराणिक ग्रन्थहरुमा भेटिदैन । पद्मपुराणमा उल्लेख छ– ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रावणलाई मारेका थिए ।’ यसरी नै अनादिकालदेखिनै शक्तिको प्रतीकको रुपमा सम्पूर्ण जातिहरुले ‘दशैं’लाई साझा चाडकोरुपमा मानिआएको देखिन्छ । दशैं नेपालीहरुको लागि सांस्कृतिक एकताको परिचायक बनेको छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको दिन विजयादशमीको दिन हो ।
पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाण्डौं उपत्यका विजयपछि दशैंमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट काठमाण्डौं ल्याइन्छ । फूलपाती भित्रयाउँदा मगर जातिको पूजारीले मात्र भित्र्याउने चलन छ । हिन्दु तथा बौद्ध चाड पर्वहरुलाई संरक्षण गर्न राजसंस्था अपरिहार्य छ । नेपाली सांस्कृतिक मूल्य र मान्यतालाई एकीकृत र जीवन्त राख्न राजसंस्थाको अत्यावश्यक छ । हिन्दु, बौद्ध र किराँतहरु गरी जम्मा नेपालमा हामी ॐकार परिवार ९६ प्रतिशत छौं । संवैधानिक राजसंस्था, हिन्दु तथा बौद्ध अधिराज्यको रुपमा घोषित रहोस् भन्ने हामी स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको माँग छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper