banner
banner

ज्यामी कम्युनिष्ट, आज मालिक

पदम हमाल -
कांग्रेसीहरु कम्युनिष्ट भनेका मान्छे नै होइनन् भनेर गाली गर्थे र वर्तमान सभापति शेरबहादुर देउवाले त कम्युनिष्टको शासन आयो भने रुन पनि पाइन्न भनेकै हुन्, स्थिति ठ्याक्कै त्यस्तै आएको छ । कम्युनिष्टको कहर बढेको छ ।
यसैवीच नेकपाका नेता युवराज ज्ञवालीले भनेका छन्– ‘पहिले गिट्टी कुट्ने कम्युनिष्ट हुन्थे, अहिले बालुवा र गिट्टीका ठेकेदार बनेका छन् कम्यूनिष्ट ।  सिंहदरवारदेखि बालुवाटारसम्म यहीखाले कम्युनिष्टकै रजगज चलेको छ ।
नेपालमा जति पनि कम्युनिष्ट पार्टीहरु छन्, ती सबै सर्वहारा बर्गको उत्थानका लागि गठन भएका हुन् । एउटै लक्ष्य बोकेका कम्युनिष्ट पार्टीहरु यति धेरै चिरा परेका छन् कि एकको कुरा अर्कोलाई अपाचय भइरहेको छ । यसैवीच सर्वहाराकै लागि भनेर जनयुद्ध भयो, त्यो पार्टी यतिबेला आर्थिक सम्पन्नताका साथ सत्तामा छ । कम्युनिष्ट नेताहरु पनि कम्युनिष्टको रहनसहनमा देखिन्नन् । यिनै कम्युनिष्टले चीनका राष्ट्रपतिलाई स्वागत गर्नेवाला छन् । चीनका राष्ट्रपति भ्रष्टाचारीलाई धमाधम फाँसी दिइरहेका छन् भने कम्युनिष्टले सम्पत्ति जोडदैनन् भन्ने विश्वास व्यक्त गर्छन् । त्यस्तो देशका राष्ट्रपतिसँग नेपालका कम्युनिष्टहरुले कुन नैतिकताका आधारमा वार्ता गर्लान् ? यतिमात्र होइन, चीनसँग नेकपाको भ्रमण आदानप्रदानका सहमति भएको छ । चीनको स्कूलिङमा जान लागेका नेपाली कम्युनिष्टहरुले चीनका कम्युनिष्टको रहनसहन, अनुशासन, चरित्र र व्यवहार सिक्लान् कि नसिक्लान् । नेपालीमा उखान छ, रगतको स्वाद पाएको जिब्रोले रगत चाट्न खोज्छ । यही सब देखेर नै नेकपाका राम्रा नेता घनश्याम भुसालले कम्युनिष्ट भन्न पनि लाज लाग्छ । कम्युनिष्टको शासन छ भन्न पनि शरम लाग्छ भने । सत्ताम पुगेका कम्युनिष्टहरुलाई न लाज, न शरम लाग्छ । यसकारण त जनताप्रतिको जवाफदेहीता निर्वाह गर्न चुकेका छन्, चुक्दैछन् ।
घनश्याम भूसाल भन्छन्– ‘विहान एउटा भूमाफिया आउँछ, साँझ कर छल्ने ब्यक्तिको कोसेली घरमा पुग्छ । माफिया र दलालको कोसेलीले नेताहरु बदलिदिन्छ । संसार बदल्छु भन्ने कुरा लेखेर बोलेर मात्र हुँदैन, सवैभन्दा पहिले आफै बदलिनु पर्दछ । नेपाली कम्युनिष्टहरु बदलिन चाहदैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper