banner
banner

सरकार नै गाई मारा ?

गोविन्दप्रसाद पौडेल–  नेपाल सरकारको पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको फोटो राखेर बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु को विज्ञापन गरेको छ । यो मामिला गर्माएपछि पशुसेवा विभागले माफी माँगेको छ । गाईको फोटो कसरी घुस्यो थाहा भएन भनेको छ । जुन सरासर गैरजिम्मेवारी हो ।
वास्तवमा यो हिन्दुहरुको नाडी छाम्ने प्रयास हो । नेपाली राष्ट्रियता र हिन्दुत्वमाथिको प्रहार पनि हो । यो यति ठूलो षडयन्त्र हो, यसमा सरकारले तत्काल कारवाही गर्नुपर्ने हो । सरकार मौन छ ।
राष्ट्रिय जनावरको मूल्य के हुन्छ, कुन आदर गर्नुपर्छ सरकारका जागीरेहरुलाई थाहा नहुने होइन । यति ठूलो अपराध भइसक्दा पनि कसैमाथि कारवाही नहुनु, नगर्नुले सरकारको सहमतिमै यो अपराध भएको बुझ्न सकिन्छ । आमजनमानस सरकारको यस प्रकारको कार्यबाट अझ बढी क्षुब्ध हुनपुगेको छ । जनताले सडक जाम नगरेसम्म, आन्दोलन नगरेसम्म जनताको आस्था र आकांक्षालाई हेप्ने प्रवृत्ति सत्ताधारी, शासन प्रशासनमा व्यापक बढेको छ । यहीकारणले गर्दा नै यति ठूलो अपराधमा समेत सरकारले मौनता साधेर बसेको छ । हिन्दुभावनामाथिको यो खेलबाडको मुख्य लक्ष्य नै देशमा धार्मिक द्वन्द्व बढाउनु रहेको हुनसक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper