banner
banner

झण्डामुनि आवद्ध हुुनु नितान्त जरुरी

विष्णुप्रसाद शर्मा -
दरबारले राजतन्त्रकालमा सतासी हजार गोरखा दक्षिण बाहु वितरण ग¥यो । राजारानीका नामको कोषबाट धेरैले उच्च शिक्षा हासिल गरेर सरकारी कोषको खर्चले विद्यावारिधि पनि प्राप्त गरे । श्री ५ महेन्द्रले मनाङ्गे उत्थान र तराईको जंगल फडान गराएर बस्ती विकास, औलो उन्मूलन, राजमार्गहरुको निर्माण गराए । दरबारको सुविधाप्राप्त बौद्धिक वर्ग आज प्रायः कम्युनिष्ट र केही कांग्रेसमा समाहित छन् र विवेक बेच्न नचाहनेहरुले मात्रै राजा र पूर्वीय शास्त्र–दर्शन बोकेका छन् । 
साँखुमा जन्मिएर राजनीतिमा होमिने नेवार परिवारका, नेपाली कांगे्रसका युवा नेता, तर पञ्यायतमा काठमाडौंका राजनीतिक हस्तिका रुपमा परिचित व्यक्तित्व जोगमेहर श्रेष्ठ थिए । पुराना नेता पशुपतिशमशेर राणा हाम्रासामु छन् र पनि राणाले देश बोक्न सकेको देखिन्न ।
श्री ५ वीरेन्द्र वीर विक्रम शाह सरकारको काठमाडौंबाट राणालाई राजनीतिमा अगुवा बनाउने इच्छा स्व.जोगमेहर श्रेष्ठले चकनाचुर बनाइदिंदा नेत्रविक्रम थापामार्फत् सिन्धुपाल्चोकबाट राजनीतिक इतिहासमा प्रवेश गरेर मन्त्रीसम्म बन्नुभएका राणा र जोगमेहरको इतिहास अत्यन्तै घतलाग्दो छ । पञ्चायती व्यवस्थाको सूत्रपात अत्यन्तै सुन्दर र नेपाललाई अति उपयुक्त सावित थियो र यसको सूत्रधार स्व.श्री ५ महेन्द्रको आँट र परिकल्पनालाई आज कुनै पनि हालतमा अवमूल्यन गर्र्न हुँदैन । 
राणा र २०६३ पछिको राजनीतिलाई भने उपलब्धी र सचपात्र भनेर कदापी भन्न पनि सकिंदैन । मुलुकको सबैभन्दा बढी प्रधानमन्त्री बनेका सूबथा, दरबारको नजिक रहेका राणा, राजाको संरक्षकत्वमा रहेका सेना प्रमुख प्यारजंग थापा, ऐ.ऐ. प्रमुख रुक्माङ्गत कटवाल र सरासरी प्रवेश पाउने रमेशनाथ पाण्डे दरबारले छोपेर पालेका व्यक्तिहरु थिए । दरबारलाई धेरैभन्दा धेरै धोका दिनेमा पनि प्रथम पंक्तिमा उनीहरु नै देखिए । दोस्रो पंक्तिमा पञ्चहरु र तेस्रोमा नेपाली कांग्रेस नै रहेको थियो । यी बाट फेरि धोका दरबारले खानु नपर्ला भनेर विश्वास गर्न सकिने आधार छैन । जब दरबारलाई असजिलो आइपर्दा सूबथा र राणा कांग्रेसका जीपीसँग हातेमालो गर्न पुगेका थिए भने प्यारजंग थापा र कटवाल द्रव्य मोहले महमा मौरी लतपत भए झैं लतपतिएर, विवेक र चेतना गुमाएर शक्तिविहीन भई शाही नेपाली सेनालाई नै अभिभावकविहीन अवस्थामा पु¥याउन गोटी बनेका थिए । दरबारले राजनेताको उत्पादन गर्न नसक्नु गम्भीर भूल सावित भएको थियो । मरिचमान सिंह श्रेष्ठले धेरै प्रयास गरेका थिए, दरबारलाई चोखो छ भनेर बुझाउन । तर, समयले टिलपिल गरिसकेकाले उनको प्रयास निरर्थक सावित हुन पुग्यो । आखिर उनले उपचार पाएनन् र मृत्युवरणपछि राजकीय सम्मान पनि पाएनन् । तर, बम पड्काएर जनधनको क्षति गराउने रामराजा सिंह र देशका शत्रु गिरिजाले अपार राजकीय सम्मान पाउने संस्कार उत्पन्न भयो । 
आज १३ वर्षपछि खोलाले आफ्नो बहाव परिवर्तन गर्ने मोड देखाउनै लाग्दा  दरबारको चेत किन नखुलेको ? प्रश्न गम्भीर छ । हिजो धर्म र राजाको नाम लिएर सडकमा गोदाई र भोगाई खानेहरुलाई दरबारले आजसम्म चिनेन र जानेन, जो राजा र धर्म नेपालबाट हटाउनु पर्दछ भनेर पश्चिमाहरुलाई शिक्षित गराउनेहरुले नै बढी सामिप्यता पाइराखेको अवस्था छ भने दरबारको नशो काटेर गीतारको बजरा बनाउने पञ्चहरु र गोरखा दक्षिण बाहु बिक्री गर्नेहरु नै दरबारको नजिक र प्यारो लागेको भान ती दोबाटोमा बसेर राजा र धर्मको वकालत गर्नेहरुलाई हुन थालेको छ । 
धेरै समय अध्ययन–अध्यापनमा बिताएका डा.प्रा.प्राप्त दरबारको सुविधाले बौद्धिक जगत्मा नाम दर्ज गराउन सफल र पश्चिमाहरुले दिएको जुठो र अपवित्र टपरी स्याहारेर दक्षिणबाट उत्तर बहने कर्मनाशा नदी काठमाडौंको दक्षिण भेग ललितपुरको फुलचोकी फेदीबाट शुरु भएर ग्वार्कोतिर पुगेर अस्तित्व लोप हुँदा पनि धक नै नमान्ने गंगाजलको संरक्षण र सम्वद्र्धन गर्नु पर्दछ भनेर नजान्ने हामी नेपाली जनतालाई राजदरबारभित्रका ढोका कति छन् र ती ढोका खोल्ने अधिकार को–कोसँग छ ? भनेर जानिराख्नु आवश्यक ठानिदैन । तर, नेपालमा सनातन वैदिक धर्म, ओमकार परिवार र राजसंस्थाको अत्यधिक खाँचो छ र यी रहेनन् भने नेपाल र नेपालीको अस्तित्व पनि रहँदैन यो सत्य कहिले बुझ्ने ?
दुःखका समयमा दरबारको नाम बोकेर को–को हिंडेका थिए र उनीहरुसँग दरबारबाट के–के पाउने स्वार्थ थियो या थिएन भनेर बुझाउन नसक्ने, नचाहनेहरुसँग बिन्तिपत्र जाहेर गरिराख्नु पर्ला भनेर पनि केही महसूस गरिराख्नुपर्ने आवश्यकता ठानिदैन, किन दर्ता गरिरहन्छ र ?
नेपाल देश धेरै देवी–देवताको बास रहेको ठाउँ हो । यहाँको माटोलाई धेरै ऋषि–तपस्वीहरुले पवित्र बनाइदिएका थिए । अष्टचिरञ्जीवी र अष्टमातृकाले बास र साथ लिएको, प्रकृतिको अनुपम धन–सम्पत्तिले गृहित बनेर पुष्पित र पल्लवित हुँदै आएको ठाउँलाई नेपाल भूमि भनेर चिनाउने काम शाहवंशीय राजाले नै गरेका थिए र स्व.श्री ५ पृथ्वीनारायण शाहले आर्जेको सम्पत्ति हो यो देश र उहाँकै सन्तानले यसको भोग गर्न पाउनु पर्दछ भनेर शास्त्रले वंशको र अंशको ठूलो महत्व रहेको वर्णन गरिराखेको छ । राजाको स्थान यथावत् रहनुपर्ने कुरा विगत ३० वर्षयताको दलीय प्रवृत्तिले प्रष्ट बनाएको छ । देशले पुनः हिन्दूत्वको पहिचान पाओस् र राजसंस्थाको पुनः स्थापना होस्, पंक्तिकारको चाहना हो यो । 
नेपालको धार्मिक अवस्थालाई मजबुत र प्रभावित बनाउँदै लैजाने हेतुले हाम्रा पूर्खाहरुले स्थापना गर्दै आएको गुठी सम्पत्ति र महत्वलाई आज विस्थापन गराउने पश्चिमा षड्यन्त्र, त्यसलाई साथ र समर्थन गर्ने लाचार सरकार अनि किनाराका साक्षी बनिदिने हली र गोठालाहरु, जो दरबारको संरक्षित कोषबाट उच्चशिक्षा हासिल गरेर, बौद्धिकताको पगरी भिरेर कम्युनिष्ट र कांग्रेस बनेका खुफियाहरु आज माफियामा परिणत भइसकेको अवस्था हाम्रासामु विद्यमान रहेको छ । २०४७ सालको संविधानले राजाका हात–खुट्टा बाँधेर, पलङमाथि सुताएर शासन गरभन्दा पनि चुपचाप देश र जनता भनेर बस्ने शाहवंशीय राजालाई २०६३ मा षड्यन्त्रपूर्वक विस्थापित गरिएकै कारण आज मुलुक अनकन्टारमा पुगेर कक्रिएको छ । त्यो संकटबाट देशलाई जोगाउन राजादेखि सबै तह र तप्काको सहयोग आवश्यक छ । विशेष गरेर सेनाको भूमिका भरपर्दो हुनु जरुरी छ भने जनताको धनजनको सुरक्षा सेनाबाट मात्रै सम्भव छ । सबैले दलीय स्वार्थ त्यागेर चन्द्र–सूर्य अंकित झण्डामुनि आवद्ध हुुनु नितान्त जरुरी छ । 
हिजोका हाम्रा पूर्खाहरुले प्रशस्त घीऊ पनि पिउनुभयो होला । हिङ पनि ठूलै पोको पारेर बास्नादार बनाउनुभएको थियो होला । ती र यी बहानामा अब हुने केही छैन । नेपाली जनता हिजोका थोरै बाँकी हुनुहुन्छ । नयाँ पिंढीले धेरै शिक्षा पाइसक्नुभएको छ, ता पनि दीक्षा विल्कूलै छैन । दीक्षाबिहीन अवस्थामा शिक्षाले मात्रै नेपालको वास्तविकता बुझाउन सक्दैन । तसर्थ दीक्षालाई खोजेर अगाडि उभ्याउन सक्नु पर्दछ र दीक्षाको महत्वको अनुभूति गराउनु जरुरी छ । 
दरबारले हिजो कसले तीर सोझ्यो र कसले झीर उपलब्ध गरायो भनेर खोजी गर्नु उपयुक्त हुँदैन । भजन मण्डली र पुष्प झलारी बोकेका मात्रै होइनन्, विषको थैलो र अमृतको घैलो जहाँ–जसरी प्रवाहित भएका थिए, तिनको लेखाजोखा राखेर, विनापूर्वाग्रही तवरले राजसंस्था र हिन्दू अधिराज्यको स्थापनार्थ जुटौं र सूचनाको क्षमता हुनेले सूचना प्रवाहित गरौं, अन्य प्रकारले समर्थन जनाउन सक्नेले सोही बाटोको अवलम्वन गर्दै राष्ट्रको स्वाधिनताको रक्षा गरौं, यही हो नेपाली भएर गर्नुपर्ने सहयोग । दरबारले आफ्नो भूमिकाप्रति अत्यन्तै प्रष्ट र चतु¥याईंका साथ सजग रहने प्रयास गरोस्, यही हो आजको आवश्यकता र कर्तव्य । विचलनमा रहेका साथीहरुले अबको यो समयलाई बुझेर अझै देशले द्वन्द्वको सामना गर्न सक्दैन भन्ने जानी उपयुक्त शक्ति राजसंस्थालाई सहयोग गरेमा सबैको हित हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper