banner
banner

नइ प्रकाशन र राप्रपालाई धन्यवाद

धर्मरत्न श्रेष्ठ -
जीवित संस्कृति, शताव्दीपुरुष डा.सत्यमोहन जोशीको मुहार अंकित चाँदीका सय, हजार र पच्चीससयका सिक्का प्रकाशनमा आएको छ । राज्य कुकर्मले गनाएका बेलामा निजीक्षेत्रको प्रकाशन गृह, सम्मानित पुरस्कारको व्यवस्थापन गर्ने नइ प्रकाशनले जुन अथक प्रयास ग¥यो र सरकारले सुन्यो, त्यसका लागि नइ प्रकाशन गृह धन्यवादको हकदार छ । र, हजार नकाम गरे पनि यो एउटा काममा निर्णायक भूमिकामा देखिएको राप्रपालाई पनि धन्यवाद दिनैपर्छ । राष्ट्र बैंकले यी सिक्काहरु प्रकाशन गरेको हो । ज्यूँदो व्यक्तिको सिक्का, यो आफैमा ऐतिहासिक हो ।
नइ प्रकाशनले व्यापक पहल गरेपछि यो पहललाई सरकारले सुनेको हो र २०७४ वैशाख २१ गत सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरुषको उपाधि प्रदान गरेको थियो । आश्चर्य के पनि छ भने त्यतिबेला प्रचण्ड प्रधानमन्त्री थिए । राप्रपा पनि सरकारमा थियो । तइले २०७१ सालमा नै शताब्दी पुरुषको महासम्मान सहित ५ लाखको पुरस्कारले सम्पोषित गरिसकेको छ ।
यस्ता महापुरुषहरु देशले हम्मेसी पाउन्न । सत्यमोहन जोशी आफैमा ज्यूँदो म्यूजियम, सांस्कृतिक धरोहर हुन् । उनलाई राज्यले यसैगरी सम्मान गर्नुपथ्र्यो, जो कसैले घचघच्याएर होस्, राज्यले पनि राम्रो काम गरेकै हो । यस्ता महापुरुषहरु अरु को कति छन्, तिनलाई मरेपछि सम्मान गर्ने होइन, बाँचेकै स्थितिमा उनीहरुको सम्मान गर्नसके नयाँ संस्कृतिको विकास हुनेछ । सत्यमोहन जोशीको आशीर्वाद जो कसैका लागि बरदान हो, उनीभित्र रहेका संस्कार, संस्कृति, इतिहास, कला, साहित्यका पुराना नयाँ जे जति ज्ञान, अनुभवहरु छन्, तिनलाई संकलन गर्ने र पुस्ताका लागि संरक्षण गर्नसके नेपालको इतिहास पढ्नेहरुहरुका लागि उपयोगी हुनेछ ।
एउटा काम जो निजीक्षेत्रको पहलमा सम्पन्न भएको छ, निजीक्षेत्रले अरु पनि यस्ता राम्रा कामहरुमा बरारिलिएको सरकारलाई चेतनशील पार्नुपर्छ ।
परजीवीले परम्परा मास्दा किन चुपचाप ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper