banner
banner

रअ र प्रचण्ड मिलेर राजतन्त्र फालेको सनसनीपूर्ण खुलासा

काठमाडौं । अमर भूषण, तत्कालीन रअका विशेष अधिकारी, उनले एउटा पुस्तक लेखेर नेपालबाट राजतन्त्र अन्त्य गर्न माओवादी सुप्रिमो प्रचण्डसँग हातेमालो गरेको खुलासा गरेपछि निकै सनसनी फैलिएको छ ।
आन्तरिक समस्यामा विदेशी शक्तिको आड लागेर प्रचण्डले राजतन्त्र नै फालेको विषयले उनको नैतिकतामा प्रश्न खडा गरेको छ । यसबारेमा प्रचण्डले कुनै प्रष्टिकरण िदिएका छैनन् ।
‘इनसाइड नेपाल’ पुस्तकमार्फत प्रचण्डलाई अन्य दलसँग मिलेर राजतन्त्रविरुद्ध आन्दोलनका लागि सहमत गराउन महत्वपूर्ण समय खर्चेको उल्लेख गरेका छन् ।
पुस्तकमा सन १९९० मा नेपालमा राजाको प्रत्यक्ष शासन अन्त्य गर्नका लागि रअले विशेष अप्रेसन सञ्चालन गरेको उल्लेख छ । भूषणले पुस्तकमा रअको पूर्वी व्यूरो प्रमुखको छायाँ नाम जीवननाथ उल्लेख गरेका छन् । उनले राजतन्त्र अन्त्य गर्न सन १९८९ देखि ०९० सम्म रअको विशेष अप्रेसन सञ्चालन गर्न ततकालीन तत्कालीन राजीव गान्धी नेतृत्वको सरकारको समर्थन रहेको उल्लेख गरेका छन् । प्रचण्डले राजतन्त्र फालेर भारतलाई त सहयोग गरे, नेपाल र नेपालीका लागि के उपलव्धि हासिल गरे त ? प्रचण्डले जवाफ दिनुपर्ने विश्लेषकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper