banner
banner

संविधान, संघीयतामाथि प्रश्न

गंगा दाहाल -
साना ठूला सबै घटनामा नेकपाको सरकारको र नेकपाको विरोध हुन थालेका छन् । यो विरोध व्यवस्थाकै विरोधका रुपमा पनि चर्चा भइरहेको छ भने यो विरोधलाई नेकपा नेतृत्वको सरकार र नेकपाको नीतिको विरोध पनि भनिएको छ । नेकपाकै कतिपय होनहार नेताहरु समेत यो विरोधमा लागेको देखिन्छ । आखिर सडकको विरोधको अन्तर्य के हो ? यो विरोधमा जनसहभागिता देखिनुपछाडि सुनियोजित भन्न मिल्ने अवस्था पनि छैन । यसकारण पनि नेकपाले पाएको ऐतिहासिक सफलता र साखलाई घट्न नदिने नेकपाले कस्तो नीति लिनुपर्छ, समयमै सोच्न जरुरी देखिन्छ ।
यही सन्दर्भमा नेकपाका अध्यक्ष तथा बरिष्ठ नेता प्रचण्ड र माधवकुमार नेपालले संघीयता र संविधानमाथि नै प्रश्न उठेकोबारे चिन्ता प्रकट गरेका छन् । दुबै नेताको एउटै निष्कर्ष छ, प्रतिक्रियावादी र नेकपाविरोधीहरुले तीललाई पहाड बनाएका हुन् । विदेश विभागसम्बन्धी एउटा कार्यक्रममा गतहप्ता दुबै नेताले यसरी प्रश्न उठ्नु जरुरी नभएको र नेकपा विरोधीहरुको काम भएको समेत दुबै नेताले बताएका थिए । चिन्ता प्रकट गरेका छन् । प्रचण्ड र माधवकुमार नेपालले ओली सरकारले जिम्मेवारी र जनभावना अनुसार काम गर्न नसकेको संकेत गदै्र्र जिम्मेवारीपूर्वक काम गर्न नसके जुन बहुमत प्राप्त भएको छ, यही बहुमत नै चुनौतीपूर्ण हुने निष्कर्ष सुनाएका थिए । प्रधानमन्त्री विदेश नै भएका बेलामा यस्तो चिन्ता र चासो प्रकट हुनपुगेको छ र यही समयमा यी दुबै नेतावीच रणनीतिक सहमति भएको चर्चा पनि व्यापक भइरहेको स्थिति छ । पार्टीभित्रको रणनीति अनौठो मानिएको छ ।
प्रचण्ड र माधवकुमार नेपालजस्ता शीर्ष नेताले कार्यकर्ताहरुमा हौसला भर्दै भनेका थिए– नेकपाले बाहेक कुनै पार्टीले मुलुकको विकास गर्न सक्दैनन् । हो, विश्व वातावरण अनुकूल छैन नेकपाका लागि तर त्यो प्रतिकूलतालाई अनुकूलतामा परिणत गरेर सफलता हासिल गर्नु हाम्रो उद्देश्य हो, यसैमा हामी लाग्नुपर्छ ।
तर दुबै नेताका सामु उभिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले चेतावनी दिने तरिकाले भनेका  िथए– सरकारको कामको समीक्षा गरेर अघि बढ्नुपर्छ । पार्टी बहुमतको छ, एकता प्रक्रिया पनि सकिनै लाग्यो, यो अवस्थामा पनि सरकारले कााम गर्न नसके कहिले गर्ने ? श्रेष्ठले बताएपछि विश्लेषकहरुको धारणा सार्वजनिक हुनपुग्यो– यो मोर्चा ओली सरकारविरुद्ध कस्सिएर लागेजस्तो छ ।
कम्तिमा सरकारलाई सफल पार्न मोर्चाबन्दी भन्दा पनि जिम्मेवारीको खाँचो छ नेकपाका सबै नेताहरका सामु । कार्यकर्ता र अन्य नेता गोलबन्द छन्, यो उपलव्धिपूर्ण समयमा पनि नेकपाले काम गरेर दह्रिलो नभए कहिले हुने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper